Advertisement

गोरखापत्र वस्तुगत, २० वैशाख २०८०

  १. एसीसी प्रिमियर कप क्रिकेट २०२३ को उपाधि कसले जित्यो?

नेपाल

  • २०२३ अप्रिल १८ देखि मार्च २ सम्म नेपालमा सम्पन्न एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको। फाइनल खेलमा नेपालले युएईलाई ७ विकेटले हराउँदै उपाधि उचालेको। 
  • कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएईले ३३.१ ओभरमा सबै विकेट गुमाएर नेपाललाई ११८ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा आएको नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टायो। 
  • नेपाली खेलाडी गुलशन झा र भीम सार्कीले अविजित ९६ रनको साझेदारी गरेका थिए। झाले ८४ बलमा ६७ रन बनाए भने सार्कीले ७२ बलमा ३६ रन बनाए। यस्तै नेपालका कुशल भुर्तेल एक, आसिफ शेख आठ र कप्तान रोहितकुमार पौडेल एक रनमा आउट भएका थिए। युएईका रोहन मुस्ताफाले दुई र आयन अफजल खानले एक विकेट लिएका थिए।
  • मार्च १ मा वर्षाले खेल स्थगित भएपछि मार्च २ मा खेललाई निरन्तरता दिइएको थियो। मार्च १ मा सुरु खेलमा नेपालले टस जितेपछि ब्याटिङमा आएको युएईले २७.३ ओभरमा ९ विकेट गुमाई १०६ रन बनाएको अवस्थामा वर्षा सुरु भई खेल अवरुद्ध हुन पुगेको थियो। त्यही स्कोरबाट सुरु गरेको युएई ५.४ ओभर मात्र टिक्न सक्यो र टोलीले ११ रन थप्यो।
  • यस प्रतियोगितामा कुल १० राष्ट्रको सहभागिता थियो। जसमा समूह ‘ए’अन्तर्गत नेपाल, ओमन, मलेसिया, साउदी अरब र कतार तथा समूह ‘बी’ तर्फ युएई, कुवेत, हङकङ, बहराइन र सिङ्गापुर थिए। 

२. केन्द्रीय तथ्याङ्क विभागको नाम परिवर्तन गरी के बनाइएको छ?

राष्ट्रिय तथ्याङ्क कार्यालय (वि.सं. २०७९ कात्तिक ३)

  • तथ्याङ्क ऐन, २०७९ अनुसार तथ्याङ्क सङ्कलन, प्रशोधन, भण्डारण, प्रकाशन तथा वितरणको जिम्मा पाएको यो कार्यालयलाई विधिवत रूपमा ‘राष्ट्रिय तथ्याङ्क कार्यालय’ नामकरण गरिएको। 
  • राष्ट्रिय योजना आयोग मातहत रहेको सो निकाय प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयअन्तर्गत रहने ।
  • राष्ट्रिय योजना आयोगअन्तर्गत रहे पनि तथ्याङ्क विभाग प्राविधिक रूपले स्वायत्त निकायका रूपमा स्थापित भएको सम्बन्धित अधिकारीहरूको भनाइ रहेको । 
  • साबिक केन्द्रीय तथ्याङ्क विभागको स्तरोन्नतिबाट सचिवको दरबन्दी कायम गरिएसँगै नेपालको पहिलो प्रमुख तथ्याङ्क अधिकारीका रूपमा नेपाल सरकारका सचिव रामप्रसाद थपलिया (२०७९ फागुन २९)ले जिम्मेवारी पाएका।
  • तथ्याङ्क ऐन, २०१५ लाई विस्थापित गराउँदै ल्याइएको ऐनअनुसार सहसचिव स्तरका महानिर्देशकले गर्दै आएको विभागको नेतृत्व प्रकाशकीय प्रमुखका रूपमा सचिवले गर्ने व्यवस्था गरिएको। 

३. प्रतिनिधि सभा सदस्य उपनिर्वाचन कहिले सम्पन्न भएको हो? 

