Advertisement

गोरखापत्र वस्तुगत, ११ श्रावण २०७९

 १. डब्लूएचओको विज्ञ समूहमा मनोनीत हुने नेपाली चिकित्सक को
हुनुहुन्छ
?



डा. राजन
पाण्डे



– भेरी
अञ्चलका वरिष्ठ फिजिसियन डा. पाण्डे विश्व स्वास्थ सङ्गठन (डब्लूएचओ)को क्लिनिकल
प्रोटोकल डेभलपमेन्ट एक्सपर्ट प्यानेलमा मनोनीत हुनुभएको।



– नेपालमै
पहिलो पटक सिकलसेल एनिमिया रोगलाई थारू समुदायमा जनस्वास्थ्य समस्याका रूपमा
पहिचान गर्ने विज्ञका रूपमा डा. पाण्डे परिचित हुनुहुन्छ। डब्लूएचओ पीईएन–प्लस
नेपालको तर्फबाट सिकलसेल एनिमियाको क्लिनिकल प्रोटोकल डेभलपमेन्ट एक्सपर्ट
प्यानेलमा मनोनीत हुनुभएको



– विशेषगरी
थारू समुदायमा बढी देखिएको सिकलसेल एनिमियाको खोज
, अनुसन्धान र उपचारमा विशेष
कार्य गरेकोमा एनसीडीआई पोभर्टी कमिसन नेपालको सिफारिसमा उहाँलाई प्यानलमा मनोनीत
गरिएको



२. १९औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिता कहिले हुने भएको छ ?



 सन् २०२३ सेप्टेम्बर
२३–अक्टोबर ८ (हाङचोउ
, चीन)



– ओलम्पिक
कमिटी अफ एसिया (ओसीए)ले यस वर्ष हुने भनेको मिति संशोधन गर्दै सन् २०२२ जुलाई १९
मा नयाँ मिति सार्वजनिक गरेको।



– ओसीएले
चीनको ओलम्पिक कमिटी र अन्य सरोकारवालासँग करिब दुई महिनासम्मको निरन्तर छलफलपछि
नयाँ मिति तय गरेको।



– यसअघि
एसियाली खेलकुद सन् २०२२ सेप्टेम्बर १० देखि २५ तारिखसम्म हुने तय भएको थियो।



– एसियाली
खेलकुद प्रतियोगितामा ४८० भन्दा बढी स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ।



३. हेन्ली पासपोर्ट इन्डेक्स २०२२ अनुसार नेपाली पासपोर्ट कतिऔँ
स्थानमा रहेको छ
?



 १०६औँ



– पहुँचका
आधारमा ११२ -याङ्कमा विभाजन गरिएको सो रिपोर्टमा नेपालको पासपोर्ट १०६औँ -याङ्कमा
रहेको। यसअनुसार -याङ्किङका आधारमा नेपाल छैटाँै कमजोर पासपोर्ट भएको मुलुकमा
परेको



– नेपालभन्दा
मुनि प्यालेस्टाइन
, सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान रहेका।



– सबैभन्दा
शक्तिशाली पासपोर्टको सूचीमा जापान रहेको। यसले १९३ मुलुकमा अनएराइभल भिसामार्फत
सोझै पहुँच पाउने।



 प्रतिवेदनअनुसार सबैभन्दा शक्तिशाली पासपोर्टको
सूचीमा परेका राष्ट्रहरू



 पहिलो – जापान



 दोस्रो – सिङ्गापुर र दक्षिण कोरिया



 तेस्रो – जर्मनी र स्पेन



 चौथो – फिनल्यान्ड, इटाली र लक्जेम्बर्ग



 पाँचौँ – अस्ट्रिया, डेनमार्क, नेदरल्यान्ड, स्विडेन



 छैटौँ – फ्रान्स, आयरल्यान्ड, पोर्चुगल र बेलायत



 सातौँ – बेल्जियम, न्युजिल्यान्ड, नर्वे, स्विट्जरल्यान्ड र अमेरिका



 आठौँ – अस्ट्रेलिया, क्यानडा, चेक रिपब्लिक, ग्रिस र माल्टा



 नवौँ – हङ्गेरी



 दसौँ – लिथुआनिया, पोल्यान्ड र स्लोभाकिया



– प्रतिवेदनअनुसार
जापानी नागरिकले पहिले नै भिसा नलगाई संसारका १९३ मुलुकको भ्रमण गर्न पाउँछन् भने
नेपालीले ३८ मुलुकको मात्र भ्रमण गर्न पाउने।



– नेपालसँगै
प्यालेस्टाइनको राहदानी पनि १०६ नम्बरमा रहँदै कमजोर साबित भएको अध्ययनले देखाएको।



– कमजोर
मानिएका आठ देशमध्ये नेपाल उत्तर कोरियाभन्दा एक स्थान तल रहेको। यसअघि नेपालको
राहदानी उत्तर कोरियाभन्दा बलियो देखिएको।



४. ‘फादर अफ लाइब्रेरी साइन्स भनी कसलाई चिनिन्छ ?



