Subscribe Us


नमस्ते, मेरो व्यक्तिगत ब्लगमा हार्दिक स्वागत छ । तपाईं यो ब्लगमा मेरा विभिन्न लेखका साथै लोकसेवा सामाग्रीहरु पनि पढ्न सक्नुहुनेछ । कृपया Menu मा गएर आफूले पढ्न खोजेको Category छान्नुहोस् वा Search box मा आफूले चाहेको विषयबस्तुको कुनै Keyword खोज्नुहोस् । मेरो ब्लग सम्म आइदिएर यहाँ भ‍एका सामग्री पढ्नुभएकोमा धन्यवाद ।

राजनीतिशास्त्र एकाइ १

प्रश्‍न संख्या -५
१.१ राजनितिशास्त्रको परिभाषा :
·         Politics ग्रीक भाषाको Polis र Politia  शब्दबाट उत्पति भएको हो ।
·         Polis र Politia को अर्थ नगर र राजनिति भन्ने बुझिन्छ ।
·         राजनैतिक सिद्धान्तको दृष्टीकोणलाई पुर्वीय र पश्‍चिमी दुई राजनीतिक दृष्टिकोणमा विभाजीत गरिएको छ ।
·         वेदरामायण र महाभारतमा प्रतिवादित सिद्धान्त पुर्विय हो भने प्लाटो, अरस्तु, सुकरात द्वारा प्रतिवादी सिद्धान्त पश्‍चिमी राजनितिक सिद्धान्त हो । 
·         प्राचिन कालमा ग्रिसमा स-साना नगर राज्यका बारेमा अध्ययन गराउने भएकोले राजनिति शास्त्रलाई नागरिक शास्त्र भनिन्थ्यो ।
·         लासबेलआलमन्ड, पावेल, डेबिड र रोबर्ट डालले मानव आचरण संग सम्बन्धित राजनैतिक पक्षहरुको अध्ययन गर्ने शास्त्रको रुपमा राजनैतिक शास्त्रलाई परिभाषित गरे ।
·         समग्र राज्य र सरकारका बारेमा अध्ययन गर्ने शास्त्रको रुपमा आधुनिक राजनैतिक चिन्तकहरुले राजनैतिक शास्त्रलाई परिभाषित गरेका छन् ।
·         राजनिति-शास्त्रमा प्रणाली सिद्धान्तको सर्वप्रथम प्रयोग गर्ने विद्वान डेबिट इस्टन हुन् उनले सन् १९५३ मा The Political System पुस्तक प्रकाशन गरे भने सन् १९६५ मा A framework for Political Analysis पुस्तक प्रकाशन गरे ।
·         Comparative Politics: A development Approach का लेखक आल्मन्ड र पावेल हुन् ।
·         राजनैतिक प्रणाली भनेको एउटा मानव समुदाय हो, जसले निश्‍चित सिमाना भित्र शक्ती प्रयोगको विधि सम्वत् एकाधिकारको दावि गर्दछ "Max weber.
·         "राजनैतिक प्रणाली भनेको मानव सम्बन्धहरुको कुनै यस्तो सतही ढाँचा हो, जसले उल्लेखनिय हदसम्म शक्ती, नियम वा प्राधिकारको प्रयोग गर्दछ। "- रोबर्ट डायल