वि.सं. २०८० वैशाख १०

  • वि.सं. २०८० वैशाख १० मा सम्पन्न प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको तीन निर्वाचन क्षेत्रमध्ये दुई क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार निर्वाचित भएका। 
  • चितवन क्षेत्र नं. २ बाट सो दलका सभापति रवि लामिछाने र तनहुँ–१ बाट सोही दलका उम्मेदवार डा. स्वर्णिम वाग्ले निर्वाचित भएका। 
  • रवि लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरेका। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २१४ मत प्राप्त गरेका । लामिछाने आफ्ना निकटतम प्रतिद्वन्द्वीसँग ४२ हजार ९६२ मतान्तरले निर्वाचित भएका। ४ मङ्सिरको चुनावमा सबैभन्दा धेरै मतान्तरले सांसद चुनिएका लामिछाने अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरी चुनाव लडेका कारण १३ माघमा पदमुक्त भएका। 
  • निर्वाचन आयोगका अनुसार तनहुँ क्षेत्र नं. १ मा स्वर्णिम वाग्लेले ३४ हजार ९१९ मत तथा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गरेका। 
  • बारा क्षेत्र नं. २ बाट जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव विजयी भएका। पाँचदलीय गठबन्धनका साझा उम्मेदवार यादवले २८ हजार ४१५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले २३ हजार ३३४ मत प्राप्त गरेका। 

४. राहदानी विभागका अनुसार कहिलेसम्ममा सबैको हातमा ई–पासपोर्ट पु-याउने लक्ष्य रहेको छ? 

  • सन् २०३०

५. सरकारले सार्वजनिक प्रशासनलाई चुस्त एवं प्रभावकारी बनाउने उद्देश्यका साथ कति वर्षे रणनीतिक योजना सार्वजनिक गरेको छ? 

  • १० वर्षे (वि.सं. २०७७ चैत २५ मा)

६. सबैभन्दा बढी विप्रेषण भित्र्याएबापत राष्ट्र बैङ्कबाट सम्मानित (वि.सं. २०८० वैशाखमा) वाणिज्य बैङ्क कुन हो?

हिमालयन बैङ्क

  • वाणिज्य बैङ्कहरूमध्ये सबैभन्दा बढी विप्रेषण भित्र्याउन सफल। 
  • बैङ्कले आ.व. २०७८÷७९ मा कुल विप्रेषणको १६.९० प्रतिशत रकम भिœयाएको। 
  • विगत लामो समयदेखि हिमाल रेमिटमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको। 

७. चलचित्र पत्रकार सङ्घ नेपालले ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८०’बाट कसलाई सम्मानित गर्‍यो?

शान्तिप्रिय (पुरस्कार राशि रु. ५५,५५५।–)

  • राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान (२०८०) : पत्रकार तुलसी गिरी भावुक र श्रीराम सिग्देल
  • राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार (२०८०) : कुवेर डङ्गोल र दीपज्योति थापा
  • राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार : सृष्टि पोखरेल 
  • राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार (मोफसल) : रवि अधिकारी

८. विश्वको सबैभन्दा अग्लो मूर्ति कुन हो? 

स्टेच्यु अफ युनिटि (भारत) (उचाइ : १८२ मिटर (५९७ फिट)

  • आइरन म्यान अफ इन्डिया भनेर चिनिने स्वतन्त्र भारतका प्रथम उपप्रधानमन्त्री एवं गृहमन्त्री सरदार बल्लभभाइ पटेलको उक्त मूर्ति विश्वकै अग्लो मूर्तिका रूपमा रहेको। 
  • मूर्ति गुजरात राज्यको नर्वदा नदीमा बाँध बनाउँदा बनेको ठूलो तलाउ सरदार सरोवरको निकटमा रहेको। 
  • मूर्तिका डिजाइनर राम भि. सुतार रहेका। 
  • मूर्तिको निर्माण अवधि सन् २०१३ अक्टोबर–२०१८ अक्टोबर रहेको।

९. बिम्स्टेकको हालका महासचिव को हुन्?

तेन्जिन नेकफेल (भुटान)

  • उनी सन् २०२० नोभेम्बर ६ मा नियुक्त भएका । 
  • बिम्स्टेक महासचिवको कार्यकाल तीन वर्षको हुने ।
  • सचिवालय बङ्गलादेशको ढाकामा रहेको ।

बिम्स्टेकको हालसम्मका महासचिवहरू (३ जना)

  • सुमिथ नाकान्दाला (श्रीलङ्का): २०१४ अगस्ट १० - २०१७ सेप्टेम्बर १४
  • सहिदुल इस्लाम (बङ्गलादेश): २०१७ सेप्टेम्बर २१ - २०२० सेप्टेम्बर २०
  • तेन्जिन लेकफेल (भुटान): २०२० नोभेम्बर ६-हालसम्म

१०. नेपालमा लेखक दिवस कहिले मनाइन्छ?

