Subscribe Us


नमस्ते, मेरो व्यक्तिगत ब्लगमा हार्दिक स्वागत छ । तपाईं यो ब्लगमा मेरा विभिन्न लेखका साथै लोकसेवा सामाग्रीहरु पनि पढ्न सक्नुहुनेछ । कृपया Menu मा गएर आफूले पढ्न खोजेको Category छान्नुहोस् वा Search box मा आफूले चाहेको विषयबस्तुको कुनै Keyword खोज्नुहोस् । मेरो ब्लग सम्म आइदिएर यहाँ भ‍एका सामग्री पढ्नुभएकोमा धन्यवाद ।

राजनीतिशास्त्र एकाइ ४ नागरिकता, अधिकार तथा कर्तब्य

नागरिकता, अधिकार तथा कर्तव्य
नागरिकता:
·         कुनैपनि देशमा बसोबास गर्ने व्यक्तीले प्राप्‍त गर्ने नागरिकको प्रमाणपत्र नै नागरिकता हो ।
·         प्राचिनकालमा राज्यबाट सामाजिक र राजनैतक अधिकार प्राप्‍त गर्ने व्यक्तिलाई मात्र नागरिकको रुपमा लिईनथ्यो र दास,  महिलाराज्यद्रोह वा फौजदारी सजाय प्राप्‍त व्यक्तिलाई नागरिकता प्रदान गरिदैनथ्यो ।
·         गेटेलका अनुसार – "नागरिक राजनितिक समाजका ती सदस्य हुन्  जो कतिपय कर्तव्यहरुद्वारा समाजसँग आबद्ध हुन्छन् उसको सत्ताको अधिन रहन्छ तथा उसद्वारा प्रदत्त सुविधाहरुको समान भागी हुन्छन्" ।
·         लास्की भन्छन् – "नागरिक त्यो व्यक्ति हो जो केवल संगठित समाजको सदस्य मात्र होइन आदेशहरु प्राप्‍त गर्ने र कतीपय कर्तव्यहरुको पालन गर्ने बुद्धिमान व्यक्ति हो ।
नागरिक हुनका लागि आवश्‍यक शर्तहरु :
१)      राज्यको सिमाभित्र बसोबास गरेको
२)      राज्यको सदस्य भएको
३)      राज्यको निर्वाचनमा मताधिकार प्राप्‍त भएको
४)      राज्यद्वारा प्रदत अधिकारहरु प्राप्‍त हुने व्यक्ति
५)      राज्यको संप्रभुतालाई स्विकार गरेको
६)      व्यक्तिगत एवम् सामुहिक हितको रक्षा गर्ने
नागरिकताको प्राप्‍ती
विभिन्न देश अनुसार नागरिकता प्राप्‍तीका सम्बन्धमा देश अनुसार भिन्न-भिन्न नियम भएतापनि सामान्यतया नागरिकता २ प्रकारले प्राप्‍त गर्न सकिन्छ ।
क)   जन्मजात, प्रकृतिक वा अंगिकृत नागरिकता यस अनुसार नागरिकता प्राप्‍तीका ३ भिन्ना भिन्नै सिद्धान्त छन् ।
i)        रक्त वंशाधिकार सिद्धान्त- आमाबुबा जुन देशका नागरिक हुन्छन् छोराछोरी पनि त्यही देशका नागरिक हुन्छन् । यो सिद्धान्त आमा बबाको पहिचान नभएका अनाथ बालबालिकाआमा र बाबु २ भिन्न-भिन्न देशका भएका बालबालिकाका लागि अव्यवहारिक भएतापनि यो सामान्यतया बढी स्वभाविक प्रचलित र मान्यता प्राप्‍त छ ।
ii)      जन्मस्थानको सिद्धान्त- आमा बाबु जुन देशको भएपनि बालकको जन्म जुन देशमा हुन्छ त्यही देशको नागरिक हुन्छ । यो सरल भएपनि कहिलेकाही विवादस्पद हुन्छ ।
iii)    मिश्रित सिद्धान्त- आमाबाबुबाट कुनै अन्य देशको भुमिमा जन्मेको सन्तान आमाबाबु कै देशको नागरिद हुन जान्छ । यो द्वैद्य नागरिकताको समस्या उत्पन्न गर्ने सिद्धान्त हो । यो बढी विवादित छ ।
ख)   कृत्रिम नागरिकता- एक देशका व्यक्तीहरुले अर्को देशको नागरिक बन्नको लागी नियम पालना गर्नुपर्ने र राज्य सरकारले त्यस्ता व्यक्तिलाई नियम पालना गरेबापत प्रदान गरिने नागरिकता कृत्रिम नागरिकता हो ।
