Advertisement

निजामती कर्मचारीको बिदा सम्बन्धी व्यवस्था

निजामती सेवा ऐन, २०४९ तथा नियमावली, २०५० अनुसार निजामती कर्मचारीलाई विदा सम्बन्धी व्यवस्था

निजामती कर्मचारीको बिदा सम्बन्धी व्यवस्था

थप व्यवस्थाः

  • भैपरी आउने र पर्व बिदाः सञ्चित गरी अर्को वर्षमा लिन नपाइने ।
  • घर बिदाः १८० दिन सम्म संचित हुने ।
  • बिरामी बिदाः सञ्चित हुने ।
  • सेवाबाट अलग हुँदा सञ्चित हुने बिदा बापत पदाधिकार रहेको पदबाट खाइपाई आएको तलबको दरले हुन आउने एकमुष्ट रकम लिन पाउने ।
  • अध्ययन, असाधारण र निजामती सेवा नियमावली, २०५० को नियम ६२क. बमोजिमको बेतलबी बिदा नेपाल सरकारले स्वीकृत गर्ने, अन्य बिदा सम्बन्धित कार्यालय प्रमुख वा विभागीय प्रमुखले स्वीकृत गर्न सक्ने ।
  • एक किसिमको बिदा स्वीकृत भएकोमा किरिया बिदा र प्रसुती बिदा बाहेक अर्को किसिमको बिदामा परिणत गराउन नपाउने ।
  • भैपरी आउने र पर्व बिदा, घर बिदा र बिरामी बिदा बाहेक अन्य बिदा अवधिभित्र सार्वजनिक बिदा परेमा कर्मचारीले लिएको त्यस्तो बिदामा गाभिने ।
  • भैपरी र पर्व बिदाबाहेक बिदाको अभिलेख वर्ष व्यतित भएको तीस दिनभित्र प्रत्येक कार्यालयले निजामती किताबखाना र तलब खर्च लेख्ने कार्यालयमा पठाउनुपर्ने ।
  • घर बिदा र बिरामी बिदा सातदिनभित्र, त्यस्तै असाधारण बिदा र अध्ययन बिदा ६० दिनभित्र स्वीकृत वा अस्वीकृत गर्नुपर्ने,
  • पूर्व स्वीकृति लिन सम्भव नभएको वा स्वीकृति प्राप्तिको लागि सकभर प्रयास गरेको भन्ने बिदा दिने अधिकारीलाई लागेमा निवेदनको मितिभन्दा अगाडिदेखिको मितिबाट बिदा स्वीकृत गर्न सक्ने ।
  • बिदा स्वीकृत नगराई लगातार ९० दिनसम्म कार्यालयमा अनुपस्थित भएको निजामती कर्मचारीको बिदा स्वीकृत नहुने ।

अध्ययन बिदाको लागि निवेदन दिंदा

  • अध्ययन बिदाको लागि निवेदन दिंदा सेवा अवधि ३ वर्ष पूरा भएको हुनुपर्छ ।
  • निजि प्रयासमा एकैपटक वा पटकपटक गरी बढिमा ३ वर्षसम्म र नेपाल सरकारले आवश्यक ठानेमा थप २ वर्षसम्म अध्ययन बिदा पाइने ।
अन्य कुराका अतिरिक्त देहायका कुराहरू उल्लेख गर्नुपर्नेः
  • आफूले अध्ययन गर्न खोजेको विषयको विवरण
  • अध्ययन गरिने विश्वविद्यालय, संस्था वा प्रशिक्षण केन्द्रमा प्रवेश गर्ने स्वीकृत प्राप्त भएको विवरण
  • नेपाल सरकारलाई त्यस्तो बिदाको सम्बन्धमा विचार गर्न सहायक हुने अन्य आवश्यक विवरण

Post a Comment

1 Comments

  1. बेतलबी बिदा को बारे मा बुजाइदिनुहुन अनुरोध ग्रदछु

    ReplyDelete

Any questions or comments? Drop below. Please keep in mind that it must be a meaningful conversation relevant to the topic.