Advertisement

लोकसेवाका ऐतिहासिक घटनाक्रम

  • २००८ असार १ः पब्लिक सर्भिस कमिशनको स्थापना
  • २००८ भाद्र १८ः पहिलोपटक विज्ञापन (६ पदका लागि)
  • २०१२ः पोष्ट-ग्राजुएट/ग्राजुएट अफिसर छनौट सुरु
  • २०१६ः लोकसेवा आयोगको पहिलो प्रतिवेदन
  • २०१७ माघ २५ देखि २०१८ जेठ मसान्तसम्मः लोकसेवा आयोग निलम्बन
  • २०२३ः संगठित संस्थाको पदपूर्तिको जिम्मेवारी
  • २०४३ः सार्वजनिक संस्थानको कर्मचारी भर्ना सम्बन्धी सामान्य सिद्धान्त (अधिकार प्रत्यायोजन)
  • २०४७ः लोकसेवा आयोगको अधिकार क्षेत्र निजामती सेवामा मात्र सीमित
  • २०६३ः सुरक्षा निकायमा नियुक्ति र बढुवाका सामान्य सिद्धान्तका विषयमा परामर्श दिने जिम्मेवारी; संगठित संस्थाले "चाहेमा" पदपूर्ति र विभागीय कारवाहीका विषयमा आयोगको परामर्श लिनसक्ने व्यवस्था
  • २०६९ भाद्र ७ः अप्टिकल मार्क रिडर (OMR) प्रविधिबाट वस्तुगत बहुउत्तर उत्तरपुस्तिका परीक्षण सुरु
  • २०७१ चैत २३ गतेः विद्युतीय प्रणालीबाट दरखास्त संकलन आरम्भ
  • २०७२ः नेपालको संविधानद्वारा सुरक्षा निकाय र संगठित संस्थाका पदपूर्तिको लागि लिखित परीक्षा सञ्चालन गर्ने जिम्मेवारी थप
  • २०७२ पुस ६ः रा.प. प्रथम र द्वितीय श्रेणी वा सो सरहको उत्तरपुस्तिका दोहोरो परीक्षण सुरु
  • २०७३ः एसेस्मेन्ट सेन्टर मेथोडोलोजी (ACM) परीक्षण प्रविधिको सुरुवात (सहसचिव वा सो सरह पदको पाठ्यक्रममा मामिला विश्लेषभ, प्रस्तुतीकरण आदि समावेश)
  • २०७५: रा.प. द्वितीय श्रेणी उपसचिव अप्राविधिक पदमा (In Basket Exercise) परीक्षण सुरुवात
  • २०७६ जेठ १५; एकैपटक ९१६१ पदका लागि स्थानीय तहको विज्ञापन प्रकाशन
  • २०७७ असार ३१ः संगठित संस्थातर्फ नवौं तह र सोभन्दा माथिका उत्तरपुस्तिका विज्ञहरूद्वारा आयोग परिसरमै परीक्षण गराउने व्यवस्था

Post a Comment

0 Comments