१. ३३ औँ संस्करणको पेरिस ओलम्पिक २०२४ मा पहिलो हुन सफल राष्ट्र कुन हो ?
अमेरिका
– प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय क्रमशः अमेरिका (४० स्वर्ण, ४४ रजत र ४२ कास्य), चीन (४० स्वर्ण, २७ रजत र २४ कास्य) र जापान (२० स्वर्ण, १२ रजत र १३ कास्य) भएका । त्यस्तै चौथोदेखि १० औँ स्थानसम्म रहन सफल राष्टहरू क्रमशः अस्ट्रेलिया, फ्रान्स, नेदरल्यान्डस्, बेलायत, दक्षिण कोरिया, इटाली र जर्मनी हुन् ।
– नेपाललगायत ११४ राष्ट्र पदकविहीन बन्न पुगे । नेपालको प्रदर्शन यसपालि पनि सहभागितामा नै सीमित रह्यो ।
– पेरिस ओलम्पिकमा नेपालबाट ७ खेलाडी– एलेक्जेन्डर शाह (पौडी), स्यान्टु श्रेष्ठ (टेबलटेनिस), सुस्मिता नेपाल (सुटिङ), डुबाना लामा (पौडी), प्रिन्स दाहाल (व्याडमिन्टन), मनिता श्रेष्ठ प्रधान (जुडो) र सन्तोषी श्रेष्ठ (दौड) को सहभागिता रहेको थियो ।
– ३४ औँ संस्करणको ग्रिष्मकालीन ओलम्पिक सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने भएको छ ।
२. बङ्गलादेशमा अन्तरिम सरकार प्रमुखका रूपमा को चयन भएका छन् ?
मोहम्मद युनुस (नोबेल शान्ति पुरस्कार विजेता)
– सन् २०२४ अगस्ट ८ मा उनी अन्तरिम सरकार प्रमुखका रूपमा चयन भएका हुन् । युनुसले सोही दिन राष्ट्रपति मोहम्मद शाहवुद्दिनबाट नयाँ सरकार प्रमुखका रूपमा शपथ लिएका छन् ।
– आरक्षणको विरोधमा सुरु भएको आन्दोलन बङ्गलादेशी सरकारको दमनकारी शासनविरुद्ध मोडिएर प्रधानमन्त्री शेख हसिना राजीनामा दिई देश छाड्न बाध्य भएपछि नयाँ सरकारको चयन भएको हो ।
– हसिनालाई हटाउन प्रमुख भूमिका खेलेको विद्यार्थी आन्दोलनका नेतृत्वकर्ता विद्यार्थी नेताहरूको प्रस्तावमा युनुसलाई अन्तरिम सरकारको नेतृत्व प्रदान गरिएको हो । नयाँ सरकारको नेतृत्व लिनकै लागि युरोपमा निर्वासित जीवन बिताउँदै आएका युनुस अगस्ट ८ का दिन स्वदेश फर्किएका थिए । युनुसलाई हसिनाको सरकारले १०० भन्दा बढी आपराधिक मुद्दाको आरोप लगाएपछि उनी फ्रान्सको राजधानी पेरिसमा निर्वासनमा बस्दै आएका थिए ।
३. सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिगको उपाधि कसले जित्यो ?
भारत (उपविजेता : नेपाल), सन् २०२४ अगस्ट
४. ब्राजिलमा ६१ जनाको ज्यान जाने गरी विमान दुर्घटना कहिले भयो ?
सन् २०२४ अगस्ट ९
– ब्राजिलको साओ पाउलो राज्यमा विमान दुर्घटना हुँदा ५७ जना यात्रु र चालक दलका ४ सदस्यसहित ६१ जनाको निधन भएको छ ।
५. प्रहरी सङ्ग्रहालयको निर्माण कहाँ गरिने भएको छ ?
वसन्तपुर, काठमाडौँ
– वसन्तपुरको हनुमानढोकास्थित तत्कालीन जिल्ला प्रहरी परिसर काठमाडौँको भवन भत्काएर उक्त स्थानमा प्रहरी म्युजियम बनाइने भएको छ ।
६. साहित्यिक पत्रकार सङ्घले २०८१ को व्यथित काव्य सम्मान कसलाई प्रदान ग¥यो ?