कृत्रिम नागरिकताका शर्तहरु निम्न छन् ।
i)                    कुनैपनि राष्‍ट्रबाट कृत्रिम नागरिकता प्राप्‍त गर्न त्यस व्यक्तिले आवश्‍यक सर्त सहित राज्यको सर्वाधिकार समक्ष प्रार्थना पत्र पठाउनुपर्छ ।
ii)                  नागरिकता प्राप्‍त गर्नका लागी सामन्यतया निर्धारित समयसम्म राज्यको सिमाभित्र बसोबास गर्नेराष्‍ट्रभक्तिको शपथ लिनुपर्नेराष्‍ट्रभाषाको ज्ञानराम्रो चालचलन, राज्यको शासन व्यवस्था एवम् सिद्धान्तमा विश्‍वासप्रार्थीले आफूमाथी आश्रित, परिवारका सदस्यको भरणपोषण गर्न सक्नेपर्याप्त साधनहरुको उल्लेख आदि जस्ता सर्तहरु पुरा गर्नुपर्ने हुन्छ । नेपालको अन्तरिम संविधानले विदेशी नागरिकले विभिन्न सर्त सहित नागरिकता प्राप्‍त गर्ने व्यवस्था छ ।
iii)                एक देशका महिलाले अर्को देशको पुरुष संग विवाह गरेमा उक्त महिला स्वत: पुरुषकै देशको नागरिक हुन जान्छे । नेपालको अन्तरिम संविधान २०६३ को भाग (२) धारा (८) उपधारा छ मा नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा प्रचलित कानून बमोजिम अङ्गीकृत नेपाली नागरिकता लिन पाउने व्यवस्था छ ।
iv)                विभिन्न राष्‍ट्र अनुसार विदेशी नागरिकले विदेशी भुमि किनी बसेमा वा सरकारी जागिर खाएमा नागरिकता प्राप्‍त गर्ने व्यवस्था छ ।
v)                  कुनै देशमा अर्को देशले आक्रमण गरी जितेमा पराजित देशका नागरिकहरु स्वत: विजयी देशका नागरिक बन्छन् ।
vi)                केही देशमा अन्तर्राष्‍ट्रिय ख्याती प्राप्‍त व्यक्तीलाई सम्मानार्थ नागरिकता प्रदान गर्ने व्यवस्था छ । जसअनुसार एडमन्ड हिलारीटोनी हेगनलाई नेपालको सम्मानार्थ नागरिकता दिइयो ।






नागरिकताको समाप्‍ती वा लोप:
१)      विदेशी पुरुषसँग विवाह गरेकी विदेशी महिलाको विवाह पश्‍चात उसको स्वदेशको नागरिकता समाप्‍त हुन्छ ।
२)      कुनै नागरिक लामो समयसम्म देशमा विना सूचना अनुपस्थित रहेमा त्यो नागरिक नागरिकताबाट बञ्चित हुन सक्छ ।
३)      कुनै नागरिकले विदेशी राज्यको नोकरी स्विकार गरेमा स्वदेशको नागरिकता समाप्त हुन्छ ।
४)      केही देशमा कुनै नागरिकले बिना कारण सेनाको नोकरी छाडी भागेमा उसको नागरिकता लोप हुन्छ । जस्तै फ्रान्स र इजरायल
५)      कुनै नागरिकले स्वेच्छाले स्वदेशको नागरिकता त्यागेमा
६)      कुनै नागरिकले विदेशी नागरिकता ग्रहण गरेमा स्वदेशको नागरिकता समाप्‍त हुन्छ ।
७)      देशद्रोह वा जधन्य अपराध गर्ने व्यक्तीको नागरिकता समाप्‍त हुने प्रचलन छ ।
नेपालको वर्तमान संविधानमा नागरिकताको प्रावधान:
नेपालको अन्तरिम संविधान २०६३ को भाग र धारा ८,,१०र ११ मा नागरिकता सम्बन्धि व्यवस्था छ ।
धारा-८ संविधान प्रारम्भ हुँदा
·         नागरिक शब्द ल्याटिन भाषाको Civics बाट आएको हो ।