केहि परम्परागत परिभाषा:
·                     "राजनितिकशास्त्र सामाजिक विज्ञानको त्यो माग हो जसले, राज्यको आधार तथा सरकारका सिद्धान्तहरु बारे विचार गर्दछ ।" – पाल जेनेट
·                     "राजनीतिशास्त्रले  समाजमा बस्ने मानिसहरुको बारेमा ब्यापक अध्ययन गर्दछ । "- अरस्तु
·                     "राजनितिकशास्त्रले प्राचिनकालमा राज्यको स्वरुप कस्तो थियो, वर्तमानमा कस्तो छ र यस्को आदर्श एवम् स्वरुप कस्तो हुनुपर्दछ भन्ने कुराको विवेचना गर्दछ" – गेटेल
·         "राजनितिशास्त्रले सरकार संग सम्बन्धित विद्याको अध्ययन गर्दछ" –लिकक
आल्मण्ड र पावेलले राजनीतिक प्रणालीका आधारभुत विशेषता :
        अंगहरुको अन्तर निर्भता
        राजनीतिक प्रणालीको सिमाना
        राजनितिक प्रणालीको वातावरण
        विधि सम्वत् भौतिक करकापको प्रयोग, मानेका छन् ।
·         Modern Political Analysis  पुस्तकका लेखक रवर्ट डायल हुन् ।
·         रोवर्ट डायलका अनुसार राजनितिक प्रणालीका ८ वटा विशेषता छन् ।
सामाजमा राजनैतिक स्रोहरुको असमान नियन्त्रणका कारणहरु:
१ कार्यको विशिष्टिकरण,
२. जन्मबाटै उत्पन्न अन्तर,
३. लक्ष्य र प्रेरक तत्वमा अन्तर/तिनवटा छन् ।
·         राजनैतिक प्रभावका असमान वितरणका कारण:
१ स्रोतहरुको वितरणमा असमानता
२ स्रोतहरुको प्रयोग गर्ने व्यक्तीको दक्षतामा भिन्नता
३ उपलब्ध स्रोतहरुलाई राजनीतिक उद्धेश्यका लागी प्रयोग गर्ने वा नगर्ने भन्ने बारेमा ब्यक्तीको इच्छा तीनवटा छन् ।
·         शासकहरुले अंगालेको विचार धारालाई सतारुढ विचार धारा भनिन्छ ।
·         राजनितिशास्त्रको अध्ययनको सम्बन्ध सगठित राज्यको मानव विकास संग छ – प्रो. लास्की

