Advertisement

गोरखापत्र वस्तुगत, १ असार २०७९

१.
सरकारले कहिलेदेखि लागू हुने गरी आइतबार बिदा दिने व्यवस्था खारेज गरेको हो
?

 >> वि.सं. २०७९ असार


२०७९ जेठ २३ को मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको


सरकारले इन्धन खपत घटाउन भन्दै साताको दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा
दिने तथा बाँकी समय बिहान साढे ९ बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय सञ्चालन
गर्ने निर्णय गरेको थियो
परीक्षणका रूपमा लागू गरिएको बिदा जेठ देखि कार्यान्वयनमा आएको थियो

२.
नेपाल प्रहरीको इतिहासमा पहिलो पटक प्रशासनतर्फबाट महिला एआईजी बन्न सफल व्यक्तित्व
को हुन्
?

 >> पूजा सिंह


२०७९ जेठ २३ को मन्त्रिपरिषद्को बैठकले पूजा सिंहलाई एआईजीमा बढुवा गरेको


यसअघि प्राविधिकतर्फ महिला एआईजी भए पनि प्रशासनतर्फबाट भने महिला डीआईजीसम्म
मात्र पुगेका
पार्वती थापा विमला थापा १० वर्षअघि साधारण उपसमूहतर्फ डीआईजी भएका


२०४९ चैतमा इन्स्पेक्टरमा भर्ना भएकी सिंह गत माघमा डीआईजीमा बढुवा भएकी

३.
विश्व खाद्य स्वच्छता दिवस कहिले मनाइन्छ
?

 >> जुन ७


सन् २०२२ को नारा : स्वच्छ सन्तुलित आहार : स्वस्थ जीवनको आधार


सन् २०१८ डिसेम्बर २० का दिन संयुक्त राष्ट्रसङ्घको महासभाले जुन ७ का दिन विश्व
खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेअनुसार सन् २०१९ देखि हरेक वर्ष विश्वव्यापी
रूपमा यो दिवस मनाउँदै आइएको


खाद्य स्वच्छता प्रत्याभूत गर्न नेपाल सरकारले राष्ट्रिय खाद्य स्वच्छता नीति –
२०७६ जारी गरी कार्यान्वयनमा ल्याएको


विगत वर्षहरूमा जस्तै यस वर्ष पनि जुन १ देखि ७ सम्म सप्ताहव्यापी रूपमा समेत यो
दिवस मनाइएको
)

४.
नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८ बाट सम्मानित हुने कलाकार
को को हुन्
?

 >> रङ्गकर्मी
ऋद्धिचरण श्रेष्ठ
, वरिष्ठ
जलतरङ्गवाधक मोहनप्रसाद जोशी
, वरिष्ठ नृत्य
निर्देशक विणा राजभण्डारी जोशी
, वरिष्ठ
नाट्यकर्मी मनबहादुर मुखिया
, वरिष्ठ सर्जक
मोहनकृष्ण कार्की ढली
, वरिष्ठ लोकसर्जक
अमर विरही गुरुङ


(पुरस्कार राशि जनही एक लाख रुपियाँ रहेको
)

५.
विश्व वातावरण दिवस कहिले मनाउने गरिन्छ
?

 >> जुन ५


नेपालमा ‘पृथ्वीको संरक्षण : दिगो प्रकृतिमैत्री जीवनयापन’ भन्ने राष्ट्रिय नाराका
साथ यो दिवस मनाइएको
सन् २०२२ मा स्विडेनको स्टकहोममा सन् १९७२ मा भएको
वातावरणसम्बन्धी सम्मेलनको स्वर्ण (५० वर्ष पुगेको अवसरमा) वार्षिकोत्सवसमेत
मनाइएको


वातावरणसम्बन्धी स्टकहोम सम्मेलन
, १९७२
ले तय गरेको नारा ‘ओन्ली अन अर्थ’लाई ५० वर्षपछि आएर फेरि पुनर्जागृत गर्नुले
ब्रह्माण्डमै जीवन जिउन योग्य एक मात्र ग्रह पृथ्वीको वैशिष्ट्य र यसको संरक्षणमा
प्रतिकूल विद्यमान मानवीय क्रियाकलापलाई सुधार गर्नुपर्ने अपरिहार्यतालाई थप उजागर
गरेको


सन् १९७३ देखि यो दिवस मनाउँदै आइएको

६.
आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार नाफामा रहेका सार्वजनिक संस्थान कति छन्
?