·         फ्रान्स सन् १७८९ को राज्य क्रान्तीबाट नागरिकताको आधुनिक सिद्धान्त प्रतिपादन भयो ।
·         प्राचिन ग्रीसमा नगर राज्यका बासीहरुलाई नागरिक भनिन्थ्यो ।
·         मध्यकालमा जहाँ बसे पनि राजनैतिक र न्याय सम्बन्धि अधिकार प्राप्‍त व्यक्तीलाई नागरिक भनिन्थ्यो ।
·         नागरिकका सम्बन्धमा अरस्तुका केही विचारहरु
i)                    देशको प्रशासनिकन्यायिक कार्यमा भाग लिने व्यक्ती मात्र नागरिक हो ।
ii)                  नागरिक त्यस व्यक्तिलाई भनिन्छ जो नगर राज्यको कार्यकारिणी र न्यायका कार्यहरुमा भाग लिन्छन् ।
·         खराब आचरणबाट नागरिकता समाप्‍त हुन्छ – पुर्णता केम्बर
·         नागरिकता कर्तव्यहरुको उचित कर्म निर्धारण गर्नुमा निहित छ । -विलियम वड
·         नागरिक समाजका त्यसलाई सदस्य भनिन्छ जो समाजप्रति कर्तव्यनिष्‍ट र जसलाई सामाजिक जिवनको सम्पूर्ण लाभहरुको उपभोग गर्ने समान अधिकार प्राप्‍त हुन्छ ।- गेटेल
·         नागरिक त्यो व्यक्तीलाई भनिन्छ जो समाजको सदस्य मात्र हुदैन केही आदेश दिन सक्ने केही आज्ञा पालना गर्न सक्ने हुन्छ ।-लास्की
·         कुनैपनि देशको नागरिकता प्रदान गर्न सक्ने अधिकार त्यस देशको सरकारमा हुन्छ ।
·         बेलायतमा ५ वर्ष बसोबास गरेकालाईनेपालमा १५ वर्ष बसोबास गरेकालाई अङ्गीकृत नागरिकता प्राप्‍त हुन्छ ।
·         नागरिकताको प्रमाणपत्रमा आफू खुशी थपघट गरेमा वा सच्चाएमा ३ महिनासम्म कैद वा १० हजार सम्म जरिवाना र दुवै सजाय हुन सक्छ ।
·         केही देशमा साधुसन्यासी वा पागल भएमा पनि नागरिकता लोप हुने व्यवस्था छ ।
·         नेपाल नागरिकता ऐन २०६३ अनुसार १६ वर्ष उमेर नपुगेकालाई नाबालक भनिन्छ ।
·         नेपाल नागरिकता ऐन २०६३ को दफा १४ बमोजिम कुनै नेपाली नागरिकलाई नेपाली नागरिकताबाट हटाइएमा सो मिति देखि नेपालको नागरिक कायम रहने छैन ।
·         झुठा विवरण दिई कुनै विदेशीले नागरिकता प्राप्‍त गरेमा १ वर्ष देखि ५ वर्ष सम्म कैद वा ५० हजारदेखि १ लाख रुपैया सम्म जरिवाना वा दुवै सजाय हुन सक्नेछ ।
·         नेपाल नागरिकता ऐन २०६३ अनुसार कुनै व्यक्तीलाई नेपालको र विदेशी मुलुकको नागरिकता प्राप्‍त हुने अवस्था भएमा त्यस्तो व्यक्तीले १६ वर्ष उमेर पुगेको २ वर्ष भित्र कुनै १ देशको नागरिकता रोज्नु पर्दछ ।
·         नेपाल नागरिकता ऐन २०६३ को दफा ६ मा सम्मानार्थ नागरिकता प्रदान गर्न सकिने व्यवस्था छ ।
·         फ्रान्स र जर्मनीमा १० वर्ष सम्म लगातार देशमा नबसेका नागरिकको नागरिकता समाप्‍त हुने व्यवस्था छ ।
·         एकपटक नागरिकता छाडी विदेशी नागरिकता प्राप्‍त गरेको व्यक्तीले पुन: विदेशको नागरिकता छाडी निवेदन दिएमा नेपालको नागरिकता प्राप्‍त गर्छन ।
·         नेपाली नागरिकताबाट हटाउनको लागी दिएको आदेश उपर ३५ दिनभित्र पुनारावेदन लाग्दछ।
