Advertisement

वैदेशिक रोजगारीमा देखिएका समस्या न्युनिकरणका लागि अघि सारिएका रणनीतिहरु

जीवन निर्वाहका लागी आफ्नो देशको सिमा बाहिर गएर गरिने पेशा व्यवसाय वा कामलाई वैदेशिक रोजगारी भनिन्छ। प्रत्येक दिन झन्डै १४ सयको संख्यामा नेपाली युवाहरु कामको खोजीमा मुलुक वाहिर जाने गरेका छन। चालु पन्ध्रौ योजनाले आन्तरिक रोजगार वजारको विस्तार गर्दै वैदेशिक रोजगारीवाट अधिकतम प्रतिफल लिने कुरामा जोड दिएको छ।

वैदेशिक रोजगारीका समस्या न्युनिकरणका लागि योजनाले अंगिकार गरेका रणनितीहरु 

  • वैदेशिक रोजगारीलाई सुरक्षीत, शोषणमुक्त, मर्यादित र प्रतिफलयुक्त वनाइने,
  • प्रमुख गन्तव्य मुलुकसंग श्रम संझौता गरिने,
  • विदेशमा रहेका नेपाली श्रमिकहरुको हक हितकालागि श्रम कुटनीति अवलम्वन गरिने,
  • गन्तव्य मुलुकका कामदारको हक हितकालागि रोजगारदाता र गैर आवासीय नेपालीसंग समन्वय गरिने,
  • सवै सरोकारवालाको सहभागीतामा वैदेशिक रोजगार परिषद स्थापना गरिने,
  • जनशक्तीको व्यवस्थापन गर्दै जगेडा श्रमिकलाई श्रम संझौता गरी वैदेशिक रोजगारीमा पठाइने,
  • भारतमा जाने कामदारको दर्ता, परिचयपत्र वितरण र विमा लगायतका व्यवस्था कार्यान्वयन गरिने,
  • वैदेशिक रोजगारीमा जानेको पूर्व अभिलेख राखी सुरक्षीत र मर्यादित वनाउने,
  • वैदेशिक रोजगारीलाई थप सुरक्षित र भरपर्दो बनाउने,
  • वैदेशिक रोजगारीमा नेपालीले भोग्नुपरेका समस्या समाधान गर्न पहल गर्ने,
  • नेपालीले विदेशमा कमाएको पैसा सुरकि्षत तरिकाले स्वदेशमा पठाउने व्यवस्था गर्ने,
  • वैदेशिक रोजगारीमा जानुपुर्व तथा गइसकेपछी हुने ठगीलाई न्युनिकरण गर्ने,
  • विदेशबाट प्राप्त रेमिट्यान्सलाई उत्पादन मुलक क्षेत्रमा लगानी गर्ने,
  • विदेशमा समस्यामा परेका नेपाली उद्धार, राहत तथा पुर्नस्थापनालाई प्रभावकारी बनाउने,

निष्कर्षमा,

प्रत्येक वर्ष नेपालको श्रम वजारमा झन्डै ५ लाख युवा प्रवेश गर्दछन। तिनीहरुमध्ये अधिकांश वैदेशिक रोजगारीमा जाने गरेका छन। वैदेशिक रोजगारीलाई सुरकि्षत तथा मर्यादित बनाउन चालु पन्ध्रौयोजनाले उल्लेख गरेका रणनीतिहरुको प्रभावकारी कार्यन्वयन गर्नु आजको आवस्यकता हो।

Post a Comment

0 Comments