खप्तड बाबा (वि.सं. १९३७-२०५३) ख्यातिप्राप्त आध्यात्मिक गुरु तथा विचारक हुन् । सन्न्यास लिनुअघि सामाजिक जीवनमा सक्रिय रहेका उनी चिकित्सक थिए । भारत कश्
खप्तड बाबा (वि.सं. १९३७-२०५३) ख्यातिप्राप्त आध्यात्मिक
गुरु तथा विचारक हुन् । सन्न्यास लिनुअघि सामाजिक जीवनमा सक्रिय रहेका उनी
चिकित्सक थिए । भारत कश्मीरको नेहरू परिवारमा जन्मिएका उनले कोलकाताबाट एमबिबिएस र
बेलायतबाट सर्जनको अध्ययन गरेका थिए । पछि भने उनको झुकाव अध्यात्मतिर भयो ।
उनले काशी (बनारस) को दक्षिणामूर्ति मठमा रहेर पूर्वीय
दर्शनको अध्ययन र अध्यापन गरे । त्यसपछि साधनाका लागि १९८६ सालमा नेपाल आए । त्यस
क्रममा डोटीको खप्तड लेकमा ५० वर्ष बसे ।
उनले मानव जीवनलाई शान्त, सुखी पार्न
विचारको नियन्त्रणमा जोड दिए । विचार नै खुसी र दुःखको स्रोत भएको भन्दै उनले
यसभित्रको रुप, रङ र प्रभावलाई 'विचार विज्ञान' भनेर
नामकरण गरेका छन् ।
आत्मिक शक्तिलाई आफ्नो वशमा राख्न सुझाउने खप्तड बाबाले
मान्छेले जस्तो सोचविचार गर्छ, ऊ त्यस्तै हुने भएकाले विचारको
शुद्धतामा जोड दिएका छन् ।
आरोग्य रहने सरल साधन भन्दै उनले यी ५ उपाय सुझाएका छन्:
१. सदा प्रसन्न रहने गर । आफ्नो हृदयमा आनन्दलाई चारैतिर
फैलिन देऊ, जसबाट तिम्रा साथ रहनेहरु पनि आनन्दमा रङ्गिऊन् ।
चिड्चिडेपना र उदासीपनबाट मुखको आकृति बिग्रन्छ, पाचनशक्ति पनि
बिग्रन्छ, स्वास्थ्य र सौन्दर्यको नाश हुन जान्छ । त्यसैले हाँस्ने
प्रयास गर । हास्यबाट आयुको वृद्धि हुन्छ, यसैले सदा
आनन्दमा निमग्न रहने गर ।
२. दोष, दृष्टि तथा अहंकारको त्याग गर ।
गुणदर्शी बन र प्रत्येक शुभ वस्तुमा शुभ हेर्न सिक ।
३. सब प्रकारको सफलता आत्मविश्वासमा निर्भर छ । सदा आफ्नो
मनलाई पवित्र र उत्तम लक्षणवान् बनाऊ । अरुका नराम्रा विचारहरुलाई कहिल्यै ग्रहण
नगर । सत्यता, दृढता, पवित्रता र प्रसन्नताका
विचारहरुबाट शरीर र मनोबल बढ्दछ ।
४. मौन धारण गर । व्यर्थ बकवास नगर । आत्म प्रशंसाको त्याग
गर । शान्ति नै महान् पुरुषहरुको उत्तम लक्षण हो । प्रत्येक कार्य शान्तिपूर्वक गर
। आफ्ना इच्छाहरुलाई आफ्नो अधीन गर । कहिल्यै उत्तेजित नहोऊ, यसबाट
विचार शक्ति निर्बल र मन्द हुन जान्छ । जो शान्त, एकाग्र चित्तले
प्रतिदिनका कार्यहरुलाई गर्दछ, त्यसलाई अल्पकालमा र अल्प
परिश्रमबाट गर्न सकिन्छ र उसको सारा दिन आनन्दमा व्यतीत हुन्छ । स-साना कुरामा
उत्तेजित हुनाले मनको शान्ति भंग भएर शरीरलाई बडो हानि पुग्छ र अल्प आयुमा मृत्यु
हुन जान्छ ।
५. सबैसँग प्रेमपूर्वक व्यवहार गर । 'ईश्वर सब
प्राणीहरुमा समभावले स्थित छ ।' यस कुरामा श्रद्धा राख । 'म जे पनि
गर्न सक्छु ।' यो विश्वास राख । यस्ता विचारहरुले तिम्रो शरीरमा बल तथा
पुष्टिको वृद्धि बनिरहला, किनभने तिमी जस्तो भावना गर्नेछौ, उस्तै नै
बन्नेछौ । मानस-शास्त्रको नियम छ- जो कुरो बारम्बार मनमा उत्पन्न हुन्छ, त्यो
विश्वासको रुपमा बदलिन्छ । आफ्नो तथा शरीरको विषयमा जस्तो विश्वास छ, उस्तै नै
लक्षण प्रकट हुन लाग्दछन् । 'यादृशी भावना यस्य सिद्धिर्भवति
तादृशी ।' सत्यता नै प्रसन्नताको जननी हो । सत्यदेखि कहिल्यै भय
हुँदैन।
ॐ
(खप्तड बाबाको कृति 'विचार विज्ञान' बाट
साभार) —मणि काश्यप
COMMENTS