 >> २२ (घाटामा रहेका
संस्थान : १९ र कारोबार शून्य भएका संस्थान : २)

७.
अन्तर्राष्ट्रिय सगरमाथा दिवस कहिले मनाइन्छ
?

 >> मे २९


 (सन् २०२२ को नारा : एभरेस्ट : पिक अफ द
वल्र्ड
, प्राइड अफ नेपाल)

८.
अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार सन् २०२२ मा विश्वको आर्थिक वृद्धिदर कति हुने
अनुमान छ
?

 >> ३.६ प्रतिशत

९.
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान कहिले दुर्घटना भएको हो
?

 >> वि.सं. २०७९ जेठ
१५


तारा एयरको ९ एन एईटी जहाज दुर्घटना हुँदा तीन चालक दलसहित २२ जनाको ज्यान गएको


१५ गते बिहान १०ः१० बाट सम्पर्क विच्छेद भई मुस्ताङको आकाशमा हराएको सो विमान
भोलिपल्ट थासाङ–२ को मानापाथी हिमालको फेद सानसुरे भीरमा भेटिएको थियो

१०.
सगरमाथाको शिखर चुम्ने पहिलो कतारी महिला को हुन्
?

  >> राजकुमारी आस्मा वित्त
थानी अल–थानी


उनी सगरमाथा आरोहण गर्ने पहिलो अरबी महिला बनेकी
उनले सगरमाथाको उत्तर दक्षिण दुवैतर्फबाट सफल आरोहण गरेकी

११.
फिल्म क्षेत्रको प्रतिष्ठित मानिएको कान्सफिल्म फेस्टिभलमा स्पेसल मेन्सन अवार्ड
जित्न सफल नेपाली सर्ट फिल्म कुन हो
?

 >> लोरी


अविनाशविक्रम शाहद्वारा निर्देशित फिल्म लोरीले कान्स फिल्म फेस्टिभलमा पहिलो पटक
सर्ट फिल्म विधातर्फ स्पेसल मेन्सन अवार्ड चुमेको

१२.
राष्ट्रिय महिला अधिकार दिवस कहिले मनाइन्छ
?

 >> जेठ १६

(वि.सं. २०७९ को
नारा : महिलाको सम्मान : सभ्य समाजको निर्माण
)

१३.
वि.सं. २०७९ जेठ २ गते कतिऔँ बुद्ध जयन्ती मनाइयो
?

 >> २५६६औँ

१४.
बुद्ध जन्मस्थल लुम्बिनीमा निर्मित अन्तर्राष्ट्रिय सभा हल तथा ध्यान केन्द्रको
उद्घाटन कहिले गरियो
?

 >> वि.सं. २०७९ जेठ


चार बिघा क्षेत्रफलमा निर्माण भएको उक्त सम्मेलन केन्द्रको प्रधानमन्त्री
शेरबहादुर देउवाद्वारा उद्घाटन गरिएको


पाँच हजार जना क्षमताको सम्मेलन केन्द्रको २०७५ वैशाख १७ गते शिलान्यास भएको थियो


छाता शैलीमा निर्मित सम्मेलन केन्द्रमा मुख्य तीनवटा सेन्सर ढोका र ५२ वटा साधारण
ढोका रहेका

१५.
नाइटिङ्गेल नर्सिङ अवार्डबाट सम्मानित हुने नेपाली को हुन्
?

 >> नर्स विमला
श्रेष्ठ


उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत रहेकी


यो पुरस्कार अन्तर्राष्ट्रिय नर्सिङ दिवसका अवसरमा हरेक वर्ष प्रदान गरिँदै आएको

१६.
देशभरका ७५३ स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल कहिले पूरा भएको हो
?

 >> वि.सं. २०७९ जेठ

१७.
सबैभन्दा धेरै स्थानीय तह भएको जिल्ला कुन हो
?

 >> सर्लाही (११
नगरपालिका र नौ गाउँपालिका गरी २० स्थानीय तह)


सबैभन्दा धेरै स्थानीय तह भएको प्रदेश : प्रदेश १ (१३७)


सबैभन्दा कम स्थानीय तह भएको प्रदेश :कर्णाली प्रदेश (७९)


दुई/दुईवटा उपमहानगरपालिका भएको जिल्लाको

सङ्ख्या
: तीन (सुनसरी : धरान र इटहरी
, बारा :जितपुर र
कलैया तथा दाङ :तुलसीपुर र घोराही)

१८.
क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो उपमहानगरपालिका घोराही (दाङ) हो भने सबैभन्दा
सानो उपमहानगरपालिका कुन हो
?