राजनितिकशास्त्रको आधुनिक परिभाषा :
·         सन् १९६० को दशक पछि प्रयोगमा आएको –
राजनितिक शास्त्रलाई राज्यको अध्ययन गर्ने विज्ञानको रुपमा मात्र लिने विद्वानहरु विउ सालि, साल्टो, ग्यारी र गार्नर हुन् ।
·         "राजनितिकशास्त्र एक अनुभववादी विज्ञान हो र जसको मुख्य उद्धेश्य शक्तीको निर्धारण एवम् शक्तीमा सहभागीता हुनु हो " – लासवेल
·         "राज्य संग सम्बन्धित विज्ञान नै राजनैतिक विज्ञान हो । यसले राज्यका मौलिक सर्तहरुस्वरुप र विकासका बारेमा विवेचना गर्दछ"। - विउसाली
·         "राजनितिशास्त्रको प्रारम्भ र अन्त्य राज्य संगै हुन्छ" । - गार्नर
·         राजनितिशास्त्रका पिता अरस्तु हुन् ।
·         "राज्यका ब्यवस्थाहरुलाई ज्ञान र अन्तदृष्टि प्रदान गर्ने र सबै समाजका सबै सदस्यलाई असल जिवनको सुविधा दिन सक्षम बनाउनु शास्त्र नै राजनिति शास्त्र हो"।– अरस्तु
·         "मानिस एउटा समाजिक प्राणी हो, मानिसले मानिस भएर बाच्नका लागि समाजमा बस्नु नितान्त आवश्यक छ । समाजमा बस्ने मानिसका बारेमा व्यापक अध्ययन गराउने विज्ञान राजनितिशास्त्र हो" । अरस्तु
·         "राजनितिशास्त्रले सरकारका तत्वहरुको अध्ययन त्यस्तै प्रकार गर्दछ, जसरी अर्थशास्त्रले धनको, जिव विज्ञानले जिवको, विजगणितले अंकको र रेखा गणितले स्थान र विस्तृतको गर्दछ" ।- सिले
·         राजनितिशास्त्र सामाजिक विज्ञानको त्यो भाग हो, जसले राज्यको आधार तथा सरकारका सिद्धान्तहरु बारे विचार गर्दछ । - पल जेनेट
·         आगत, निर्गत विश्‍लषणको प्रतिपादन गर्ने डेबिटस्टन हुन् । जसमा चारवटा पक्षहरु :
१ आगतहरु
२ रुपान्तर
३ निर्गत
        पृष्ठपोषण छन् ।
·         आगतका प्रमुख स्रोतहरु :
१ शासक वा ठालुहरु
      २ घरेलु वातावरण
      ३ अन्तर्राष्टिय वातावरण
·         कार्यात्मक विश्‍लेषणको प्रतिपादक आल्मन्ड र पावेल हुन् ।
Political Socialization: A study in Psychology of Political behavior,1959 का लेखक हवर्ट.एच. हाडमेन हुन् ।
·         राजनीतिक सामाजिकीकरणको अवधारणा सर्वप्रथम पेश गर्ने हवर्ट एच. हाइम्यान हुन् ।
·         Aspect of Political Development पुस्तकका लेखक लुसियन. डब्लु. पार्ट हुन् ।
·         Political Parties and Political Development  पुस्तकका लेखक लापालोम्बरा र बेनर हुन् ।
·         राजनितिशास्त्र मुल्यहरुको आधिकारिक वाँडफाँड मान्ने विद्वान डेविट स्टन हुन् ।
·         राजनितिशास्त्र शक्ति शासन र प्राधिकरण संग सम्बिन्धित विद्या हो । रोबर्ट डायल
·         राजनितिशास्त्र एउटा निश्‍चित सिमाना भित्र भौतिक शक्तीको प्रयोग वा प्रयोगको धम्की संग सम्बन्धित क्रियाकलापको अध्ययन हो ‍- Max Weber
१.२ राजनितिशास्त्रको अध्ययनको क्षेत्र :
·         प्राचिन विद्वानहरुले नगरराज्य, समाज र मानव जिवनका व्यवहारको अध्ययन गर्ने क्षेत्रलाई राजनितिशास्त्र र मनोविज्ञान समेत राजनीतिशास्त्रको अध्ययनको क्षेत्र मानेका छन्।
·         राजनितिशास्त्र भित्र अनुशासनआचरणनैतिकतासभ्यतासामाजिक घटनाक्रम,सामाजिक समस्या र निराकरण जस्ता विषय पर्दछन् ।
·         राजनितिशास्त्रको क्षेत्र भित्र आर्थिक तथा सामाजिक सरकारका अंगअन्तर्राष्टिय संगठन एवम् कुटनितक सम्बन्धका विविध पक्ष पर्दछन् ।
·         राजनितिशास्त्रले मुल रुपमा राज्य र सरकारको अध्ययन गर्दछ ।
·         विश्‍वमा राजनैतिक प्रभाव हावि हुनुराजनितिशास्त्रको अध्ययन क्षेत्र वृद्धि हुनु एवम् राजनैतिक दलको संख्यामा वृद्धि हुनु आदि कारणले राजनितिशास्त्र अध्ययन क्षेत्र विस्तार हुदैँ गएको पाईन्छ ।

१.२ राजनितिशास्त्रको अध्ययन पद्धतिलाई (क) प्राचिन वा परम्परागत अध्ययन पद्धति र (ख) आधुनिक वा वैज्ञानिक अध्ययन पद्धतिदुई भागमा बाडिएको छ ।
·         प्राचिन वा परम्परागत अध्ययन पद्धति: (५ भाग)
१ ऐतिहासिक पद्धति 
२ दार्शनिक पद्धति
३ तुलनात्मक पद्धति
४ प्रयोगात्मक पद्धति
        परिवेक्षण पद्धति