कवि मणि लोहनी
– सङ्घले २०३० सालमा व्यथित काव्य पुरस्कार स्थापना गरेको हो ।
– व्यथित काव्य डायस्पोरा सम्मान सुरेन उप्रेतीलाई प्रदान गरियो ।
७. एसियाली फुटबल महासङ्घद्वारा दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न कहिले अनुमति प्रदान गरियो ?
विसं २०८१ साउन २४ (सन् २०२४ अगस्ट ८)
– एएफसीले केही समयदेखि दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय स्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य भनेको थियो ।
८. लगातार पाँच ओलम्पिकसम्म गोल्ड मेडल जितेर कीर्तिमान कायम गर्ने खेलाडी को हुन् ?
मिजान लोपेज (क्युबा)
– क्युबाका लोपेजले पेरिस ओलम्पिक्स अन्तर्गत कुस्तीको १३० केजी तौल समूहको फाइनलमा चिलीका रेस्लर यास्मिन अकोस्टालाई हराएर दुर्लभ कीर्तिमान कायम गरेका हुन् । यसअघि उनले सन् २००८, २०१२, २०१६ र २०२० मा गोल्ड मेडल जितेका थिए ।
९. उत्तर अमेरिकी मुलुक मेक्सिकोमा पहिलो पटक महिला राष्ट्रपति बन्न सफल राजनीतिकर्मी को हुन् ?
क्लोडिया सेन्बाउम (सन् २०२४ जुन)
– मेक्सिको सिटीकी ६१ वर्षीय पूर्वमेयर सेन्बाउमले ६० प्रतिशत मत प्राप्त गरिन् भने निकटतम प्रतिद्वन्द्वी सोचिट्ल ग्यालभेजले ३० प्रतिशत मत ल्याइन् ।
१०. ‘दादानी प्रथा’ कस–कसको बिचमा प्रचलित व्यापारिक प्रथा हो ?
अलैँची उत्पादक किसान र खरिद गर्ने व्यापारीबिच
११. सवारीसाधनको धुवाँको मात्रा नाप्ने एकाइ एचएसयु को पुरा रूप के हो ?
हाट्र्रिज स्मोक युनिट
१२. नेपालको सबैभन्दा पुरानो अस्पतालका रूपमा चिनिने वीर अस्पतालको स्थापना कहिले भएको हो ?
विसं १९४६ साउन १२
१३. अन्तरिक्षमा सबैभन्दा बढी समय बिताई कीर्तिमान कायम गर्ने अन्तरिक्ष यात्री को हुन् ?
ओलेग कोनोने
– रुसी अन्तरिक्ष एजेन्सी रस्कोमसले कोनोने अन्तरिक्षमा एक हजार दिन बिताउने पहिलो व्यक्ति भएको घोषणा गरेको छ ।
– ५९ वर्षीय कोनोनेले आफ्नो पाँचौँ अन्तरिक्ष यात्रामा हजार दिनको कोसेढुङ्गा पार गरेका हुन् ।
– कोनोनेले यसअघि सबैभन्दा लामो समयसम्म अन्तरिक्षमा बिताउने रुसकै अर्को अन्तरिक्ष यात्री गेनाडी पेडाल्काको कीर्तिमान भङ्ग गरेका हुन् । पेडाल्काले अन्तरिक्षमा ८७८ दिन बिताएका थिए ।
– आगामी सेप्टेम्बर २३ मा कोनोने पृथ्वीमा फर्कने कार्यक्रम छ । योसँगै कोनोनेले अन्तरिक्षमा कुल एक हजार ११० दिन बिताउने छन् ।
१४. चितवन जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको जिल्ला घोषणा कहिले गरियो ?
विसं २०८१ साउन ३२
१५. हिमाली जिल्ला सोलुखुम्बुको थामेमा ठुलो क्षति हुने गरी कहिले बाढी आयो ?
विसं २०८१ साउन ३२
– बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे गाउँका दर्जनौँ घर एवं होटल, विद्यालय बगायो ।
– बाढीको वितण्डापछि थामे गाउँ बगरमा परिणत भयो ।
– हिमताल विष्फोटनका कारण सो बाढी आएको जनाइएको छ ।
१६. गाईखुरे झरना कुन जिल्लामा पर्छ ?
लमजुङ
१७. थाइल्यान्डको संवैधानिक अदालतले पदीय मर्यादामा आँच आउने कार्य गरेको भन्दै प्रधानमन्त्री श्रेथा थामिसिनालाई पदमुक्त गर्ने आदेश कहिले दिएको हो ?