 >> नेपालगञ्ज, बाँके

१९.
स्थानीय सरकार सञ्चालन ऐन
, २०७४ अनुसार
गाउँपालिकामा कम्तीमा कति वडा हुनुपर्ने व्यवस्था छ
?

 >> पाँच (बढीमा २१
वडा)


(नगरपालिकामा कम्तीमा नौ वडा र बढीमा ३५ वडा हुने गरी निर्धारण गर्नुपर्ने
प्रावधान रहेको
)

२०.
नेपालमा हाल कति प्रजातिका चरा भेटिएको अभिलेख छ
?

 >> ८९०


हालै चितवनको गैडहवामा भेटिएको नयाँ प्रजातिको चरासँगै नेपालमा चराका प्रजातिको
सङ्ख्या ८९० पुगेको


‘चाइनिज पोन्ड हेरोन’ नामक प्रजातिको यो चरा चीन
, भारत अनि
भियतनाममा पाइने गरेको


सिमसार क्षेत्रमा बस्न रुचाउने यो चराले विशेषतः माछा
, भ्यागुतालाई आफ्नो
आहारा बनाउने गरको

२१.
अजर अमर सम्मान २०७८ बाट सम्मानित हुने व्यक्तित्व को हुन्
?

 >> माणिकरत्न स्थापित

२२.
मधुपर्क सम्मान (गद्य) २०७९ बाट सम्मानित सर्जक को हुनुहुन्छ
?

 >> पुरुषोत्तम
बस्नेत


उहाँले मधुपर्क प्रकाशनको सुरुदेखि नै यस मासिक तथा अन्य विभिन्न प्रकाशनमार्फत
नेपाली साहित्यमा विशिष्ट योगदान दिनुभएको


त्यस्तै मधुपर्क सम्मान (पद्य) २०७९ बाट गणेश रसिक सम्मानित हुनुभएको


उहाँले मधुपर्क मासिक तथा अन्य विभिन्न प्रकाशनमार्फत नेपाली साहित्यमा विशिष्ट
योगदान दिनुभएको उहाँ कविता
, गीत, संस्मरण, उपन्यास र गायनमा
सुपरिचित हुनुहुन्छ


त्यसैगरी मधुपर्क प्रतिभा सम्मान
, २०७९
बाट युवा पुस्ताका सर्जक मोमिला जोशी सम्मानित हुनुभएको
कविता, निबन्ध र
सम्पादनमा उहाँको कलम सशक्त मानिन्छ


सबै पुरस्कारको राशि जनही ३५ हजार रुपियाँ रहेको

२३.
सन् २०२४ मा हुने ग्रीष्मकालीन ओलम्पिक (समर ओलम्पिक) खेलकुद प्रतियोगिताको आयोजक
राष्ट्र कुन हो
?

 >> फ्रान्स

२४.
रगत नीलो हुने समस्या के को कमीका कारणले हुन्छ
?

  >> पाइरिडोक्सिन

२५.
नासाको ‘दाविन्ची प्लस' र ‘वेरिटास मिसन' केसँग सम्बन्धित छ
?

 >> शुक्र ग्रह मिसन

२६.
काठमाडौँमा आयोजित १०औँ नेपाल अफ्रिका फिल्म फेस्टिभल अवार्ड २०२२ मा
अन्तर्राष्ट्रिय विधातर्फको अवार्ड जित्न सफल लघु फिल्म कुन हो
?

 >> घोस्ट अफ
स्पेसटाइम (मोरक्को)


बुर्किनाफासोको आई अफ द स्ट्रोमले उत्कृष्ट फिल्मको अवार्ड जितेको


राष्ट्रियतर्फ कृषा चौलागार्इंको ऐना लघु फिल्म तथा माधवराज खरेलको कुइनेटोले
उत्कृष्ट लघु फिल्मको अवार्ड जितेको


कुइनेटोबाटै अभिनेता श्रीदेव भट्टराईले जुरी अवार्ड र जीवन पराजुलीले छायाँकारको
अवार्ड जितेका


महोत्सवमा लघु फिल्म ऐनाबाट कृषाले क्रिटिक्सतर्फ निर्देशक र भूपेन्द्र अधिकारीले
सम्पादकको अवार्ड जितेका

२७.
‘युनाइटेड नेसन पब्लिक सर्भिस डे’ कहिले मनाइन्छ
?





























































































































































































 >> जुन २३

Post a Comment

0 Comments