१ ऐतिहासिक पद्धिति :
·         सामाजिक जिवनका हरेक जटिलताको अध्ययनमा ईतिहासले सहयोग पुर्‍याउँछ अर्थात वर्तमानलाई भुतकालको अनुभवले साकार पार्छ ।
·         परापुर्वकालका घटनाप्रथाचालचलनरितिरिवाज आदिको अध्ययनका लागि ऐतिहासिकताको अध्ययन गर्नु अपरिहार्य हुन्छ ।
·         प्रसिद्ध विद्वान कार्ल मार्क्सले इतिहासक प्रयोगका माध्यमबाट नयाँ वाद (कम्युनिज्म) लाई जन्म दिएका थिए ।
·         ऐतिहासिक पद्वतिको प्रयोग गर्नेहरु पक्षपात र भावनामा प्रभावित भई यथार्थतामा पुग्न नसक्ने हुँदा यस पद्धतिको प्रयोग अत्यन्त सर्तकताका साथ गर्नुपर्दछ साथै यस पद्धतिबाट लाभ लिन चाहने व्यक्ती पनि तटस्थ हुनुपर्दछ ।
·         विगतको नजिरको आधारमा समसामयिक घटनाक्रम वा समस्याको समाधान गर्नुपर्ने मान्यता यस पद्धतिले राख्दछ ।
·         "राजनीतिशास्त्र बिनाको इतिहासको कुनै फल हुदैन र इतिहास बिना राजनितिको जरो हुदैंन"- सिले
·         "ऐतिहासिक पद्धति प्रयोग गर्दा विषयहरुको छनौट र विश्‍लेषणमा सतर्कता राख्‍नु पर्छ र स्वार्थ एवम् पक्षपातलाई त्याग्नु पर्दछ" ।-गेटल
·         "इतिहास उदाहरणहरुको ढुकुटी हो  तर ऐतिहासिक पद्धति प्रयोग गर्दा पक्षपात रहित हुनुपर्ने प्रयास गर्नुपर्छ अन्यथा यो फलदायक हुदैन" ।-केजरर
·         यस पद्धतिबाट राजनितिक संस्था राजनैतिक विचारराजनैतिक अवधारणाको, उत्पति र विकासक्रमका बारेमा जानकारी लिन सकिन्छ ।
·         मेकिया बेलीमन्टेस्क्युर हेगेल यस पद्धतिका प्रयोगता हुन् ।
दार्शनिक पद्धति:
·         राजनितिशास्त्रमा राम्रो नराम्रो छुट्याउने क्रममा दार्शनिक अध्ययन पद्धतिको माध्यम उपयोगी मानिन्छ ।
·         मानिसको मुल  प्रकृति के हो र सामाजीक संगठनको उद्देश्‍य के हो जस्ता प्रश्‍नको उत्तर यस पद्धतिबाट लिन सकिन्छ ।
·         यस पद्धति व्यवहारीकता भन्दा काल्पनिकतामा आधारित रहेको मानिन्छ । त्यसैले यसमा गल्ती हुने सम्भावना बढी हुन्छ ।
·         यसले कुनै पनि विषय वस्तुलाई गहन अध्ययन र चिन्तन गर्नुपर्दछ भन्ने मान्यता राख्दछ।
·         प्लेटोको काल्पनिक आदर्श राज्य दार्शनिक पद्धतिको एउटा महत्वपुर्ण उदाहरण हो ।
·         प्लेटोरुसो र मिल दार्शनिक अध्ययन पद्धतिका प्रयोगता हुन् ।
तुलनात्मक पद्धति :
·         अरस्तुले २५० संविधानहरु तथा शासन प्रणालीको तुलनात्मक अध्ययनगरे ।
·         यस पद्धतिमा एक देशको सामाजीक परिस्थति र घटनाहरुको अर्को देशसँग तुलना गरिन्छ ।
·         तुलनात्मक अध्ययन पद्धतिमा एउटै समाज वा संस्थालाई मात्र हेरी निष्कर्ष निकाल्नु हुदैन । जुन देशका संस्थाहरुको तुलना गरिन्छ । ती देशको सभ्यता, संस्कृति लगायतका पक्षहरुमा समानता रहनुपर्दछ ।
·         "यदि तुलनात्मक पद्धति राम्रोसंग अपनाउने हो भने समानता माथी मात्र विचार गरिनु हुदैन विवधता पनि छुट्याउनु पर्दछ"। -प्रो. आशिर्वादम
·         अरस्तुलर्ड ब्राइसका साथै मन्टेस्क्यु पनि यस पद्धतिका प्रयोगता थिए ।




