Advertisement

स्थानीय तहका असल अभ्यासहरु

 विभिन्न स्थानीय तहहरूले गरेका असल अभ्यासहरूलाई मैले क्रमशः संग्रह गर्ने प्रयास गरेको छु। 

  • काठमाडौं महानगरपालिकाले खाद्य गुणस्तर हेर्न Food Inspector को व्यवस्था गरेको,
  • दाङको तुल्सीपुर उपमहानगरपालिकाले बहुप्राविधिक शिक्षालय सञ्चालन गरेको,
  • पाल्पाको पूर्वखोला गाउँपालिकाले पालिकाभित्र सञ्चालित निजी विद्यालयहरूलाई सामुदायिक विद्यालयमा गाभेको,
  • विभिन्न स्थानीय तहले स्थानीय पाठ्यक्रम निर्माण  गरी पठनपाठन सुरु गरेका,
  • रोल्पाको सुनछहरी गाउँपालिकाले मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि जारी गरी मदिरा बिक्रि र मदिरापान गर्नेले अनुमति पत्र लिनुपर्ने र वार्षिक रूपमा मदिरा सेवन अनुमति पत्र (कार्ड) नविकरण गर्नुपर्ने व्यवस्था गरेको,
  • रुपन्देहीको ओमसतिया गाउँपालिकाले बालिका संरक्षण कार्यक्रम चलाएको। बालिका संरक्षण कार्यक्रम अन्तर्गत नवजात शिशु बालिकाको जीवन सुरक्षा एवम् भविष्यका लागि वित्तीय संस्थामा बालिकाको नाममा २० वर्षे मुद्दति खाता खोली एकमुष्ट रु २० हजार अनुदान स्वरुप जम्मा गरिदिने, तर २० वर्ष अगावै विवाह भएमा यो रकम नपाउने।
  • पाल्पाको तानसेन नगरपालिकाले राष्ट्रिय प्राथमिकता प्राप्त प्रजनन तथा मातृ स्वास्थ्य कार्यक्रमलाई थप प्रभावकारी बनाउन सुत्केरी स्याहार कार्यक्रम कार्यविधि जारी गरी सबै गर्भवती महिलाका लागि स्वास्थ्य संस्थामा चारपटक परीक्षण गर्न प्रति परीक्षण रू पाँच सय, सुत्केरी खर्च रू एक हजार र विपन्नका लागि सुत्केरी खाना तथा शिशु कपडा समेत सामग्री घरमै लगेर दिने व्यवस्था।
  • नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिकाले प्र्त्येक वडामा जेष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनमा ल्याई दिवासेवा केन्द्रमा चियानास्ताको साथै पत्रपत्रिका पढ्ने, टेलिभिजन हेर्ने, भेटघाट कुराकानी गर्ने, भजनकीर्तन जस्ता धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिमा समय बिताउने अवसर मिलाएको।
  • सुनवल नगरपालिका मै ३५ दिनभित्र पञ्जिकरण दर्ता गर्ने प्रत्येक बालबालिकाको जन्ममा रू दुई हजार र मृत्युमा मृत्यु संस्कार खर्च रू पाँच हजार दिने गरेको,
  • सुनवल नगरपालिकामा मासिक ५००० लिटर सम्म पानी खपत गर्ने परिवारलाई खानेपानीको शुल्क नगरपालिकाले तिरिदिने प्रवन्ध समेत मिलाएको,
  • गुल्मीको सत्यवती गाउँपालिकाले कृषकको उत्पादनलाई सहि मूल्य दिलाउन र बिचौलिया मुक्त बनाउन कृषक आफैले बिक्री गर्ने गरी कृषि हाटबजारको व्यवस्था गरेको छ।
थप असल अभ्यासहरू क्रमशः आउने नै छन्।

Post a Comment

0 Comments