 एस.आर. रङ्गनाथन



५. सरकारद्वारा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको कार्यान्वयन कुन
आर्थिक वर्षदेखि सुरु गरिएको हो
?



आ.व.
२०६६/६७ (हाल : राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण कार्यक्रम)



६. उद्योग दिवस २०७८ को नारा के रहेको छ ?



स्वदेशी
उद्यम र उत्पादन : दिगो औद्योगिक पुनरुत्थान



७. नेपालमा राष्ट्रिय ऊर्जा दिवस कहिले मनाउने गरिन्छ ?



 जेठ ९



८. नेपालबाट पहिलो पटक भारतीय बजारमा नेपाली छड निर्यात कहिले भएको
हो
?



वि.सं.
२०७९ साउन ४



– रुपन्देहीको
सेमरहवामा रहेको श्री स्टिल्स उद्योगले टीएमटी छड भारत निर्यात सुरु गरेको।



– श्री
स्टिल्सले ३५ टन छड बेलहिया नाका हुँदै भारत महाराजगञ्जको कुनसेरवामा निर्यात
गरेको।



९. भारतको १५औँ राष्ट्रपतिमा निर्वाचित हुने महिला नेत्री को हुन् ?



द्रौपदी
मुर्मू



– सन्
२०२२ जुलाई २१ मा कांग्रेससहितको विपक्षी दलका उम्मेदवार तृणमुल कङ्ग्रेसका नेता
यसवन्त सिन्हालाई पछि पार्दै उनी राष्ट्रपति निर्वाचित भएकी।



– उनी
भारतीय जनता पार्टीले नेतृत्व गरेको राष्ट्रिय जनमात्रिका गठबन्धन (एनडीए)को
तर्फबाट उम्मेदवार बनेकी।



– मुर्मूले
तीन हजार २१९ मत प्राप्त गरेकी
। उनका प्रतिस्पर्धी सिन्हाले एक हजार ५८ मत प्राप्त गरेका।



– पूर्वराष्ट्रपति
रामनाथ कोविन्दको कार्यकाल जुलाई २४ मा सकिएपश्चात् मुर्मूले जुलाई २५ बाट
कार्यभार सम्हालेकी।



१०. सन् २०२२ जुलाईमा माल्दिभ्समा आयोजित एसियन शारीरिक सुगठन तथा
फिजिक स्पोर्टस् च्याम्पियनसिपमा रजत पदक जित्न सफल नेपाली खेलाडी को हुन्
?



 उमेश राई (८० केजी तौल समूहमा)



११. पाण्डाको औसत उमेर कति हुन्छ ?



 २० वर्ष



– प्राकृतिक
वासस्थानमा पाण्डाको औसत आयु २० वर्षको हुने।



– मानव
रेखदेख र स्याहारसुसार पाउँदा थप १० वर्ष बाँच्न सक्ने अध्ययनले देखाएको।



– मानव
रेखदेख र स्याहारसुसारमा रहेको एनएन नामक पाण्डाको ३५ वर्षको उमेरमा मृत्यु (सन्
२०२२ जुलाईमा) भएको हाल सबैभन्दा दीर्घजीवी पाण्डाका रूपमा एनएन रहेको थियो। यसअघि
बढी उमेरसम्म जीवित रहन सकेको पाण्डा जियाजिया थियो। मानव स्याहारसुसारमा रहेको सो
पाण्डा ३८ वर्षसम्म जीवित रहेको थियो।



– बेलायतले
हङकङलाई चीनसमक्ष हस्तान्तरण गरेको अवसर पारेर चीनको सरकारले हङकङ विशेष प्रशासन
क्षेत्रलाई प्रदान गरेको थियो।



– संसारमा
सबैभन्दा लामो समय जीवित रहेको जिया जिया नामको पोथी पाण्डासँगै ११ मार्च १९९९ मा
पार्कमा ल्याइएको एनएन चीनको दक्षिण–पश्चिमी प्रान्त सिचुवानबाट ल्याइएको थियो।



१२. आर्थिक वर्ष २०७८/७९ तेस्रो त्रैमासिक (२०७८ चैत्र) सम्म नेपालको
सार्वजनिक ऋण कति पुगेको छ
?



 रु. १८ खर्ब ५५ अर्ब ६१ करोड



– (बाह्य
ऋण : नौ खर्ब ७६ अर्ब ४५ करोड र आन्तरिक ऋण : आठ खर्ब ७९ अर्ब १५ करोड)



१३. एक वर्ष (आ.व. २०७८/७९) को अवधिमा नेपालमा कति
रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ
?