प्रयोगात्मक पद्धति :
·         भौतिक विज्ञानजीव विज्ञानरसायन विज्ञानमा जस्तो प्रयोग नभए पनि राजनितिशास्त्रमा मानीसको सामाजिक जीवनका विभिन्न किसिमको प्रयोग भइराखेको हुन्छ । भन्ने मान्यता प्रयोगात्मक पद्धतिमा छ ।
·         समाज राजनितिशास्त्रको प्रयोगशाला हो त्यसैले समाजमा आउने परिवर्तनसंगै राजनैतिक ब्यवस्था, संस्कृतिआचरणमा पनि परिवर्तन भइरहन्छ ।
·         यस अन्तरगत राज्यका गतिविधिहरुलाई सुक्ष्म अध्ययन गर्दै प्रत्येक परिवर्तनलाई सफलता वा असफलताको आधारमा नयाँ राजनीतिक शासन व्यवस्था सम्बन्धि निष्कर्ष निकाल्ने अध्ययन पद्धति नै प्रयोगात्मक पद्धति हो ।
·         नेपालको समय-समयको जन-आन्दोलन यसैको परिणाम हो । उदाहरण हो ।

१.४ राजनीतिशास्त्रको अन्य सामाजीक संस्थाहरुसंगको सम्बन्ध :
·         उन्नाइसौ शताब्दीसम्मा ज्ञानका शारवाहरुलाई अलग-अलग रुपमा विभाजन नगरिएकाले ज्ञानका सबै शाखाहरु मानिसलाई केन्द्रविन्दु मानी मानिसका विभिन्न क्रियाकलापहरुको विश्‍लेषण गर्दथे ।
·         पछिल्लो समयमा ज्ञानका विभिन्न शाखाहरु एक अर्काबाट आफुलाई भिन्न गर्ने क्रममा अन्य सामाजिक शास्त्रहरु अलग भएतापनि राजनितिशास्त्रलाई दर्शन शास्त्रसंग जोडिएर अध्ययन गरिन्थ्यो ।
क) राजनितिशास्त्र र इतिहासको सम्बन्ध:
·         पाश्‍चात्य चिन्तक फ्रि म्यान इतिहासलाई भुतकालको राजनिति र राजनितिलाई वर्तमान इतिहासका रुपमा लिइन्छ ।
·         इतिहास विवरणपरक र बढी वास्तविकतामा आधारित छ भने राजनितिशास्त्र विश्‍लेषणपरक हुन्छ ।
·         "इतिहासले राजनितिशास्त्रलाई तेस्रो आयाम प्रदान गर्दछ" ।- बिलोबि
·         इतिहासले राज्य सरकार र शक्तीको अध्ययनमा राजनितिशास्त्रलाई सघाउँछ ।
·         इतिहासले राजनितिशास्त्रको पथ प्रदर्शन गर्दछ ।
·         इतिहास राजनितिशास्त्रको प्रयोगशाला हो ।
·         इतिहासले विगतवर्तमान र भविष्यका बिच अन्तर सम्बन्ध कायम गर्दछ ।





ख) राजनीतिशास्त्र र अर्थशास्त्र बिचको सम्बन्ध:
·         अर्थशास्त्रले वस्तुको उत्पादनत्यसको वितरण र उपभोग जस्ता विषयहरुको अध्ययन गर्दछ भने राजनीतिशास्त्रले वस्तुको उत्पादनउपभोग र वितरणको व्यवस्थापन अध्ययन गर्दछ ।
·         विश्‍वका अधिकांश राष्‍ट्रहरुमा आर्थिक असन्तुलन र अभावका कारण राजनीतिक परिवर्तनमा पनि प्रत्यक्ष प्रभाव पारेको हुन्छ ।
·         शासनको गतिविधी र त्यसको रुप आर्थिक परिस्थितिबाट धेरै प्रभावित छ ।
·         मुलकुको राजनैतिक व्यवस्थाले त्यस मुलुकको आर्थिक ब्यवस्थालाई निर्धारण गरेको हुन्छ ।
·         अर्थशास्त्र बिना राजनितिशास्त्र अवास्तविक र सारहिन ढाँचा मात्रा रहन्छ" ।- चार्लस बिमड