सन् २०२४ अगस्ट १४
– फौजदारी अभियोग लागेका व्यक्तिलाई मन्त्री नियुक्त गर्ने निर्णयबाट अगस्ट १४ मा भएको अदालतको फैसलापछि प्रधानमन्त्री श्रेथा पदमा रहन नसक्ने भएका हुन् ।
– यही अदालतले राज्यको प्रमुख प्रतिपक्षी दल मुभ फरवार्ड पार्टीलाई विघटन गरी पार्टीका पूर्वनेता लिम्जारोएनरातलाई एक दशकका लागि राजनीतिमा प्रतिबन्ध लगाएको एक सातापछि यो मुद्दाबारे फैसला आएको हो ।
१८. पेरिस ओलम्पिक २०२४ मा फुटबलको स्वर्णपदक जित्न सफल राष्ट्र कुन हो ?
स्पेन
– स्पेनले घरेलु टिम फ्रान्सलाई हराएर अतिरिक्त समयमा ५–३ ले हराएर स्वर्ण पदक जित्यो ।
– एक महिनाको अन्तरालमा स्पेन दुई प्रमुख प्रतियोगिता जित्न सफल भएको छ ।
– इङ्ल्यान्डलाई हराएर स्पेन युरोपेली च्याम्पियन भएको एक महिना पनि भएको छैन ।
– फाइनलमा घरेलु टिम फ्रान्सविरुद्ध ५–३ को जित निकाल्दै स्पेनले पुरुष फुटबलमा स्वर्ण जितेको हो ।
– स्पेनले टोकियो ओलम्पिक २०२० मा पुरुष फुटबलतर्फ रजत पदक जितेको थियो ।
१९. सरकारले सार्वजनिक प्रशासनलाई चुस्त र प्रभावकारी बनाउने उद्देश्यका साथ १० वर्षे रणनीतिक योजना कहिले सार्वजनिक गरेको हो ?
विसं २०७७ चैत २५
– सबल सङ्घीयता, सक्षम, सुदृढ र उत्तरदायी सार्वजनिक प्रशासनको सोचसहित ल्याइएको रणनीतिक योजनामा स्थानीय तहको सबलीकरण, तहगत अन्तरसम्बन्धको सुदृढीकरण एवं व्यावसायिक, सदाचारी र उत्प्रेरित कर्मचारीतन्त्रको विकास गरी सार्वजनिक सेवा प्रवाहमा उत्कृष्टता ल्याउने उद्देश्य राखिएको छ ।
– सार्वजनिक प्रशासनको सुधारका लागि पहिलो पटक यस्तो रणनीतिक योजना तर्जुमा गरिएको हो ।
– सरोकारवालाहरूमा सङ्घीयताका सम्बन्धमा समान बुझाइ र समझदारी कायम गर्नु, जनप्रतिनिधि र कर्मचारीबिच सहयोगात्मक भावनाबाट कार्यसम्पादन गर्नु, नागरिकमा सार्वजनिक प्रशासनप्रति विश्वास अभिवृद्धि गर्नु, सार्वजनिक सेवा प्रशासनमा प्रतिभावान् जनशक्तिलाई आकर्षण गर्नु र टिकाइराख्नु जस्ता विषयलाई योजनाका प्रमुख चुनौतीका रूपमा लिइएको छ ।
२०. नेपालको इतिहासमा कुन काललाई पहिलो अभिलेखीकृत शासनकाल मानिन्छ ?
लिच्छवि काल
२१. विश्व स्वास्थ्य सङ्गठनका अनुसार वातावरणीय स्वच्छताका हिसाबले एयर क्वालिटी इन्डेक्स (एक्युआई) कति हुनु पर्छ ?
५० एक्युआईभन्दा तल
– विश्व स्वास्थ्य सङ्गठनले ५० एक्युआईभन्दा तल भएको अवस्थालाई स्तरीय मानेको छ । नेपाल सरकारले भने त्यसलाई एक सयमुनि निर्धारण गरेको अर्थात् एक्युआई एक सयसम्मको अवस्थालाई सामान्य मानेको छ ।
0 Comments
Any questions or comments? Drop below. Please keep in mind that it must be a meaningful conversation relevant to the topic.