·         झुठा विवरणका आधारमा नागरिकता दिलाउने सनाखत वा सिफारिस गर्नेलाई ६ महिनादेखि ३ वर्ष सम्म कैद वा २५ हजार देखि ५० हजारसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
अधिकारअवधारणा र प्रकारहरु:
अधिकार:
·         मानव समाजमा सम्मानपूर्वक जीवनयापन गर्ने मागहरु अधिकार हुन् ।
·         अधिकार समाजबाट सामाजिक हितको भावनाले स्विकृत गरिन्छ ।
·         अधिकार गतिशिल हुन्छ ।
·         हल्यान्ड-"अधिकार एउटा व्यक्तिले समाजको जनमत र शक्तिका आधारमा अर्को व्यक्तिको कर्तव्यलाई प्रभावित पार्न सक्ने क्षमता हो"
·         आस्टिन-"अधिकार मानिस वा मानिसहरुबाट बल पुर्वक विशेष प्रकारको काम गराउन सक्छ"।
·         बिले- "विशेष कार्य गर्ने स्वतन्त्रताको उचित माग गर्नु अधिकार हो" ।
·         बोसाँके-" अधिकार ति माग हुन् जसलाई समाजले स्विकार गर्दछ र राज्यद्वारा लागू हुन्छन्"।
·         लास्की –"अधिकार मानव जीवनका ती शर्तहरु हुन जसको अभावमा कुनैपनि मानिसले आफ्नो सर्वाङ्गीण विकास गर्न सक्दैनौ ।
अधिकारका विशेषताहरु:
१)      मानिसको व्यक्तीत्व विकासका लागि अधिकार आवश्‍यक छ ।
२)      यो व्यक्ति वा व्यक्तीहरुको माग हो ।
३)      अधिकार समाजद्वारा मान्यताप्राप्‍त हुन्छ ।
४)      अधिकारको प्रयोग क्षेत्र समाज हो ।
अधिकारका लागी आवश्‍यक तत्वहरु:
१)      अधिकार र कर्तव्य पुरक हुन् –एक व्यक्तीलाई प्राप्‍त भएको अधिकार अर्को व्यक्तीको कर्तव्य हुन जान्छ ।
२)      अधिकार सिमित हुन्छ ।
३)      अधिकार समाजद्वारा स्विकृत हुन्छन् ।
४)      अधिकार सामाजिक हुन्छ ।
अधिकारका प्रकारहरु:
अधिकारलाई सामाजिक र राजनितिक २ प्रकारमा हुन्छन् ।
क)   सामाजिक अधिकार- राज्यका नागरिकले यो अधिकार प्राप्‍त गर्न कुनै सर्त पुरा गर्नु पर्दैन ।
i)                    जीवन रक्षाको अधिकार
ii)                  धार्मिक अधिकार
iii)                साँस्कृतिक अधिकार
iv)                सम्पति अधिकार
v)                  विचार/अभिव्यक्ती अधिकार
vi)                संगठन निर्माण गर्ने अधिकार
vii)              नाम सम्बन्धी अधिकार
viii)            घुमफिर वा आवतजावत गर्ने अधिकार
ix)                मनोरञ्जन गर्ने अधिकार
x)                  पारिवारिक जिवनको अधिकार
xi)                व्यक्तीको सम्मान रक्षाको अधिकार
ख)   राजनैतिक अधिकार- राजनितिक अधिकार प्राप्‍त नगरेको व्यक्ती अनागरिक हुन्छ ।
i)                    मतदान गर्ने अधिकार
ii)                  निर्वाचित हुने अधिकार
iii)                सरकारी नोकरी प्राप्‍त गर्ने अधिकार
राज्यको सर्वोच्च कानूनको रुपमा संविधानमा उल्लेख गरेर आफ्ना कानूनको रुपमा संविधानमा उल्लेखित नागरिकलाई प्रदान गरिने अधिकारलाई मौलिक अधिकार भनिन्छ । जुन ५ प्रकारका हुन्छन् ।
क)   प्राकृतिक अधिकार
ख)   नैतिक अधिकार