ग) राजनितिशास्त्र र समाजशस्त्र बिचको सम्बन्ध
·         लामो समयसम्म राजनितिशास्त्र र समाजशास्त्र यी दुवै  चासोको विषय राज्य र समाज रहेकोमा राजनितिशास्त्रले राज्य सरकारको गतिविधिलाई मात्र सिमित राखेपछि समाजको गैह्र राजनैतिक र गैह्र आर्थीक पक्षको अध्ययन गर्ने शास्त्रको रुपमा समाजशास्त्रले छुट्टै रुप लिएको हो ।
·         राजनितिशास्त्रमा अध्ययन गर्ने तरीकाहरु Research Method, Technology, Survey Method आदि समाजशास्त्रबाट आएका हुन् ।
·         प्रो. गिङिड्सका अनुसार  "न्युटनको गतिशिलता सिद्धान्त सम्बन्धि जानेको मानीसलाई ज्योतिषशास्त्र र तापगतिशास्त्र सिकाउनु जति निरर्थक छ त्यति नै समाज विज्ञानका प्राथमिक कुराहरु पनि नजानेको मानिसलाई राजनितिक सिद्धान्तहरु सिकाउन निरर्थक छौ"

घ) राजनीतिशास्त्र र मनोविज्ञान बिचको सम्बन्ध:
·         राज्य र राजनितिक संस्थाहरु मानव मस्तिष्का देन भएका कारण यिनहरु बिच घनिष्‍ठ अन्तर सम्बन्ध छ ।
·         प्लेटाव देखी अहिलेसम्मका राजनितिक चिन्तकहरुले मानव आचरणको मनोवैज्ञानिक पक्षप्रति अभिरुचि देखाएका छन् ।
·         बार्कर भन्छन् –"हाम्रा पूर्वज प्राणीशास्त्रीक ढंगलर् सोच्दथे भने हामी मनोवैज्ञानिक ढंगले सोच्दछौं" ।
·         मनोवैज्ञानिक फ्रायडले प्रतिपादन गरेको मनोविश्‍लेषणले राजनीतिशास्त्रमा पर्याप्‍त छाप छाडेको छ ।
·         गार्न भन्छन –"सरकारु स्थायी एवम लोकप्रिय हुन जनताको मनोभावना र नैतिक पक्षलाई प्रतिबिम्बित गर्न सक्नु पर्छ" ।

ङ) राजनितिशास्त्र र भुगोल बिचको सम्बन्ध:
·         भौगोलिक कारण सामन्यतया  स्थिर रहने हुनाले राज्यको राजनैतिक जीवनमा स्थायी प्रभाव पार्दछ ।
·         प्राचिन राजनितिक चिन्तक अरस्तुले भुगोलको ज्ञान बिना राजनितिशास्त्रको ज्ञानमा वृद्धि हुन सक्दैन भन्छन्" ।
·         राज्यको भुगोलमा पाइने अलग-अलग राजनैतिक संस्कारले राज्य ब्यवस्थापनमा प्रभाव पार्दछ ।
·         रुसो भन्छन –"तातो जलवायु निरंकुश शासकको अनुकुल हुन्छ तर मध्यम खालको जलवायु शुसासनको अनुकुल हुन्छ ।
·         मन्टेस्क्युका अनुसार –" सरकारको स्वरुप र जनताको स्वतन्त्रता भौगोलिक वातावरणले प्रभावित हुन्छ" ।
·         भुगोल र राजनीति शास्त्रको सम्बन्धकै कारण भु-राजनिति र राजनैतिक भुगोल जस्तो अवधारणा विकसित भएका हुन् ।
·         भू-राजनितिक अवस्थाका कारण राष्‍ट्रहरुको सम्पन्नता र विपन्नता हुने अवस्था सिर्जना हुन्छ ।

च) राजनितिशास्त्र र कानुन बिचको सम्बन्ध-
·         कुशल शासन संचालनका लागी संविधान कानुन पनि कुशल तयार हुनुपर्दछ ।
·         कानुनको निर्माणसंरक्षणसमयानुकुलसंसोधन एवम् परिमार्जन गर्ने काम राज्यले गर्दछ र राज्यको राजनिति कानुन द्वारा निर्देशित र नियन्त्रित हुन्छ ।
·         राज्यको उद्देश्य यथाशक्य सुविधा प्रदान गरी लोककल्याणकारी राज्य स्थापना गर्नु हो भने कानूनको उद्देश्‍य नागरिक जीवनलाई सुखमय बनाउन अनैतिक क्रियकलाप तथा ब्यवहारलाई नियन्त्रण गर्नु हो ।
·         राजनितिशास्त्रलाई सरकारको अध्ययन गर्ने शास्त्रको रुपमा लिने विद्वान सिले हुन् ।
·         राजनितिशास्त्रको प्रयोगशाला समाज हो ।
·         राजनितिशास्त्रको प्रयोगशास्त्र र इतिहास बिच धनिष्‍ठ सम्बन्धमा जोड दिने एडम स्मिथ हुन्।
·         कानूनलाई मानिसको ब्यवहारलाई नियमित गर्ने प्रमुख आधारको रुपमा लिइन्छ ।
·         युनेस्कोले राजनितिशास्त्रका मुख्य चार क्षेत्रहरु
          क) राजनैतिक सिद्धान्त ख) सरकार  ग) जनसमुदाय  घ) अन्तर्राष्ट्रिय सम्बन्ध
·         राजनितिशास्त्र राज्यसरकार र राज्य नितिको विज्ञान हो ।
·         Human Nature in Politics पुस्तकका लेखक ग्राहाम बालास हुन् ।
·         "राजनितिशास्त्रको अध्ययन पद्धतिले मनमस्तिष्‍कको त्यो बौद्धिक तरिकालाई जनाउँदछ जसले राजनैतिक वास्तविकताको ज्ञानको खोजी गर्दछौ" ।- मेसिनो साल्भेदोरी
·         राजनितिशास्त्र त्यो विज्ञान हो जसले राज्य नामक संगठनको अध्ययन गर्दछ र यो एउटा स्थिर तथा गतिशिल विद्या हो । - प्रो. गुडनाब
·         प्राचिन राजनितिशास्त्रमा साहित्यका ३ वर्गहरु धर्मशास्त्रधर्मसुत्र र टिका मान्ने विद्वान मनु हुन् ।
·         राजनितिशास्त्रलाई मुल्यहरुको आधिकारिक बाँडफाँडका रुपमालिने विद्वान डेविट स्टन हुन् ।
·         राजनितिशास्त्रमा अवलोकन पद्धतिलाई जोड दिने विद्वान लोबेल हुन् ।
·         राजनितिशास्त्र र समाजशास्त्र बिच अन्तर सम्बन्ध दर्शाउने विद्वान Max Weber हुन् ।
·         राजनितिशास्त्रमा प्रयोगात्मक पद्धति जोड दिने विद्वान लोबिस हुन् ।
·         The Structure of Social Action पुस्तकका लेखक पार्सन्स हुन् ।
·         Republic का लेखक प्लेटो हुन् ।
·         New Aspects of Politics का लेखक मेरियम हुन् ।
·         व्यवहारवादी राजनितिशास्त्रको विकास गर्ने विद्वान साइमनलासवेल र अलमन्ड हुन् ।
·         राजनीतिशास्त्रमा ऐतिहासिक प्रयोगका माध्यमबाट कम्युनिज्मको जन्म दिने Karl Marxहुन्।
·         The process of Government पुस्तकका लेखक F. बेन्ट हुन् ।
·         Old Societies and New Nations पुस्तकका लेखक गिरटज हुन् ।
·         आधुनिक राजनितिक सिद्धान्तलाई उदारवादी चिन्तकधारा र मार्क्सवादी चिन्तन धारा २ भागमा विभाजन गरिएको छ ।
·         अमेरिकी राजनितिशास्त्र संघको स्थापना सन् १९०३ मा भयो ।
·         राजनितिशास्त्रमा आचरणवादी आन्दोलनका प्रणेता चार्ल्स मेरियम हुन् ।



Post a Comment

0 Comments