PAGE TOP

मौलिक उत्तरले मात्र सफल हुन सकिन्छ

लोकसेवा अनुभव : तनहुँको बन्दिपुर गापा वडा नं ३ मा जन्मिएँ । नोट्रेडेम उच्च माध्यमिक विद्यालयमा एलकेजीबाट सुरु भएको विद्यालय शिक्षा डुम्रेस्थ...

लोकसेवा अनुभव :
तनहुँको बन्दिपुर गापा वडा नं ३ मा जन्मिएँ । नोट्रेडेम उच्च माध्यमिक विद्यालयमा एलकेजीबाट सुरु भएको विद्यालय शिक्षा डुम्रेस्थित पवित्रा माविबाट समापन गरेँ । एलकेजीदेखि कक्षा १० सम्मको अवधिमा कहिल्यै तृतीय भएको अनुभव गर्नुपरेन । सायद त्यही कारण कहिल्यै म कमजोर छु भन्ने हीन भावना पलाउन दिइनँ । लाग्छ, यही आत्मबल नै मेरो जीवनभरका लागि शक्तिको स्रोत हो । 
विद्यालयमा आयोजना हुने हाजिरी जवाफ, निबन्ध प्रतियोगितालगायत रचनात्मक र सिर्जनात्मक प्रतिस्पर्धामा प्रायः पुरस्कार जितेकै हुन्थेँ । लेखन र सिर्जनात्मक क्रियाकलापको भोकले परिवारको असन्तुष्टिका बाबजुद पनि एसएलसी परीक्षापछि आमसञ्चार र पत्रकारिताको औपचारिक अध्ययन सुुरु गरेँ । जुँगाको रेखी नबस्दै सुरु भएको लेखनको भोक मेट्न अध्ययनसँगै पत्रकारिताको अभ्यासलाई पनि निरन्तरता दिइरहेँ । तर, २०७० देखि पत्रकारिता पेसा त्याग्दै निजामती सेवामा छु । 
 लोकसेवाप्रतिको आकर्षण
पत्रकारिता पेसा अँगाल्नुअघिसम्म मैले आइडल मानेको व्यक्तित्वहरूलाई पेसामै प्रवेश गरेर भोगेपछि धारणा नकारात्मक बन्न थाल्यो । पेसाकै विकल्प खोज्दै थिएँ । पेसागत स्थायित्व, सुनिश्चित वृत्तिपथ, र देशभित्रै सम्मानित जीवनको मार्ग खोजिरहेको थिएँ । 
आफ्नो मनस्थितिमा बुनिने कतिपय काल्पनिक योजनालाई सरकारको नीति र योजना निर्माणमा जोडेर हेर्थें, तर तादात्म्यता नपाउँदा अघोरै खिन्नता लाग्थ्यो । सोच्थेँ, मेरो सोच मेरै टाउकोभित्र मात्रै छ । कार्यान्वयन गर्न त्यहाँ मै पुग्नुपर्छ । र, त्यहाँ पुग्ने मार्ग भनेको एक मात्रै निष्पक्ष र पवित्र लोकसेवा आयोग मात्रै हो ।
 परिभाषा घोक्नु समयको बर्बादी
मैले लोकसेवा परीक्षा दिने मनस्थिति बनाउनुअघि नै लोकसेवा तयारीमा लागेर लगातार असफल भइरहेकाहरू देख्थेँ । उनीहरूको अवस्थालाई नजिकबाट नियाल्दा कहिले काहीँ फ्रस्टेसन आउँथ्यो । रातोदिनको घोटाइ, मोबाइल स्विचअफ, सारा सामाजिक सम्बन्धबाट पर । हैट ! कुरै नगरौँ । हुलका हुल ट्युसन पढ्न गएको देख्दा आफू मात्रै पछि परेको हो कि भन्ने पनि लाग्थ्यो । अनि म पनि त्यही भिडमा कुदेँ । एक हप्तापछि ट्युसनबाट पनि अघाएँ । अनि सुरु भयो, टुप्पीकसाइ । साथीहरूबाट इन्स्टिच्युटका ह्यान्डआउट्स माग्थेँ । बजारमा निस्किएका किताब पनि थुपाारेँ । इन्टरनेटमा रातभर झुमियो र बजारमा आएका सोपान अन्तर्राष्ट्रिय मञ्चलगायत सबैमा कम्तीमा एकसरो आँखा लगाइयो । तर, जे–जति धस्सिए पनि आफ्नै मौलिक तयारी गर्न नसक्ने हो भने कपी काट्नेको निधार खुम्चिनुबाहेक केही हुनेवाला छैन भन्ने दिव्य सोच जब्बर बनेर बसिरह्यो । अध्ययनका सिलसिलामा विषयवस्तुमा प्रवेश गर्नुअघि त्यसको अवधारणागत विकासको जानकारी सबैभन्दा महत्वपूर्ण पक्ष हो भन्ने लाग्छ ।
अवधारणा राम्ररी बुझ्न सकियो भने धेरै कुरा आफैँ पनि लेख्न सकिन्छ । लामालामा परिभाषा घोक्नु समयको बर्बादी मात्रै हो । अवधारणागत विकासलाई समात्दै त्यसलाई नेपालको सन्दर्भसँग जोडेर अध्ययन गर्ने हो भने प्रभावकारी हुन सक्छ भन्ने लाग्छ । विषयवस्तुसँग सम्बन्धित राष्ट्रिय र अन्तर्राष्ट्रिय नीति, तथ्यांकलगायतलाई याद गर्नु आवश्यक छ । छोटा, व्यावहारिक उदाहरण पनि टुच्च मिसाउँदा फाइदै होला । विषयवस्तुबारे केही सान्दर्भिक भनाइबाट सुुरुवात र अन्त्य गर्न मेसो पाइयो भने जवाफ आकर्षक पो बन्छ कि । जसरी लेखौँ, तर कपी परीक्षण गर्नेको आँखालाई सकेसम्म आफूतिर खिच्न प्रयास गरौँ ।
 संक्रमणकालको जागिर 
पेसागत जीवनको आजसम्मको पाँच वर्षे दौरानमा स्थानीय तहदेखि, प्रदेश र संघ गरी तिनै तहको अनुभव गरेँ । एकात्मक शासनको कारिन्दादेखि संघात्मक संरचना स्थापनामा स्वयं सहभागी हुने अवसर पनि जु-यो । इतिहासको यो जिम्मेवारी निर्वाह गर्न पाउनलेु सायद भाग्यमानी पुस्तामा पर्छु । स्थानीय तह स्थापनाका अप्ठ्यारा—सप्ठ्यारा अब मेरा स्मृतिका सम्पत्ति हुन् । दूरदराजका गाउँमा लेखापाल र कार्यकारी अधिकृत गरी दुईजना कर्मचारीको टाउकोमा आइपरेको जिम्मेवारी इमान र क्षमताले भ्याएसम्म पार लगाइयो । 
स्थानीय तह मात्रै होइन, प्रदेश सरकार स्थापनामा समेत प्रत्यक्ष रूपमा सहभागी भएको अनुभवले भन्न सक्छु, उमेर, अनुभव र पद मात्रै पनि सबैथोक होइन रहेछ । सचिव र सहसचिवको नेतृत्वमा स्थापना भएको प्रदेश सरकारभन्दा भर्खर सेवा प्रवेश गरेका शाखा अधिकृतको नेतृत्वमा स्थापना भएको स्थानीय तह धेरै प्रभावकारी बनेको छ । बजेट, तालिम र आवश्यक निर्देशनको अभावमै भए पनि युवा जोस र इच्छाशक्तिको भरमा नै स्थानीय सरकारको गोरेटो खोल्ने ऊर्जाशील भ्याङगार्डुहरू सम्मानका पात्र हुन् ।

