Advertisement

EROPA ६७ औं General Assembly तथा Conference

  • Eastern Regional Organization for Public Administration (EROPA) पूर्वी क्षेत्रीय मुलुकका मुख्यतः एशीया र प्यासिफिक क्षेत्रका विकासशील मुलुकहरुको प्रशासनमा देखा परेका समस्या समाधानको खोजी एवम्‌ प्रशासनलाई थप जिम्मेवार र उत्तरदायी बनाउने उद्देश्यले फिलिपिन्सको, मनिलामा सन्‌ १९५८ मा स्थापित संस्था हो। 
  • EROPA ले प्रत्येक वर्ष आफ्ना सदस्य मुलुकहरूमा कार्यकारी परिषद्‌ (Executive Council) र महासभा (General Assembly) को बैठक र सम्मेलनको आयोजना गर्दै आइरहेको छ। 
  • प्रत्येक बैठक तथा सम्मेलनहरुमा नेपालले सहभागिता जनाउनुका साथै यस अघि दुई पटक सन्‌ १९८९ र सन्‌ २०१० मा EROPA सम्मेलनको आयोजना समेत गरिसकेको छ।
  • नेपाल सरकारले यस वर्ष मिति २०७९ भदौ २९ र ३० (तद्नुसार १४-१५ सेप्टेम्बर २०२२) मा भर्चुअल माध्यमबाट EROPA अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको छ। 
  • "Governance and Public Administration in COVID-19 Pandemic: Learning, Innovations, and Reforms in Managing Global Changes" विषयक ६७ औं General Assembly and Conference मा विभिन्न १७ मुलुकका ४० विषयविज्ञ सहित नेपालका ७ जना Plenary Speakers नेपाल सहित विश्वभरका ५० भन्दा बढी सोधकर्ताबाट प्रस्तुतीकरण हुनेछ। 

Post a Comment

0 Comments