डाक्टर सन्दुक रुइत (थप परिचय आवश्यक छैन)
आपनै हातले एक लाखभन्दा बढीको मोतियाबिन्दु शल्यक्रिया गरेका रुइतलाई‘दृश्यका देवता’ (गड अफ साइट) भनेर चिनिन्छ ।
व्यक्तिगत र पारवारिक विवरणः
जन्मः ताप्लेजुङको ओलाङचुगोलामा सन् १९५४ सेप्टेम्बर ४ तारिखमा
तमोर नदीको सिरानमा मुस्किलपूर्ण जीवन ।
सन्दुकका बुवा सोनाम रुइत र आमा केसाङ रुइत हुन् । श्रीमती नन्दा रुइत । दुई छोरीका पिता पिता सोनाम वाङग्यालले पुर्ख्यौली तिब्बती गाउँ रुथोकको सम्झनामा रुइत थर थपेका ।
तिब्बती भाषामा सन्दुकको अर्थ आकाशको ड्र्यागन भन्ने हुन्छ ।
झाडापखालाले दाजु र ज्वरोले बहिनीको मृत्यु, काठमाडौंमै सन्दुकसँगै बसेर पढिरहेकी बहिनी याङ्लाको क्षयरोग बल्झेर निधन/ बहिनी याङ्लाबाटै डाक्टर बन्ने प्रेरणा
प्राज्ञिक पृष्ठभूमि
सातवर्षको उमेरमा सेन्ट रोबर्टस् स्कुल दार्जिलिङमा भर्ना
भारत र चीनबीच युद्ध भएकाले स्कुल बन्द, त्यसपछि काठमाडौंको सिद्धार्थ वनस्थली स्कुल भर्ना (कक्षा ७ बाट सिधै ९ कक्षामा फड्को)
सन् १९७० मा प्रथम श्रेणीमा एसएलसी/ त्रीचन्द्रमा आइएस्सी सुरुवात
भारतको लखनउस्थित किङ जर्ज्स मेडिकल युनिभर्सिटीबाट एमबीबीएस
अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)बाट एमडी
कार्यानुभव र आवद्धता
वीर अस्पतालमा 'जनरल फिजिसियन'का रूपमा तीन वर्ष
त्रिपुरेश्वर आँखा अस्पतालमा आठ वर्ष जागीरे
१९८७ मा अध्ययनका लागि अस्ट्रेलिया
आँखा अस्पतालको सपनाः १९९४ जुनमा तिलगंगा आँखा केन्द्र अस्पतालको स्थापना अस्पताल निर्माणमा अस्ट्रेलियाका डा.हलोजले साथ, अस्ट्रेलियास्थित फ्रेड हलोज फाउन्डेसन, नेपालका समाजसेवी तथा साहित्यकार जगदीश घिमिरे, कलाकार मदनकृष्ण-हरिवंश, उद्यमी रवीन्द्र श्रेष्ठ, सुहृत घिमिरे, उद्योगपति दिवाकर गोल्छा, सगरमाथा आरोही शम्भु तामाङ र डा.रीता गुरुङलगायतले साथ दिएपछि अस्पताल खोल्ने सपना पूरा । अहिले तिलगंगा अस्पताल मानव संसाधन तालिम केन्द्रको रुपमा स्थापित ।
उपाधि र पुरस्कार
भारतको लखनउस्थित किङ जर्ज्स मेडिकल युनिभर्सिटीमा एमबीबीएस पढ्दा शल्यक्रियामा गोल्ड मेडल
रमन म्याग्सेसे पुरस्कार - सन् २००६
भारत सरकारद्वारा पद्मश्री पुरस्कार - सन् २०१८
भुटानमा अन्धोपन निवारणसँगै सयौ व्यक्तिको दृष्टि फर्काउन विशेष योगदान पुर्याएबापत २०७२ सालमा भुटानको उच्च सम्मान ‘नेसनल अर्डर अफ मेरिट गोल्ड’ बाट सम्मानित
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार - नेपाल सरकार २०७५
सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) मानपदवी २०७६
उपलब्धि
विश्वमा अधिकाँश विकासोन्मुख देशहरूमा गएर सेवा
बिश्वविख्यात सरल र कम लागतको मोतिबिन्दुको चिकित्सा पद्धति 'रुईतेक्टोमी'का प्रवर्त्तक
उत्तर कोरियामा गरेको कामलाई लिएर नेशनल जियोग्राफिकमा वृत्तचित्र प्रशारित ।
नेपालका गाउँ गाउँमा मोतियाविन्दुको उपचारमा गरेका कामलाई लिएर अलजजिरा, सिएनन लगायतमा वृत्त चित्र र फिचर प्रशारित ।
सन्दुकले बदलेको मानसिकता
दाताहरूको मुख ताक्नुभन्दा सस्तो मूल्यमा आफैं लेन्स बनाउने हाइटेक कारखाना
ससाना जादुमय टुक्रा लेन्स नेपालमा प्रतिवर्ष पाँच लाख बन्छन् र विश्वका ७० देशमा बिक्री हुन्छन् ।
तिलगंगाले बनाएको आँखाको कुनामा हालिने पातलो लेन्सको मूल्य जम्मा चार डलर छ ।
यस्को उत्पादन तीन गुना बढाउने सन्दुकको योजना छ ।
प्रोफेसर एलेन रोबिन यथास्थितिलाई सकार्न इन्कार गर्ने अर्का स्टिभ जब्सको जस्तै मान्छन् डा. रुइतलाई ।
मोतियाबिन्दुको शल्यक्रिया गरी आँखाभित्रै लेन्स प्रत्यारोपण गरेर नेत्रज्योति फर्काउने सरल चिकित्सा विधि हेनरी फोर्डले अमेरिकामा मोटरगाडी बनाएजस्तै मान्छन् अस्ट्रेलियाली नेत्र विशेषज्ञ ग्यारी ब्रायन ।
२० वर्षे डेराबासपछि सन् २००९ मा स्वयम्भूको आसपास दुईतले घर किने डा. रुइतले । प्राइभेट प्राक्टिसभन्दा निःशुल्क आँखा शिविर चलाउन गाउँबस्ती धाउने यी चिकित्सकले घर किन्न पनि थाप्लोमा ऋणको भारी बोक्नुपर्यो ।
रुइतले रोक्दा रोक्दै पनि दुई छोराछोरी सागर र सटेन्लाले पिताकै पदचाप पछ्याएका छन् । अर्की छोरी सेरब्लाले व्यवसायमा हात हालेकी छन् । संगीत र किताबका सोखिन डा. रुइत आफ्नो प्रमुख शक्ति नै परिवारलाई मान्छन् ।
टिकाराम यात्रीको शब्दमा
0 Comments
Any questions or comments? Drop below. Please keep in mind that it must be a meaningful conversation relevant to the topic.