'बालसाहित्यको विकास, विस्तार तथा प्रवर्धनका लागि पाँच दशकसम्म योगदान पुर्याएकाले' मानन्धरलाई जगदम्बाश्री सम्मान र
'योगमाया' उपन्यासका लागि कार्कीलाई मदन पुरस्कार
मदन पुरस्कार पाउने कार्की चौथी महिला
यस वर्षको मदन पुरस्कारका लागि २५३ वटा पुस्तकहरू प्राप्त भएका
योगमाया, कैरन, नथिया, पाठशाला, भुइयाँ, लिम्बुनी गाउँ र हिमाली दर्शन नामक कृतिहरू अन्तिम चरणमा परेका
विसं २०२२ मा 'शिरीषको फूल' उपन्यासका लागि पारिजात (विष्णुकुमारी वाइबा),
विसं २०६७ मा प्रकाशित आत्मजीवनीपरक निबन्ध 'जीवन काँडा कि फूल' का लागि झमककुमारी घिमिरे, र
विसं २०७० मा प्रकाशित संस्मरणात्मक कृति 'खलङ्गामा हमला - एउटी नर्सको डायरी' का लागि राधा पौडेल;
त्यस्तै,
विसं २०१२ मा स्थापित मदन पुरस्कार पहिलो पटक विसं २०१३ मा 'हाम्रो लोक संस्कृति' का लागि सत्यमोहन जोशी, 'जनरल भीमसेन थापा'का लागि चित्तरञ्जन नेपाली र 'अधिकविभव स्थिरविद्युत् उत्पादक' का लागि बलराम जोशीलाई संयुक्त रूपमा दिइएको
दैनिक लोकसेवा भिडियो कक्षाको लागी Subscribe गर्नुहोस ↓
0 Comments
Any questions or comments? Drop below. Please keep in mind that it must be a meaningful conversation relevant to the topic.