Advertisement

गुल्मीमा पर्यटनको सम्भावना र चुनौति

म आफै पनि घुमेका देशका अधिकांश ठाउँमध्ये रेसुङ्गाले जस्तो आनन्द अरु कुनै ठाउँले दिएका छैनन्। मेरो आफ्नो गृहजिल्ला भएकोले म यसो भन्दै छैन। यहि सौम्य प्रकृतिले नै होला धेरै ऋषि र तपस्वीहरुलाई यसले लोभ्याएको। तर विडम्बना पर्यटक आवागमन शुन्यप्राय देख्दा मन सधै अमिलो हुन्छ। धेरै प्रशासक, नेता, मन्त्री यहीँ ठाउँले जन्मायो, शिक्षामा अग्रणी हुँदाहुँदै पनि अपेक्षित विकास हुन सकिनरहेको अवस्था छ। उद्योगपति शेखर गोल्छालाई पनि लोभ्याएछ यस ठाउँले, खुसी लाग्यो।
नयाँ पत्रिकामा उनकै शब्दमा, "गुल्मीको सदरमुकाम तम्घास। साँघुरो सडक हुनाले तम्घास पुग्न गाह्रो रहेछ, तर पुगेपछि खुबै राम्रो लाग्यो। हालै तम्घास पुगेको थिएँ। एक रात बसेँ पनि। तम्घास युनिक लाग्यो। मौसम पनि ठण्डा। त्यहाँको बजार पनि युनिक रहेछ। शान्त र सफा पनि। सबैभन्दा बढी मन परेको त्यहाँका मान्छेको मुहारमा ‘हेप्पिनेस’ हो।
मान्छेको ड्रेसअप पनि राम्रो लाग्यो। नेपालका शिक्षित जिल्लामध्ये एक होला, गुल्मी। धेरै गुल्मेली ब्युरोक्र्याटमा छन्। तम्घास बजार अग्लो रेसुंगा डाँडाको काखमा छ। रेसुंगा जहिल्यै हरियाली रहन्छ रे! हामी जाँदा लालीगुराँस फुलेर डाँडै राताम्य भएका थिए । मेरो फेबरेट सिटीमा तम्घास पर्छ। संसार घुम्दा लन्डन र देश चहार्दा तम्घासले लोभ्यायो।"
गुल्मी साच्चै नै अनुपम छ, धेरै ठाउँलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने सम्भावना छन्। पर्यापर्यटनका साथै ऐतिहासिक एवं धार्मिक पर्यटनको सम्भावना छ। सरोकारवाला सबैको ध्यानमात्र होइन यी कुराहरु प्राथमिकतामा परुन।
गुल्मी आफैमा त्यति अविकसित जिल्ला पनि होइन । तर दिन प्रतिदिन पहाडबाट तराइ सर्नेको जनलहरले गुल्मीका ग्रामिण बस्तीहरु रित्तिने क्रम जारि छ । त्यसैले पहाडबाट तराइ सर्नेको जनलहर रोक्न स्थानीय निकायका प्रतिनिधिले प्रयास गर्न सक्नुपर्छ । प्रत्येक गाउपालिकामा गुणस्तरीय स्वास्थ्य सेवा, स्वरोजगारका बाटाहरु, उच्च शिक्षा र प्राबिधिक शिक्षासहितका क्याम्पसहरु, सडक सुलभतामा वृद्धि, लगभग शुन्य जस्तै रहेको पर्यटनलाई बिशेस जोड दिएर पर्यटन व्यवसायलाई उकास्ने जस्ता केहि न्युनतम आवस्यकताहरु पूरा गर्न सकेमा बसाइसराइको दरलाई कम गर्न सकिन्थ्यो ।
प्रत्येक क्षेत्रमा विशेषज्ञ सेवा सहितको कम्तिमा एउटा अस्पताल, प्रत्येक गाउँगाउँमा मोटरबाटो पुर्याउने, खनिसकेका सडकहरुको स्तरोन्नति र कालोपत्रे गर्ने प्रक्रिया अघि बढाउने, अन्तीम स्टेसनका रुपमा रहेका गुल्मीका मुख्य सडकहरुलाई अन्य जिल्लाहरुसम्म जोड्ने, जिल्लाको निर्माणाधीन रेसुङ्गा विमानस्थलको निर्माणलाई छिटो सक्ने र विमानस्थल जोड्ने सडकसंजाल बढाउने, प्रत्येक गाउँमा स्वच्छ खानेपानी र सिंचाईको सुबिधा पुराउने, देशकै कफी खेतिको उद्गमस्थल स्थल भएकैले कफी खेतिलाई बिस्तार गर्दै ‘इलामको चियाबारी जस्तै’ गुल्मीमा पनि ‘कफीबारी’ को रुपमा पर्यटनको विस्तार गर्ने, गुल्मीको अर्गानिक कफीको ‘ब्राण्डिङ’ गरि देश विदेशमा हाम्रो कफीको निर्यातलाई बढाउने, कालिगण्डकी र बडीगाड नदीमा जलपर्यटनको रुपमा विकास गर्ने, कालिगण्डकी करिडोरको निर्माण सम्पन्न भएपछी यसले धेरै सम्भावनाका ढोकाहरु खोल्ने हुँदा यसलाई जोड्ने सडकसंजाल बढाउने, नेपालको चारधाम मध्येको एक रुरु क्षेत्रलाई प्रचारप्रसार गरि अझै व्यवस्थित बनाएर पर्यटन गतिविधि बढाउने, रुरु क्षेत्रमा आउने पर्यटकलाई एउटै प्याकेजमा रुद्राबेनी धाम, रेसुङ्गा, विचित्र गुफा, सालिमे दह, दिब्रुङ, गुल्मी दरबारलगायतका ठाउँहरु घुम्न जाने व्यवस्था मिलाउने, अन्य सम्भावित पर्यटकीयस्थलहरुको विकास र प्रचारप्रसार गर्ने ।
रेसुङ्गा, सालिमेदह लगायत क्षेत्रलाई ट्रेकिंङ रुटको रुपमा विकास गर्ने, र भौतिक संरचनाहरु निर्माण गर्ने । गुल्मीका हरेक सानाठूला नदि तथा खोलाहरुबाट लघु जलविद्युत निकालेर जिल्लालाई विद्युतमा आत्मनिर्भर बनाउने । नयाँ बस्दै गरेका बजारलाई व्यवस्थित गरि एकीकृत बस्तीको रुपमा विकास गर्ने लगायत काम गर्न सकेमा जिल्लाको अवस्था माथि पुग्नेछ । सरकारी क्षेत्रमा सबैभन्दा धेरै नाम निकाल्न सफल जिल्लाको उपमा पाएको हाम्रो गुल्मीले सबैभन्दा धेरै स्वरोजगारका अवसर सृजना गर्ने जिल्लाको रुपमा पनि नाम राख्ने बनाउन नयाँ जनप्रतिनिधि सफल हुन सक्नुपर्छ ।
गुल्मीको शान्तिपुर स्थित झरनामा निर्मित सुन्दर पार्क,
ब्यस्त दैनिकी र तराइको गर्मी बाट केही दिन रेफ्रेश्मेन्टको लागि यो ठाउँको भ्रमण को योजना उत्तम हुनेछ
झराना बाट झरेको पानीमा प्रकृतिक स्विमिङ पुल र टिमुरेमा होम्स्टे सन्चलान गर्न सकेमा हजारौ पर्यटकको गन्तव्य हुनेछ यो ठाउँ (तस्विर: Madhav Dhungana)

Post a Comment

0 Comments