वैशाख १६

  • वि.सं. २०८० देखि मनाउन सुरु गरिएको।

११. पूर्वी नवलपरासीको गैँडाकोटस्थित मौलाकाली केबलकारको औपचारिक रूपमा उद्घाटन कहिले गरिएको हो?

  • वि.सं. २०८० वैशाख १८ (वि.सं. २०७० वैशाख १ मा परीक्षण सञ्चालनमा ल्याइएको ।)

१२. सरकारले अयोग्य लडाकुलाई दुई–दुई लाख रुपियाँँ राहत दिने कार्यविधि कहिले पास गरेको हो?

वि.सं. २०८० वैशाख ६

  • कार्यविधिअनुसार पहिलो चरणमा अयोग्य लडाकु पहिचान गरिने। 
  • लडाकु पहिचान गर्ने जिम्मा सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई दिइने।
  • पहिचान भएका लडाकुको विवरण गृह मन्त्रालयमा पठाइने र विवरणअनुसार सम्बन्धित जिल्ला प्रशासन कार्यालयले अयोग्य लडाकुलाई राहत रकम उपलब्ध गराउने। 
  • अयोग्य लडाकु पहिचानको आधार अनमिनले तयार गरेको प्रतिवेदनलाई मानिने।

१३. वसुन्धराश्री पुरस्कार, २०८० बाट सम्मानित व्यक्तित्व को हुन्?

डा. सन्दुक रुइत

  • यस पुरस्कारको राशि ७५ हजार रुपियाँ रहेको। 
  • पहिलो पटक यो पुरस्कार राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई प्रदान गरिएको। त्यस्तै मानश्री पुरस्कार, २०८० महावीर पुनलाई प्रदान गरिएको।
  • वसुन्धरा मान प्रतिष्ठानद्वारा प्रदान गरिने दुवै पुरस्कारको राशि ७५ हजार रुपियाँ रहेको। 

१४. १५औँ आवधिक योजना (२०७६/७७–२०८०/८१) को मध्यावधि समीक्षाअनुसार लक्ष्य पूरा हुन कठिन देखिएको क्षेत्र कुन हो?

सुशासन 

  • आवधिक योजनाको मध्यावधि समीक्षाले तीन आर्थिक वर्षसम्म चार लक्ष्य पूरा भएको, पाँच लक्ष्य प्राप्ति उन्मुख र एउटा लक्ष्य पूरा हुन कठिन रहेको देखिएको।

समीक्षामा राष्ट्रिय लक्ष्यका प्रगतिलाई हरियो, पहेँलो र रातो गरी तीन सङ्केत दिइएको। लक्ष्य प्राप्त गरेको (७५ प्रतिशत सूचकका लक्ष्य पूरा भएको)लाई हरियो, लक्ष्य प्राप्ति उन्मुख रहेको (५० प्रतिशत सूचकका लक्ष्य पूरा भएको)लाई पहेँलो र लक्ष्य प्राप्त गर्न कठिन (५० प्रतिशत सूचकको लक्ष्य प्राप्त गर्न कठिन) भएकोलाई रातो सूचक दिइएको। जसअनुसार १० राष्ट्रिय लक्ष्यमध्ये चारवटाले हरियो, पाँचवटाले पहेँलो र एउटाले रातो सङ्केत प्राप्त गरेका। 

  • हरियो : लक्ष्य प्राप्त गरेको (७५ प्रतिशत सूचकका लक्ष्य पूरा भएको)
  • पहेँलो : लक्ष्य उन्मुख रहेको (५० प्रतिशत सूचकका लक्ष्य पूरा भएको)
  • रातो : लक्ष्य प्राप्त गर्न कठिन (५० प्रतिशत सूचकहरूको लक्ष्य प्राप्त गर्न कठिन)

Post a Comment

0 Comments