 रु. तीन खर्ब १० अर्ब



– पछिल्लो
३ वर्षको अवधिमा भएको पेट्रोलियम पदार्थको आयात



स्रोत :
नेपाल आयल निगम



१४. नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)द्वारा विज्ञान तथा
प्रविधिको विकास एवं प्रवर्द्धन गर्ने उद्देश्यका साथ युवा वैज्ञानिक फोरमको
उद्घाटन कहिले गरिएको हो
?



 वि.सं. २०७७ असोज ३



१५. नेपाल राष्ट्र बैङ्कले आ.व. २०७९/८० का लागि मौद्रिक नीति कहिले सार्वजनिक गरेको हो ?



 वि.सं. २०७९ साउन ६



– अर्थतन्त्रले
बाह्य क्षेत्रको दबाब खेपिरहेका बेला राष्ट्र बैङ्कले उपलब्ध वित्तीय साधनलाई
विवेकपूर्ण परिचालन गर्ने गरी चालू आ.व.का लागि मौद्रिक नीति सार्वजनिक गरेको।



– विगतमा
छरिएको वित्तीय स्रोत उत्पादनशील क्षेत्रमा केन्द्रीकृत गर्ने गरी मौद्रिक नीति
ल्याइएको।



– उत्पादनशील
र व्यापारिक क्षेत्रमा जाने कर्जाको ब्याजदर फरक बनाउने नीति लिइएको। बैङ्क तथा
वित्तीय संस्थाले खाद्यान्न उत्पादन
, पशुपन्छी, मत्स्यपालन, निर्यातजन्य र शतप्रतिशत
स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनशील उद्योगका लागि दुई करोडसम्मको कर्जा
प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुसम्म प्रिमियम थप गरी ब्याजदर
निर्धारण गर्न पाउने व्यवस्था गरिएको



– मौद्रिक
नीतिले बैङ्क तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपातलाई २०७९
भदौ १ गतेदेखि लागू हुने गरी १ प्रतिशत बिन्दुले वृद्धि गरी ४ प्रतिशत पुर्‍याउनुपर्ने
बनाएको।



– विप्रेषणलाई
औपचारिक माध्यमबाट ल्याइने।



– मूल्यमा
चाप पर्न नदिई बजेटका लक्ष्यमा सघाउने।



– आयातको
निरुत्साहन क्रमशः पुनरवलोकन गरिने।



– विद्युतीय
भुक्तानी कारोबार प्रवर्द्धन वर्ष मनाइने।



– मर्जरमा
दिइने सुविधा पुस मसान्तसम्मका लागि थप गरिएको



– निजी
क्षेत्रतर्फ जाने कर्जाको वृद्धिदर १८ प्रतिशतबाट घटाई १२ प्रतिशत कायम गरिएको।



– निक्षेप
सङ्कलन दर ४ प्रतिशतबाट वढाई ५.५ प्रतिशत बनाइएको



– बैङ्क
दर ८.५ प्रतिशत (यसअघि ४ प्रतिशत) बनाइएको।



– नीतिगत
दर ७.० प्रतिशत (यसअघि ५.५ प्रतिशत) बनाइएको।



– वैधानिक
तरलता अनुपात वाणिज्य बैङ्कको १२ प्रतिशत र विकास बैङ्क तथा वित्त कम्पनीको १०
प्रतिशत बनाइएको। यसअघि यो अनुपात वाणिज्य बैङ्कको १० प्रतिशत
, विकास बैङ्कको ८ प्रतिशत र वित्त कम्पनीको ७ प्रतिशत रहेको



– जग्गा
धितो कर्जा उपत्यकाभित्र मूल्याङ्कनको ३० प्रतिशत र उपत्यकाबाहिर ४० प्रतिशत कायम
गरिएको।



१६. प्रतिनिधि सभाबाट नागरिकता विधेयक कहिले पारित गरिएको हो ?



वि.सं.
२०७९ साउन ६



१७. कुपोषण समस्या समाधान गर्ने उद्देश्यले नेपालमा सञ्चालित दोस्रो
बहुक्षेत्रीय पोषण योजनाको अवधि कुन हो
?



सन्
२०१८–२०२२ (पहिलो ः सन् २०१३–२०१८)



१८. भारत र चीन दुवै देशलाई छुने गाउँपालिका कुन कुन हुन् ?



 व्यास र फक्ताङलुङ गाउँपालिका



१९. चौरासे र साटाखानी औद्योगिक क्षेत्र कुन जिल्लामा निर्माण हुने
नयाँ औद्योगिक क्षेत्र हुन्
?



सुर्खेत



२०. हाल सार्कका क्षेत्रीय सङ्गठनहरूको सङ्ख्या कति रहेको छ ?



 पाँच



२१. नेपालमा महानगरपालिका नभएका प्रदेश कति छन् ?



तीन



२२. नेपालमा किसान क्रेडिट कार्ड र किसान एप्सको सुरुवात कहिले भएको
हो
?



वि.सं.
२०७७ माघ ७

Post a Comment

0 Comments