ग)    कानूनी अधिकार
घ)    नागरिक अधिकार
ङ)     राजनैतिक अधिकार
नेपालको अन्तरिम संविधान २०६३ को भाग ३ धारा १२ देखि ३२ सम्म उल्लेख गरिएको मौलिक हकहरु:
धारा-१२ स्वतन्त्रताको हक:
१)      प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ र मृत्युदण्डको सजाय हुने गरी कुनै कानून बनाईने छैन ।
२)      कानून बमोजिम बाहेक कुनैपनि व्यक्तिको वैयक्तिक स्वतन्त्रता अपहरण हुने छैन ।
३)      प्रत्येक नागरिकलाई देहायको स्वतन्त्रता हुनेछ:
क)   विचार र अभिव्यक्तिको स्वतन्त्रता
ख)   बिना हातहतियार शान्तिपुर्वक भेला हुने स्वतन्त्रता
ग)    राजनैतिक दल खोल्ने स्वतन्त्रता
घ)    संघ र संस्था खोल्ने स्वतन्त्रता
ङ)     नेपालको कुनैपनि भागमा आवतजावत र बसोबास गर्ने स्वतन्त्रता
च)    कुनै पेशारोजगारउद्योग र व्यापार गर्ने स्वतन्त्रता
धारा-१३ समानताको हक
१)      सबै नागरिक कानूनको दृष्‍टिमा समान हुनेछन् कसैलाई पनि कानूनको समान संरक्षणबाट बञ्चित गरिने छैन ।
२)      सामान्य कानूनको प्रयोगमा कुनैपनि नागरिक माथी धर्मवर्णलिङ्गजातजाति,उत्पत्ति, भाषा वा वैचारिक आस्था वा ती मध्ये कुनै कुराको आधारमा भेदभाव गरिने छैन् ।
३)      राज्यले नागरिकहरुका बिच धर्मवर्णजातजातिलिङ्गउत्पति भाषा वा वैचारिक आस्था वा तीमध्ये कुनै कुराको आधारमा भेदभाव गर्ने छैन । तर महिलादलित,आदिवासीजनजाति, मधेशी वा किसानमजदुर वा आर्थिकसामाजिक वा साँस्कृतिक दृष्‍टिले पिछडिएको वर्ग वा बालकवृद्ध तथा अपाङ्ग वा शारीरिक वा मानसिक रुपले अशक्त व्यक्तिको संरक्षण सशक्तिकरण वा विकासको लागि कानूनद्वारा विशेष व्यवस्था गर्न कुनै रोक लगाएको मानिने छैन् ।
४)      समान कामका लागि महिला र पुरुषका बिच पारिश्रमिक तथा सामाजिक सुरक्षामा भेदभाव गरिने छैन् ।
धारा १४ छुवाछुत तथा जातीय भेदभाव विरुद्धको हक:
१)      कुनैपनि व्यक्तिलाई जातवंशसमुदाय वा पेशाका आधारमा कुनै किसिमको छुवाछुत तथ जातीय भेदभाव गरिने छैन । यस्तो भेदभावपुर्ण व्यवहार दण्डनीय हुनेछ र पिडित व्यक्तिले कानूनद्वारा निर्धारण भएबमोजिमको क्षतिपुर्ति पाउनेछ ।
२)      कुनैपनि व्यक्तीलाई जातजातीको आधारमा सार्वजनिक प्रयोगमा रहेका सेवासुविधा वा उपयोगका कुराहरु प्रयोग गर्नबाट वा सार्वजनिक स्थल वा सार्वजनिक धार्मिकस्थलमा प्रवेश गर्न वा धार्मिक कार्य गर्नबाट बञ्चित गरिने छैन् ।
३)      कुनै वस्तुसेवा वा सुविधा उत्पादन वा वितरण गर्दा त्यस्तो सेवासुविधा वा वस्तु कुनै खास जातजातिको व्यक्तीलाई खरिद वा प्राप्‍त गर्नबाट रोक लगाउन वा त्यस्तो वस्तु,सेवा वा सुविधा कुनै खास जातजातिको व्यक्तीलाई मात्र विक्री वितरण गरिने छैन ।
४)      कुनै जातजाजाति वा उत्पतिका व्यक्ति वा व्यक्तिहरुको समुहको उच-निच दर्शाउने,जातजातिको आधारमा समाजिक विभेदलाई न्यायोचित ठहर्‍याउने वा जातीय सर्वोच्चता वा घृणामा आधारित विचारको प्रचार-प्रसार गर्ने वा जातीय विभेदलाई कुनै पनि किसिमले प्रोत्साहन गर्न पाइने छैन ।
