शासन संरचनाका लागि स्थापित पद्दती, पात्र, संरचनात्मक व्यवस्था सहितको प्रणालीलाई नै शासन प्रणाली भनिन्छ । शासन प्रणालीमा शासन व्यवस्थाको संचालन, अधिकारको बाँडफाँड, उत्तरदायित्वको सिमाकंन आदि गरिएको हुन्छ ।
नेपालको शासन प्रणाली:
नेपाल एक स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न, धर्म निरपेक्ष लोकतान्त्रिक मुलुक हो । यहाँको शासन प्रणालीमा प्रत्यक्ष जननिर्वाचित जनप्रतिनिधिहरूको अहं भूमिका हुन्छ । त्यसै गरी योग्यताको कसिमा जाँचीएका दक्ष प्रशासकहरूको प्रशासनिक संरचनाले लोकतन्त्रिक संरचनालाई अझ मजबुत गराएको छ । बुँदागत रूपमा नेपालको शासन प्रणालीमा निम्न विषेशताहरू पाउन सकिन्छ:
** संसदिय लोकतान्त्रिक व्यवस्था,
** गणतन्त्रात्मक पद्दती,
** वालिग मताधिकारको प्रयोग,
** हालसम्म एकात्मक राज्य व्यवस्था तर संघात्मकता तर्फको प्रतिवद्धता,,
** विकेन्द्रीत संघियताको लक्ष्य,
** प्रशासनिक संरचनामा योग्यता मुलक प्रणाली,
** सार्वभौमिक अधिकारले सम्पन्न र स्वतन्त्र (औपनीवेशिकता नभएको),
** मानवाधिकार, लैगिक समानता, सामाजिक समावेशिकरण जस्ता पक्षलाई महत्व दिइएको आदि ।
संघात्मक र एकात्मक शासन प्रणाली वीचका भिन्नताहरू:

एकात्मक शासन प्रणाली | संघात्मक शासन प्रणाली |
** केन्द्रीय नीति कानुन योजना अनुसार संचालन हुने ** एकल केन्द्रीय संसद, सरकार,न्यायपालिका ** स्वायत्त प्रान्तीय शासनको अवधारणा ** जातीय भाषिक भौगोलिक एकता ** केन्द्र प्रशासनले नै देशभर कार्य गर्ने | ** विभिन्न प्रान्तीय राज्यलाई अधिकार दिईने, ** प्रान्तीय, नीति योजना अनुसार संचालन ** बहुल संसद, सरकार र न्यायपालिका प्रान्त पिच्छे फरक फरक ** स्थानीय स्वायत्त शासनको रूपमा विकेन्द्रीकरणलाई मान्यता ** जातीय, भाषिक भौगोलिक रूपमा राज्यको विभाजन ** प्रान्तीय प्रशासनको व्यवस्था गरिने |
अन्तमा:
शासन प्रणाली एकात्मक वा संघिय जे भएपनि त्यसले आर्थिक विकास, गरिबी निवारण, समावेशिता, मानव अधिकार,बाल अधिकार र जनअधिकारको सम्मान गरिनुपर्छ । नेपालमा २०६२।६३ को जनआन्दोलन पश्चात स्थापित संसदीय लोकतान्त्रिक व्यवस्थाले धेरै हदसम्म माथिका कुराहरू समेटेको पाइन्छ । यसलाई व्यवहारिक रूपमा कार्यान्वयनको भने खाँचो रहेको छ ।

0 Comments
Any questions or comments? Drop below. Please keep in mind that it must be a meaningful conversation relevant to the topic.