Advertisement

४.१ मानव श्रोत व्यवस्थापन : प्राप्ति, विकास, उपयोग र सम्भार

(लोकसेवा आयोगको शाखा अधिकृत (अप्राविधिक)को पाठ्यक्रममा दोश्रो पत्र शासन प्रणाली (Governance System) को खण्ड (घ) अन्तर्गत ४.१ सँग सम्बन्धित नोट)

४.१ मानव श्रोत व्यवस्थापन: प्राप्ति, विकास, उपयोग र सम्भार (Human Resource Management: procurement, development, utilization and maintenance)

{tocify} $title={Table of Contents}

मानव स्रोत व्यवस्थापन

  • HRM: संगठनका निर्धारित लक्ष्य र उद्देश्य हासिल गर्नका लागि जनशक्तिको प्राप्ति, विकास, उपयोग र सम्भार गर्ने व्यवस्थापकीय प्रक्रिया नै मानवस्रोत व्यवस्थापन (HRM) हो।
  • यसलाई मानवीय पूँजीको व्यवस्थापन, जनसाधनको व्यवस्थापन समेत भनिन्छ।
  • HRM, Pre-Recruitment देखि Post-Retirement (Pre-R to post-R) सम्मका कार्यहरुको व्यवस्थापन हो।

विशेषता/ आवश्यकता/ महत्त्व

  • जनसाधनलाई व्यवस्थापन गर्ने कला र विज्ञान हो,
  • सबै तह र श्रेणीका जनसाधनका लागि उपयोगी,
  • निरन्तर र परिवर्तनशील प्रक्रिया,
  • सेवामूलक कार्य,
  • ऐन, नियमको पालना,
  • अन्तरसम्बन्धित विषय,
  • नतिजामा जोड,
  • मानवीय पक्षसँग सम्बन्धित / मानवीय सम्बन्धलाई सुदृढ पार्ने दर्शन,
  • एकीकृत अवधारणा,
  • परिवेश (Context) र पर्यावरण (Ecology) सँग अन्तरसम्बन्ध कायम गर्न सक्ने जनशक्तिमा रूपान्तरण गर्ने उद्देश्य,
  • संगठनको आवश्यकता पूर्ति गर्न सक्ने सक्षम मानवस्रोतको प्रवन्ध गर्न,
  • आर्थिक / वित्तीय, भौतिक स्रोतसाधनको समुचित व्यवस्थापन गरी सांगठनिक लक्ष्य हासिल गर्न,
  • जनशक्तिको सशक्तिकरण र विकास गर्न,
  • मानवस्रोतलाई उत्प्रेरित र मनोवलयुक्त तुल्याउन,
  • मानवस्रोतको परिचालन र व्यवस्थापनलाई पूर्वानुमानयोग्य तुल्याउन।

आधारभूत पक्ष / कार्यहरू :

(क) प्राप्ति (Acquisition):

  • संगठनलाई आवश्यक जनशक्तिको परिपूर्ति गर्ने कार्य,
  • यस अन्तर्गत pre-Recruitment to socialization सम्मका क्रियाकलापहरू पर्दछन्।

१. भर्ना:

  • संगठनलाई आवश्यक पर्ने जनशक्तिको योग्यता, उमेर, अनुभव र संख्यासमेत निर्धारण गरी Demand forecasting गर्ने र सोहिअनुसार योग्य व्यक्तिहरूलाई सूचित (आवेदन माग) गर्ने कार्य।
  • भर्नाका लागि आन्तरिक वा खुला प्रक्रिया अवलम्बन गर्न सकिन्छ।

२. छनौटः

  • आवेदन गर्ने व्यक्तिमध्येबाट विभिन्न जाँच/ परीक्षणको माध्यमद्वारा सबैभन्दा उपयुक्त उम्मेदवार चुन्ने प्रक्रिया।
  • छनौटका लागि लिखित परीक्षा, प्रयोगात्मक परीक्षा, व्यवहारको परीक्षण, मनोविज्ञानको परीक्षण, अन्तरवार्ता जस्ता विभिन्न विधि र पद्धतिहरु अवलम्वन गरिन्छ।

३. नियुक्ति:

  • छनौट भएका उत्कृष्ट व्यक्तिलाई निर्धारित पदमा  बहाल गर्ने प्रक्रिया।

४. सामाजिकीकरण:

  • संगठनका कर्मचारी, संगठनको कार्य वातावरणसँग नयाँ कर्मचारी परिचित हुने प्रक्रिया नै सामाजिकीकरण हो।
  • यसबाट संगठनका मूल्य, मान्यता तथा विश्वास नयाँ कर्मचारीले बुझ्न र स्वीकार गर्न सुरु गर्दछ।

(ख) विकास (Development):

सांगठनिक आवश्यकता र पद्धति अनुसार मानवसाधनको क्षमता, दक्षता, सीप, ज्ञान अभिवृद्धि गर्ने कार्य;
१. तालिम: सेवा प्रवेश तालिम, सेवाकालीन तालिम
२. भ्रमण, अध्ययन, अनुसन्धान
३. सीप विकास: प्रविधि सीप, व्यवस्थापन सीप तथा व्यक्तित्व विकास
४. वृत्ति विकासका अवसरः सरुवा, बढुवा, नयाँ जिम्मेवारी

(ग) उपयोग (Utilization):

सांगठनिक लक्ष्य अनुरूप विकास गरिएका मानवस्रोतको प्रयोग र परिचालन गर्ने कार्य नै उपयोग हो।
१. उपयुक्त पदस्थापन: Right man in Right place, रुचि, चाहना, दक्षता, अनुभव अनुसार पदस्थापन गर्ने।
२. कार्य विवरण र कार्य जिम्मेवारी (Job description & Job Assignment): काम, कर्तव्य र अधिकार, कार्यसम्पादन सूचक, साधन स्रोत र पर्याप्त जनशक्तिको व्यवस्था गर्ने।
३. कार्य पुष्टिकरण (Job Enrichment): कार्यवातावरण, कार्यशैली र कार्यप्रक्रियामा सुधार, नवीनतम प्रविधिको उपयोग, पद/जिम्मेवारीलाई सम्मानजनक बनाउने कार्य।
४. समूहगत कार्य (Team work): आत्मियता र अन्तक्रिया बढाउन, ज्ञान/सीपको साझेदारी अभिवृद्धि गर्न, कार्यप्रति अभिरुची सिर्जना गर्न, उत्पादकत्वमा वृद्धि गर्न।
५. सहभागिता (participation): संगठनका हरेक प्रक्रियामा सरोकारवालाको अर्थपूर्ण सहभागिताले पारदर्शिता र प्रभावकारिता प्रवर्द्धन हुन्छ। हरेक कर्मचारीलाई संगठनका सबै क्रियाकलापसँग साक्षात्कार हुने अवसर प्रदान गरेमा उनीहरूको अनुभव, ज्ञान/ सीप, दक्षता अभिवृद्धि हुन्छ।
६. कार्यसम्पादन मूल्यांकन: सम्पादित कार्यको मूल्यांकन गरी राम्रो गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने।
७. व्यवस्थापन सम्झौता (Management contract): समयसीमा (Time frame) भित्र निर्धारित लक्ष्य पूरा गर्न प्रोत्साहनको व्यवस्थाले उत्पादकत्वमा वृद्धि हुन्छ।

(घ) सम्भार (Maintenance):

आफ्नो क्षमताको प्रयोग गर्दै मानवस्रोतलाई संगठनप्रति संवेदनशील, कार्यप्रति लगाव, उर्जाशील, उत्पादनशील तथा उत्प्रेरित गराउँदै संगठनमा बढी योगदान दिने बनाउन गरिने कार्य नै सम्भार हो।
१. पर्याप्त सेवा, सुविधाहरू : मौद्रिक तथा गैरमौद्रिक,
२. उपयुक्त कार्य वातावरणः दवाव र प्रभावमुक्त,
३. उत्प्रेरणा र मनोबल,
४. प्रभावकारी सञ्चार र समन्वय,
५. सुस्पष्ट वृत्ति विकास पद्धति,
६. प्रतिभा व्यवस्थापन,
७. पुरस्कार/ सम्मान,
८. पेशागत सुरक्षा (Job Security)।

मानव स्रोत व्यवस्थापनका आयामहरू

(क) सक्षमता (competency)
(ख) व्यवसायिकता (professionalism)
(ग) नैतिकता (Ethics)
(घ) वृत्ति व्यवस्थापन र नेतृत्व विकास (Career management leadership development)
(ङ) श्रम सम्बन्ध (Labor Relation)

नेपालमा मानवस्रोत व्यवस्थापन (HRM)

सवल पक्ष (Strengths)

प्राप्ति

  • योग्यता प्रणाली (Meritocratic system) मा आधारित भर्ना,
  • तल्ला तहमा खुला, माथिल्लो तहमा बन्द प्रणाली तथा छड्के प्रवेश,
  • योग्यलाई आकर्षण गर्ने सिद्धान्त,
  • प्रत्येक पदमा वार्षिक विज्ञापन,
  • छनौटमा प्रतियोगितात्मक परीक्षा र अन्तरवार्ताको व्यवस्था,
  • स्वतन्त्र संवैधानिक निकाय (लोकसेवा आयोगको व्यवस्था)।

विकास

  • कर्मचारीलाई स्वदेश/ विदेश तालिम, अध्ययन र भ्रमणको अवसर,
  • पेशागत सीप अभिवृद्धि कार्यक्रम,
  • सेवाकालीन तालिम तथा अधिकृत स्तरमा सेवा प्रवेश तालिम।

उपयोग

  • कर्मचारीको ज्ञान, अनुभव र रुचिका आधारमा पदस्थापन,
  • कार्यविवरण (Job description) लागु,
  • Team work पद्धतिलाई अनुशरण,
  • निर्णय प्रक्रिया र कार्यसम्पादनमा सहभागितामूलक प्रणाली।

सम्भार

  • तलवभत्ता पुनरावलोकन (periodic review) को व्यवस्था,
  • कार्यसम्पादनमा आधारित तलव (performance based pay) को सुरुवात,
  • सामुहिक सौदावाजी (collective bargaining) सहित ट्रेड युनियन अधिकार,
  • निजामती सेवा पुरस्कारको व्यवस्था,
  • उपचारखर्च, बीमा सुविधा, सञ्चयकोष,
  • वृत्तिविकासका अवसर,
  • अवकासपछि उपदान/ निवृत्तिभरणको व्यवस्था।

दुर्बल पक्ष (weakness)

प्राप्ति:

  • समय मै पदपूर्ति नहुनु,
  • रिक्त पदको यथार्ध विवरण नहुनु,
  • Positive Recruitment System (Talent Hunt) छैन,
  • वैज्ञानिक तथा व्यवहारिक पाठ्यक्रमको अभाव,
  • राजनीतिक अस्थिरताले पदपूर्तिमा अवरोध ल्याउने (लोकसेवा पदाधिकारी विहिन हुनु, समयमा रिक्त पदको विवरण नपठाउनु)

विकासः

  • कार्य विशिष्टिकरण अनुसार फरक तालिम हुनुपर्नेमा एकै किसिमको हुनु,
  • सेवा प्रवेश तालिम प्रयोगात्मक नभई सैद्धान्तिक मात्र, सेवाकालिन तालिम अनिवार्य नभई स्वैच्छिक,
  • स्थानीय सेवाका कर्मचारीलाई सेवाप्रवेश/ सेवाकालीन तालिम नदिइएको,
  • कार्यसम्पादन मूल्यांकन प्रक्रियामा मात्रै सीमित,
  • अध्ययन भ्रमण, अध्ययन अनुसन्धानका अवसरमा असमानता, पूर्वानुमानयोग्य छैन, पहुँचवालाले हालीमुहाली छ।

उपयोगः

  • Right man in Right place को अवधारणा लागु छैन, 
  • Human potentiality लाई उपयोग गरिदैन,
  • Job enrichment को अवस्था कमजोर छ,
  • Human value add हुन सकेको छैन,
  • स्पष्ट कार्यविभाजन, कार्यविवरण र जिम्मेवारीको अभाव,

सम्भारः

  • सेवा सुविधा (मौद्रिक /गैरमौद्रिक) न्यून छ,
  • Performance based pay & Incentive सबैतिर लागू छैन, भएकोमा पनि प्रभावकारी छैन,
  • निजामती सेवा पुरस्कार समेत स्वविवेकमा आधारित,
  • उत्प्रेरणा र मनोबलका पक्ष कमजोर।

Post a Comment

0 Comments