५)      उपधारा (२),(३) र (४) विपरितको कार्य कानून बमोजिम दण्डनिय हुनेछ ।
धारा-१५ प्रकाशन, प्रसारण तथा छापाखाना सम्बन्धि हक:
१)      विधुतिय प्रकाशनप्रसारण तथा छापा लगायतका अन्य जुनसुकै माध्यमबाट कुनै समाचार, सम्पादकीयलेखरचना वा अन्य कुनै पाठ्यश्रव्य दृष्‍य सामाग्रीको प्रकाशन तथा प्रसारण गर्न वा छाप्‍न पूर्व प्रतिबन्ध लगाईने छैन । तरनेपालको सार्वभौमसक्ता वा अखण्डता वा विभिन्न जातजाति वा सम्प्रदाय बिचको सु-सम्बन्धमा खलल पर्ने,राजद्रोहगाली बेइज्जती वा अदालतको अवहेलना हुने वा अपराध गर्न दुरुत्साहन गर्ने वा सार्वजनिक शिष्‍टाचार वा नैतिकता प्रतिकुल हुने कार्यमा मनासिव प्रतिबन्ध लगाउने गरी कानून बनाउन रोक लगाएको मानीने छैन ।
२)      कुनै श्रव्यदृश्‍य वा विधुतिय उपकरणको माध्यमबाट कुनै सामग्रीको प्रकाशन तथा प्रसारण गर्ने वा छाप्नेरेडियोटेलिभिजनअनलाईन वा अन्य कुनै किसिमको डिजिटल वा विधुतिय छापा वा अन्य सञ्चार माध्यमलाई बन्दजफत वा दर्ता खारेज गरिने छैन् ।
३)      कुनै समाचारलेखसम्पादकीयरचना वा अन्य कुनै पाठ्यसामग्री मुद्रण वा प्रकाशन गरेबापत कुनै समाचारपत्रपत्रिका वा छापाखाना बन्दजफत वा दर्ता खारेज गरिने छैन ।
४)      कानून बमोजिम बाहेक कुनै छापाविधुतिय प्रसारण तथा टेलिफोन लगायतका सञ्चार साधनलाई अवरुद्ध गर्न सकिने छैन ।
धारा-१६ वातावरण तथा स्वास्थ्य सम्बन्धी हक:
१)      प्रत्येक व्यक्तीलाई स्वच्छ वातावरणमा बाँच्ने हक हुनेछ ।
२)      प्रत्येक नागरिकलाई राज्यबाट कानूनमा व्यवस्था भएबमोजिम आधारभूत स्वास्थ्य सेवा नि:शुल्क रुपमा पाउने हक हुनेछ ।
धारा-१७ शिक्षा तथा संस्कृति सम्बन्धी हक:
१)      प्रत्येक समुदायलाई कानूनमा व्यवस्था भएबमोजिम आफ्नो मातृभाषामा आधारभुत शिक्षा पाउने हक हुनेछ ।
२)      प्रत्येक नागरिकलाई राज्यबाट कानूनमा व्यवस्था भएबमोजिम माध्यमिक तहसम्म नि:शुल्क शिक्षा पाउने हक हुनेछ ।
३)      नेपालमा बसोबास गर्ने प्रत्येक समुदायलाई आफ्नो भाषालिपीसंस्कृतिसांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण र सम्बर्द्धन गर्ने हक हुनेछ ।
धारा-१८ रोजगारी तथा सामाजिक सुरक्षा सम्बन्धी हक:
१)      प्रत्येक नागरिकलाई कानूनमा व्यवस्था भएबमोजिम रोजगारीको हक हुनेछ ।
२)      महिला, श्रमिकबृद्धअपाङ्ग तथा असक्त र असहाय नागरिकलाई कानूनमा व्यवस्था भएबमोजिम सामाजिक सुरक्षाको हक हुनेछ ।
३)      प्रत्येक नागरिकलाई कानूनमा व्यवस्था भएबमोजिम खाद्य सम्प्रभुताको हक हुनेछ ।
धारा-१९ सम्पतिको हक:
१)      प्रत्येक नागरिकलाई प्रचलित कानूनको अधिनमा रहि सम्पत्ति आर्जन गर्नेभोग गर्ने,बेचबिखन गर्ने र सम्पत्तीको अन्य कारोबार गर्ने हक हुनेछ ।