COMMENTS

BLOGGER
contact for perofessional web development
Name

Administration,4,CSIT,2,Culture,3,Current Affair,20,Fiction,3,Formula,3,Freelance,10,Gorkhaptra,2,IQ,1,Local Level,20,Loksewa,11,Memory,2,More,2,Motivation,14,Newspaper Cuttings,3,Objective,71,Officer,1,Policy,5,Science,4,Social,3,Subjective,80,Tips,19,Travel,3,Video Class,9,
ltr
item
Chakra's Blog: मौलिक उत्तरले मात्र सफल हुन सकिन्छ
मौलिक उत्तरले मात्र सफल हुन सकिन्छ
https://2.bp.blogspot.com/-RFvgVx1-_MQ/Wa6mTuLT8vI/AAAAAAAAFh0/KcHk0BG7_MEkq3PUBZOWAh3O_6gO6CM5ACPcBGAYYCw/s640/posak.jpg
https://2.bp.blogspot.com/-RFvgVx1-_MQ/Wa6mTuLT8vI/AAAAAAAAFh0/KcHk0BG7_MEkq3PUBZOWAh3O_6gO6CM5ACPcBGAYYCw/s72-c/posak.jpg
Chakra's Blog
https://www.chakrapanibhandari.com.np/2018/12/blog-post_23.html
https://www.chakrapanibhandari.com.np/
https://www.chakrapanibhandari.com.np/
https://www.chakrapanibhandari.com.np/2018/12/blog-post_23.html
true
7911877034631758713
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy