Subscribe Us


नमस्ते, मेरो व्यक्तिगत ब्लगमा हार्दिक स्वागत छ । तपाईं यो ब्लगमा मेरा विभिन्न लेखका साथै लोकसेवा सामाग्रीहरु पनि पढ्न सक्नुहुनेछ । कृपया Menu मा गएर आफूले पढ्न खोजेको Category छान्नुहोस् वा Search box मा आफूले चाहेको विषयबस्तुको कुनै Keyword खोज्नुहोस् । मेरो ब्लग सम्म आइदिएर यहाँ भ‍एका सामग्री पढ्नुभएकोमा धन्यवाद ।

राजनीतिशास्त्र एकाइ ३ राजनीतिक अवधारणाहरु

राजनितिक अवधारणाहरु
कानूनअवधारणा र स्रोतहरु:
·         सामान्यत: कानूनलाई भौतिक र मानव निर्मित गरी दुई भागमा बाँडिएको पाइन्छ ।
·         भौतिक कानून अन्तर्गत गुरुत्वाकर्षणको नियमगतिको नियमवस्तुको परिवर्तनका नियम आदि प्राकृतिक देन पर्दछन् ।
·         आस्टिन- " कानून कुनै स्वतन्त्र राजनैतिक समाजको शासन वा शासक वर्गको आदेश हो "
·         विलसन – " कानून स्थिर विचार वा स्वभावको त्यो अंश हो जसलाई समान नियमका रुपमा विशिष्‍ट र नियमबद्ध स्वीकृति प्रदान गरिएको हुन्छ र यसलाई सरकारको शक्तिले लागू गर्दछ" ।
·         दुग्वी –"कानून समाजको आवश्‍यकता मात्रको अभिव्यक्ति हो" ।
·         लास्की-"कानून संम्प्रभुको आदेश मात्र होइन त्यो त व्यक्तिको चेतनामा अन्तरनिहित एउटा तत्व हो"।
·         हल्यान्ड-"सर्वोच्च राजनैतिक शक्तिद्वारा लागू गरिएको मनुष्यको बाह्रय जीवनसँग सम्बन्धित सामान्य नियम कानून हो" ।
·         प्राचिनकालमा प्रथा र परम्परालाई मात्र कानूनको स्रोत मानिन्थ्यो भने आधुनिककालमा विद्यालयलाई समेत कानूनको स्रोत मानिन्छ ।
कानूनका लागि आवश्‍यक तत्वहरु:
क)   कानून ती नियमहरु हुन् जसलाई कुनै संप्रभुद्वारा लागू गरिन्छ ।
ख)   कानून मानविय आचरणका नियमहरु हुन् ।
ग)    राज्यभित्र रहने सबै कार्य विधिमा कानून लागू हुन्छन् ।
घ)    कानूनको सम्बन्ध मानीसको बाह्रय आचरण संग छ मानिसको आन्तरिक प्रवृत्ति मानिसका विचारसंग कानूनको केही सम्बन्ध छैन ।
कानूनको शासन:
·         कानूनको सर्वोच्चता र कानून अनुसारको शासन नै कानूनको शासन हो ।
·         यस्तो शासनमा सबै काम कानूनमा आधारित भएर गरिन्छ ।
·         कानूनको शासन ‍औपचारिक हुन्छ ।
·         कानूनको शासनको अवधारणा प्राकृतिक कानूनसँग सम्बन्धित छ ।
·         कानूनको शासनमा निष्‍पक्षतान्यायोचित व्यवहार र स्वतन्त्रता हुन्छ ।

प्रो डायसीका अनुसार कानूनको शासनका ३ अर्थ हुन्छन् ।
क)   स्वेच्छाचारी शक्तिको अभाव
ख)   कानूनका अगाडी समानता
ग)    संविधान राज्यको सामान्य कानूनको उपज
कानूनका स्रोतहरु:
कानूनका स्रोतलाई २ भागमा वर्गिकरण गरिएको छ ।
क)   औपचारिक वा आधुनिक स्रोत
ख)   अनौपचारिक वा परम्परागत स्रोत
क)   औपचारिक स्रोत :
i)                    संविधान – संविधान देशको मुल कानून हो । यसले राज्य शक्तिको बाँडफाँड गरी सन्तुलन र नियन्त्रणको ब्यवस्था गरिएको हुन्छ । यो जनताको अधिकारको प्रमाणपत्र हो यसैको आधारमा कानूनको निर्माण गरिन्छ ।
ii)                  विद्यायन- विद्यायिकाबाट निर्मित कानूनलाई ऐन वा विद्यायन भनिन्छ । यो जनप्रतिनिधि मुलक संस्थाबाट निर्माण गरिन्छ । यो संविधान अन्तर्गत बन्दछ र संविधनसँग बाझिएको हदसम्म अमान्य घोषित हुन्छ ।
iii)                नियम विनियम – ऐनले दिएको अधिकार प्रयोग गरि नियम विनियम बनाईन्छ । ऐनमा उल्लेखित प्रावधानहरुको कार्यान्वयनका लागी ब्याख्या सहितका प्रकृयाहरु विस्तृत रुपमा नियमद्वारा व्यवस्थित हुन्छन् ।
ख)   अनौपचारिक स्रौत :
i)                    प्रथा- यो कानूनको सबैभन्दा पुरानो र महत्वपूर्ण स्रोत हो । सामान्यतया कुनैपनि प्रथाले कानूनी रुप पाउन त्यस्ता प्रथाहरुमा देहायका शर्त हुनुपर्दछ ।
क)   प्राचिनता
ख)   निरन्तर प्रयोग
ग)    औचित्यता
घ)    सार्वजनिक नितिसंग मिलन
ङ)     बाध्यात्मक र स्वेच्छिक पालना
च)    निशंकोच उपयोग
·         प्राचिनकालमा रीतिरिवाजलाई आधार मानेर राजा र प्रजाले आफ्ना क्रियाकलाप सञ्चालन गर्दथे ।
·         विलड्रो विलसनका अनुसार –"रितिरिवाजहरु कानूनका प्राचिन आधार हुन्" ।
·         बेलायतको कानूनका अलिखित भागहरु रीतिरिवाज मा नै आधारित छन् जसलाईCommon Law भनिन्छ ।
ii)                  अदालतको निर्णय वा नजिर:- कुनैपनि मुद्दाको फैसला गर्दा न्यायको रोहवरमा अदालतले प्रतिपादन गरेको न्यायिक सिद्धान्तलाई नजिर भनिन्छ । न्यायलयमा रहेका मुद्दा निर्णयका नजिरले भावी मुद्दाका सम्बन्धमा प्रशस्त प्रभाव पार्दछ र यसले अप्रत्यक्ष रुपमा कानूनको निर्माणमा सहयोग पुर्‍याउँछ ।
iii)    धर्म  - प्राचिनकालमा धर्म र धर्मग्रन्थलाई नै कानून मानिन्थ्यो र धर्म अन्तर्गत नै राजनैतिकन्यायिक र सामाजिक जिवन संचालन हुन्थे ।
·      प्राचिनकालमा अपराधीलाई कानून विरोधी नभनी धर्म विरोधी भनी दण्ड दिइन्थ्यो ।
·      आधुनिककालमा पनि सबै धर्मधर्मग्रन्थ र धार्मिक गुरुलाई उत्तिकै महत्व दिइन्छ । उदाहरणको लागि हिन्दु धर्ममा मनुस्मृतिवेद, महाभारतरामायण जस्ता धर्म ग्रन्थ,मुस्लिममा कुरान एवम् धार्मिक नेता आयोतुल्लाह खुमेनी एवम क्रिश्‍चियन धर्ममा बाइबल धर्मग्रन्थ एवम् पोप जोन पाल आदिलाई आधार मानी कानून संचालन भएको पाईन्छ ।
iv)    अन्तर्राष्‍ट्रिय सन्धी सम्झौता
v)      प्राज्ञीक कथन – ख्याति प्राप्‍त विद्वान एवम् कानूनविदको अध्ययनअनुसन्धानको निष्‍कर्षलाई कानूनको स्रोतमा ग्रहण गरिन्छ ।
नेपालमा प्रचलित कानूनका स्रोतहरु :
१)      संविधान
२)      विद्यायन- मौलिक ऐन र प्रत्यायोजित मन्त्रालयले बनाउने
३)      रितिरिवाज, प्रथापरम्परा
४)      प्राज्ञिक कथनहरु
५)      अन्तरार्ष्टिय सन्धि महासन्धीहरु
संप्रभुता अवधारणा
·         ल्याटिन भाषाको सुपरनेस शब्दबाट बनेको हो जसको अर्थ सर्वोच्च शक्ति भन्ने हुन्छ ।
·         संप्रभुता भन्नाले राज्यसत्ता भन्ने बुझाउँछ जुन अन्य सत्ताको अधिनमा नभई सर्वोच्च हुन्छ र कुनैपनि कानूनी सिमाबाट मुक्त हुन्छ ।
·         बोंदा –"संप्रभुता नागरिक तथा प्रजामाथी प्रयुक्त हुने त्यो सर्वोच्च शक्ति होजो कानून द्वारा नियन्त्रित हुदैन" ।
·         ग्रेटियस- " संप्रभुता त्यस व्यक्तीमा निहित राजनितिक शक्ति हो । जसको कार्य अर्काको अधिनमा हुँदैन तथा जसको कार्य अर्काको अधिनमा हुँदैन तथा जसको इच्छामाथी नियन्त्रण गर्न सकिदैन" ।
·         लास्की-" संप्रभुता भएकै कारण राज्य अन्य सबै किसिमका मानव समुदायबाट भिन्न हुन्छ"।
·         बर्गेस-" संप्रभुता  राज्यका सबै व्यक्ती र तीनका समुदाय भन्दा माथीको मौलिक पूर्ण र असिमित शक्तिको नाम हो ।
·         Black Stone-" संप्रभुता त्यो सर्वोच्च विरोध रहित पुर्ण तथा अनियन्त्रित सत्ता हो जस अन्तर्गत ठूला-ठूला कानूनहरु रहन्छन्" ।
संप्रभुताका विशेषता:
१)      असिमता – यो नियन्त्रणबाट मुक्त वन्धनरहित
२)      स्थिरता- सरकार परिवर्तनव्यवस्था परिवर्तन भएपनि संप्रभुता परिवर्तन हुदैन ।
३)      सर्वव्यापकता- यो राज्यको कुना-कुनामा हुन्छ ।
४)      अदेयता- हस्तान्तरण गर्न सकिदैन ।
५)      अविभाज्यता- यो विभाजन गर्न सकिदैन ।
६)      अपरित्याग्तता- यसलाई अलग गर्न सकिदैन ।
संप्रभुताका प्रकारहरु:
१)      नाममात्रको संप्रभुता – राज्यको संप्रभुता राष्‍ट्र प्रमुख र प्रधानमन्त्रीले गर्ने । जस्तै –बेलायतको राजारानीजापानको राजारानी
२)      जन संप्रभुता- जनताको इच्छा र चाहना अनुसार शासन सञ्चालन हुनेराज्य शक्तिको अन्तिम मालिक जनता हुने ।
३)      राजनितिक संप्रभुता- जनताको प्रतिनिधि मुलुक निकाय व्यवस्थापिकामा असिमित शक्ति निहित रहने ।
४)      कानूनी संप्रभुता – राज्यको कानून बनाउनु र आदेश जारी गर्न सर्वोच्च अधिकार युक्त
५)      वैद्य संप्रभुता – राज्यको वैधानिक कानूनले ताकेको सर्वोच्च निकायमा रहेको शक्ति
स्वतन्त्र र समानता
स्वतन्त्रता- अंग्रेजी शब्द Liberty को नेपाली रुपान्तरण जसको अर्थ बन्धनमुक्त भन्ने हुन्छ ।
यो शब्दको प्रयोग १७८९ मा फ्रान्सेली राज्यक्रान्तिको क्रममा विश्‍वभर फैलिएको पाईन्छ ।
·         स्वतन्त्रताका सम्बन्धमा मिल भन्द्छन् –"व्यक्ति स्वयम् प्रभुक्त सम्पन्‍न हुनु नै स्वतन्त्रता हो । ती सबै कार्य गर्ने व्यक्तीको अभिलासा हुन्छ" ।
·         स्वतन्त्रता अन्तर्गत सामाजिकराजनैतिक र आर्थिक बन्धनको मुक्तता पर्दछ ।
·         सिले-"स्वतन्त्रतामा अति शासनको विपरित हो" ।
·         लास्की-"स्वतन्त्रतामा त्यो शक्ति निहित हुन्छ जसद्वारा व्यक्ति कुनै वाह्रय वाधा बिना आफ्नो जीवन विकासको बाटो आफै रोज्न सक्छन् ।
·         रुसो भन्छन्-"मानिस स्वतन्त्र जन्मिन्छ र सर्वत्र साङ्गलोले बाँधिन्छ" ।
·         बार्कर भन्छन् –" स्वतन्त्रता बन्धनहरुको अभाव होइन परन्तु यस्ता नियन्तत्रहरुको अभाव होजो मनुष्‍यको विकासमा सहायक हुन्छ" ।
स्वतन्त्रताका प्रकार:
१)      प्राकृतिक स्वतन्त्रता- प्रकृतिले मानिसलाई स्वतन्त्र जन्माएकोले सबै मानिस समान छन्,सबैले समान अवसर पाउनु पर्दछ भन्ने मान्यता-प्राकृतिक स्वतन्त्रताको विवेचना गर्ने विद्वान हब्सलकरुसो हुन् ।
२)      नागरिक वा सामिजक स्वतन्त्रता- यस अन्तर्गत व्यक्तिका सम्पूर्ण सामाजिक अधिकार पर्दछन् । संकुचित अर्थमा राज्यद्वारा प्रदत्त अधिकार पर्दछन् जस्तै – जीवन सुरक्षा,सम्पतिको सुरक्षा आदि
३)      राजनैतिक स्वतन्त्रता- यस अन्तर्गत मत दिने अधिकारदल खोल्ने अधिकार,निर्वाचनमा उम्मेदवार बन्ने अधिकार आदि पर्दछन् ।
४)      आर्थिक स्वतन्त्रता- यस अन्तर्गत आवश्‍यकता पूर्तिका लागी धन आर्जन गर्नेसेवा अनुरुप पारिश्रमिक पाउनेबेरोजगार बस्नु नपर्ने आदि पर्दछन् ।
५)      राष्‍ट्रिय स्वतन्त्रता- यस अन्तर्गत भाषाधर्मसंस्कृतिजाती आदि भित्र एकता कायम भई पूर्ण स्वतन्त्र राष्‍ट्रको निर्माण पर्दछ ।
६)      धार्मिक स्वतन्त्रता- यस अन्तर्गत आफ्नो संस्कारपरम्परारितिरिवाज अनुसार धार्मिक अभ्यास गर्न पाउने स्वतन्त्रता पर्दछन् ।
७)      नैतिक स्वतन्त्रता – यस अन्तर्गत समाजमा सदाचार र नैतिक विकास गर्न पाउने स्वतन्त्रता पर्दछन् ।
नेपालको अन्तरिम संविधान २०६३ मा स्वतन्त्रता सम्बन्धी व्यवस्था
धारा १२ मा उल्लेख भए अनुसार नेपाली नागरिकलाई निम्नानुसारको स्वतन्त्रताको हक हुनेछ ।
क)   प्रत्येक व्यक्तिलाई सम्मान पुर्वक बाँच्न पाउने हक हुनेछ र मृत्युदण्डको सजाय हुनेगरी कुनै कानून बनाइनै छैन ।
ख)   कानून बमोजिम बाहेक कुनैपनि व्यक्तिको वैयक्तिक स्वतन्त्रता अपहरण हुनेछैन ।
ग)    प्रत्येक नागरिकलाई देहायको स्वतन्त्रता हुनेछ ।
i)                    विचार र अभिव्यक्तिको स्वतन्त्रता
ii)                  विना हातहतियार शान्ति पूर्वक भेला हुने स्वतन्त्रता
iii)                राजनितिक दल वा संगठन खोल्ने स्वतन्त्रता
iv)                संघ र संस्था खोल्ने स्वतन्त्रता
v)                  नेपालको कुनैपनि भागमा आवत-जावत र बसोबास गर्ने स्वतन्त्रता
vi)                कुनै पेशारोजगारउद्योग र व्यापार गर्ने स्वतन्त्रता ।
समानता :
·         लास्की- "समानताको अर्थ हो वर्णजातिलिङ्ग तथा व्यवसायको भेद नगर्नुदोस्रो स्थानमा यसको अर्थ हुन्छ सबैलाई समान सुविधा प्रदान गर्नु" ।
·         जवाहरलाल नेहरु-" समानताको अर्थ प्रत्येक मानिसद्वारा आफ्नो व्यक्तिको विकासका लागी समान किसिमका सुविधाहरु प्राप्‍त गर्नु हो" ।
समानताको प्रकार:
१)      नागरिक समानता- प्रत्येक नागरिकहरुलाई कानूनको दृष्‍टिमा समान व्यवहार गरिनु ।
२)      सामाजिक समानता- जातीधर्मव्यवसाय लिङ्ग आदिका आधारमा विभेद नगरिनु ।
३)      राजनैतिक समानता – सबै नागरिकलाई शासनमा भाग लिन पाउने अधिकारमताधिकार उम्मेदवार आदिमा समानता
४)      आर्थिक समानता – सामाजिक सम्पतिको समान वितरणको हकगाँसबासकपासको व्यवस्थाव्यवसाय अपनाउने हकमा समानता
५)      धार्मिक समानता- प्रत्येक व्यक्तिलाई परम्परा अनुसार आफ्नो धर्म पालना गर्ने सुविधा प्राप्‍त हुने र राज्यले धर्म विशेषलाई प्रोत्साहन नगर्ने
६)      प्राकृतिक समानता- सबै व्यक्तिहरु प्रकृतिका दृष्‍टिले बराबर छन् ।
राजनैतिक संस्कार, अवधारणा र प्रकार
·         सामन्य अर्थमा राजनैतिक संस्कार भन्नाले व्यवस्थित समाज वा राज्यका सदस्यले राजनिति प्रति राख्‍ने धारणादृष्‍टिकोण र मान्यता हो ।
·         यो द्वितिय विश्‍व युद्ध पछि नयाँ अवधारणाका रुपमा विकास भयो ।
·         राजनितिक प्रणालीप्रति जनताको विश्‍वासमूल्य मान्यताव्यवहार आदिको समष्‍टितगत रुप नै राजनितिक संस्कृति हो ।
·         राजनितिक संस्कृतिले राजनितिको मनोवैज्ञानिक विश्‍लेषण समाजशास्त्रीय विधिबाट गर्दछ ।
·         आलमन्ड नै राजनितिशास्त्रमा राजनितिक संस्कृतिको धारणाको विकास गर्ने विद्वान हुन् ।
·         आलमण्डका अनुसार –"हरेक राजनितिक प्रणालीमा राजनितिक प्रकृयाहरुका लागि निश्‍चित ढाँचाको अभिमुखीकरण तय गरिएको हुन्छ" ।
·         राजनितिक संस्कृति भनेको व्यक्तिहरुको मूल्य मान्यताविश्‍वास र भावनात्मक आदर्श हो ।
राजनितिक संस्कृतिका निर्धारक तत्वहरु:
१)      इतिहास- राजनीतिक इतिहासमा भएको संघर्षक्रान्तिले राजनितिक संस्कार निर्धारण गर्दछ।
२)      भू-राजनैतिक स्थित-देशको भौगोलिक अवस्थितिले देशको राजनितिक संस्कृति निर्माणमा आधार प्रदान गर्छ ।
३)      आर्थिक सामाजिक अवस्था- शक्तिको अभ्यासलाई देशको आर्थिक सामाजिक अवस्थाले असर पार्दछ ।
४)      विचारधारा- विभिन्न सिद्धान्तविचार दर्शनबाट राजनिति प्रभावित हुन्छ ।
राजनितिक संस्कृतिका प्रकार:
The Civic Culture पुस्तकमा आलमन्डले बताए अनुसार राजनितिक संस्कार निम्न ३ प्रकारको छ ।
१)      संकुचित, संकिर्ण वा परम्परावादी राजनितिक संस्कार – यस अन्तर्गत व्यक्तिलाई आफ्नो स्थानिय समुदायको गठन र कार्य सञ्चालन मात्र थाहा हुन्छ । केन्द्रदेखि टाढा दुर्घमका बासिन्दाहरुलाई राष्‍ट्रिय राजनिति थाहा हुदैन ।
२)      प्रजा राजनैतिक संस्कार – यो संस्कारमा व्यक्तिहरु सरकारको सत्ताप्रति जागरुक भएपनि निति निर्माण इकाइमा पुगेर सरकारी नितिहरुलाई कसरी प्रभाव पार्ने भन्ने जान्दैनन् अर्थात सेवा सुविधा उपभोग गर्छन तर त्यस भन्दा माथी उनिहरुको चेतनाको स्तर उठेको हुदैन र राजनितिमा चासो पनि हुदैन ।
३)      सहभागी राजनितिक संस्कार – सबै तहमा जनताको हैसियत र प्रयोगको समान उपस्थिति रहनु । यसमा अभिव्यक्ति गर्ने देखि लिएर निर्णय निर्माण सम्मका प्रकृया पर्दछन् ।
राजनितिक समाजिकरण
·         राजनितिक संस्कारलाई निश्‍चित गर्ने कार्य राजनैतिक समाजिकिकरणले गर्दछ । यो निरन्तर चलिरहने प्रक्रिया हो ।
·         व्यक्ति समाजमा जन्मिएपछि उसको समाजसंगको अनुभवले उसमा विभिन्न किसिमका परिवर्तन आइरहेको हुन्छ ।
·         राज्यमा प्रचलित राजनितिक संस्कार उसको जीवनको क्रमैसंगै सकारात्मक वा नकारात्मक दुवै प्रभावबाट विकसित हुन्छ ।
·         आलमन्ड र पावेल-"राजनैतिक सामाजिकिकरण व्यक्ति वा व्यक्ति समूहको राजनैतिक संस्कारलाई आवश्‍यकता अनुसार यथावत कायम राख्‍ने वा परिवर्तन गर्ने प्रक्रिया हो" ।
·         रबर्ट लेबाइन- "राजनितिक सामाजिकीकरण व्यक्तीको राजनैतिक व्यवस्थामा सहभागीताको मुल्यआदत र प्रेरणाको साधन हो" ।
·         राजनितिक सामाजिकिकरण शब्दका प्रथम प्रयोगकर्ता हबर्ट एच(H) हाइम्यान हुन् ।
राजनितिक सामाजिकिकरणका एजेन्टहर
क)   परिवार- मानिसको पहिलो पाठशाला परिवार हो । वाल्यअवस्थामा परेको प्रभाव ताजा र गाढा हुन्छ पारिवारिक निर्णयहरुमा सहभागी हुन पाउने बालक शुरु देखिनै सक्षम हुँदै सक्रिय हुन्छ भने सहभागी हुन नपाउने निष्‍कृय हुदै केवल प्रजाको रुपमा मात्र रहन्छ ।
ख)   शिक्षण संस्था- शैक्षिक संस्थामा विद्यार्थीले निर्णय निर्माण प्रक्रियामा भाग लिने प्रशस्त अवसर पाउने हुदा उसको राजनितिक संस्कार निर्माणमा शैक्षिक संस्थाले महत्वपुर्ण प्रभाव पार्दछ ।
ग)    साथीभाईहरुको समूह- एउटै उमेर समुहका साथीहरुको समुहले उचित ठहर्‍याएको सोच र व्यवहार अपनाउन साथीहरुले उत्प्रेरणा प्रदान गर्छन ।
घ)    जागिरको अनुभव-पेशागत संघसंगठन मार्फत राजनितिक रुपमा प्रशिक्षित हुन्छन् र सामुहिक सौदावाजी प्रदर्शन र अरु निर्णय निर्माणमा सहभागी हुन्छन् ।
ङ)     आम सञ्चारका साधन- यी साधहरुबाट जनतालाई सार्वजनिक रुपमा सुसुचित गर्ने माध्यम हुन् । लुइसन पाइका अनुसार आम सञ्चारको साधन छोटो समयमा समाजिकीकरण गर्ने राम्रो प्रवृधि हो तर यो एउटा आधुनिक निरंकुशता पनि हो ।
च)    राजनितिक पार्टी- सामाजिक व्यक्तीलाई राजनीतिक क्षेत्रमा ल्याउने काम राजनितिक पार्टीहरुले गरेका हुन्छन् ।
छ)   धार्मिक संस्था- कतिपय धार्मिक संघ संस्थाले धार्मिक प्रवचनका अतिरिक्त राजनितिक विषयमा समेत प्रवचन दिन्छन् ।
ज)   सामाजिक संस्थाहित समूह/दवाब समूह
·         विभिन्न संघ/संस्थाहरुबाट हुने चेतनामुलक स-शक्तिकरण सम्बन्धि
अभिमुखीकरण तालिम एवम राजनैतिक सामाजिककीकरण प्रभावित हुन्छ ।
·         बेलायतमा अलिखित कानूनहरु रितिरिवाजमा आधारित छन्
·         रितिरिवाजलाई कानूनी आधारमा उल्लेख गर्ने व्यक्ति विल्ड्रो विल्सन हुन् ।
·         विधिको शासन Rule of Law सिद्धान्तका प्रतिपादक एभि डायसी हुन् ।
·         संप्रभुता राज्यको प्राण हो ।
·         वेलायतको संविधानमा रितिरिवाजलाई अभिसमय भनिन्छ ।
·         आधुनिक समयमा संप्रभुता शब्दलाई सर्वप्रथम प्रयोग गर्ने बोदा हुन् ।
·         सार्वभौमिकतालाई राज्यका दैनिक नियम कानून बनाउने र संचालन गर्ने अधिकारका रुपमा लिने विद्वान J.S. Mill हुन् ।
·         जनसंप्रभुताको विकास १६ औ तथा १७ ‍औ शताब्दीमा भयो ।
·         देशको कानून र रितिथिति अनुसार प्रतिस्थापन भएको सर्वोच्च शासक वैद्य संप्रभुता हो ।
·         नेपालको अन्तरिम संविधान २०६३ को धारा १३ अनुसार समानताको हक निम्न छन्
क)   कानूनको दृष्‍टिमा सबै नागरिक समान हुनेछन् कसैलाई पनि कानूनको समान संरक्षणबाट बञ्चित गरिने छैन ।
ख)   सामन्य कानूनको प्रयोगमा कुनैपनि नागरिक माथि धर्मवर्णलिङ्ग,जातजातिउत्पतिभाषा वैचारिक आस्था वा ति मध्ये कुनै कुराको आधारमा भेद भाव गरिने छैन ।
ग)    राज्यले नागरिकहरुका बिच धर्मवर्णलिङ्गजातजातिउत्पतिभाषा वैचारिक आस्था वा ति मध्ये कुनै कराको आधारमा भेदभाव गरिने छैन् ।
घ)    सामन्य कामका लागि महिला र पुरुषका बिचमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा भेदभाव गरिने छैन ।
o   सार्वजनिक प्रशासनलाई अड्डातन्त्र पनि भनिन्छ ।
o   पदहरुको श्रृखलालाई पदसोपान भनिन्छ ।

Post a Comment

0 Comments