२)      सार्वजनिक हितको लागि बाहेक राज्यले कुनै व्यक्तीको सम्पत्ति अधिग्रहण वा प्राप्‍त गर्ने वा त्यस्तो सम्पत्ति उपर अरु कुनै प्रकारले कुनै अधिकारको सिर्जना गर्ने छैन् र
३)      वैज्ञानिक भुमिसुधार कार्यक्रम लागू गर्दा वा सार्वजनिक हितको लागि राज्यले कुनै व्यक्तीको सम्पत्ति अधिग्रहण वा प्राप्‍त गर्दा वा त्यस्तो सम्पत्ति उपर कुनै अधिकारको सिर्जना गर्दा कानून बमोजिम क्षतिपूर्ति र सोको आधार र कार्य प्रणाली कानूनद्वारा निर्धारण गरिएबमोजिम हुनेछ ।
धारा-२० महिलाको हक:
१)      महिला भएकै कारणबाट कुनैपनि किसिमको भेदभाव गरिने छैन ।
२)      प्रत्येक महिलालाई प्रजनन स्वास्थ्य तथा प्रजनन सम्बन्धी हक हुनेछ ।
३)      कुनैपनि महिला विरुद्ध शारिरीकमानसिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य गरिने छैन र त्यस्तो कार्य कानूनद्वारा द्वण्डनिय हुनेछ ।
४)      पैतृक सम्पत्तिमा छोरा र छोरीलाई समान हक हुनेछ ।
धारा-२१ समाजिक न्यायको हक:
·         कर्तव्य अवधारणा र प्रकार
·         समाजबाट नागरिकहरुले जुन अधिकार प्राप्‍त गर्दछन् नागरिकहरुसँग समाजले तिनै कर्तव्यहरुको आशा राखेको हुन्छ । अर्थात एक व्यक्तीको अधिकार अर्को व्यक्तीको कर्तव्य सिर्जना हुन जान्छ ।
·         श्रीनिवास शास्त्री-"अधिकार र कर्तव्य दुई दृष्‍ट्रिकोणबाट हेरिएका एकै कुरा हुन"
·         लास्की-"राज्यप्रति मेरो कर्तव्यपालनामा नै मेरो अधिकार निहित छ" ।
·         वर्तमान संविधानको धारा १ मा संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुनेछ भन्ने उल्लेख छ ।
·         नेपाल अधिराज्यको संविधानको २०४७ मा विश्‍वमै पहिलोपटक निवारक नजरबन्द विरुद्धको मौलिकहकको व्यवस्था गरियो ।
·         नेपाल अधिराज्यको संविधान २०४७ मा १३ वटा मौलिकहकका व्यवस्था थिए ।
कर्तव्यका प्रकारहरु:
यो २ प्रकारको हुन्छ । नैतिक र कानूनी
क)   नैतिक कर्तव्य- यो ३ प्रकारको हुन्छ ।
i)                    आफुप्रतिको कर्तव्य- चरित्रवानयोग्य तथा सभ्य व्यक्तिबाट त्यही अनुकुलको राष्‍ट्र बन्ने भएकोले व्यक्तीले आफूलाई शिक्षित सदाचारीसंयमी तथा स्वावलम्बी बनाउनुपर्छ ।
ii)                  परिवार प्रतिको कर्तव्य- परिवारका हरेक सदस्यले परिवारलाई सुखी बनाउन आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ ।
iii)                समाजप्रतिको कर्तव्य- प्रत्येक व्यक्ती समाजको सदस्य भएकोले भएकोले समाजप्रति समर्पित भई कार्य गर्नुपर्दछ ।
ख)   कानूनी कर्तव्य- कानूनी कर्तव्यलाई मुख्यतया ७(सात) प्रकारमा विभाजन गर्न सकिन्छ ।
i)                    राज्यको कानून पालना गर्नु
ii)                  राष्‍ट्र प्रेम
iii)                कर तिर्नु
iv)                सैनिक सेवा पुर्‍याउनु
v)                  श्रम दान
vi)                मतदान
vii)              एक अर्कामा सहिष्णुताको भावना

Post a Comment

0 Comments