Advertisement

गोरखापत्र वस्तुगत, ६ असार २०८०

१. युरोपेली च्याम्पियन्स लिग २०२३ को उपाधि जित्ने फुटबल क्लब कुन हो?

म्यान्चेस्टर सिटी

  • इङ्ग्लिस प्रिमियर लिग क्लव म्यान्चेस्टर सिटीले पहिलो पटक च्याम्यिन लिग उपाधि जितेको। 
  • यसअघि म्यान्चेस्टर सिटीले प्रिमियर लिग र एफए कप पनि हात पारेको। म्यान्चेस्टर सिटीले एकै सत्रमा तीन उपाधि जितेर म्यान्चेस्टर युनाइटेडले बनाएको इतिहासको बराबरी गरेको। म्यान्चेस्टर युनाइटेडले सन् १९९९ मा सो दुर्लभ उपाधि हासिल गरेको थियो।
  • इटालियन सिरी ‘ए’ क्लब इन्टर मिलानलाई १–० गोल अन्तरले पराजित गर्दै सिटीले क्लबको इतिहासमा पहिलो पटक यो उपाधि जित्न सफल भएको। 

२. विश्व खाद्य स्वच्छता दिवस कहिले मनाइन्छ?

जुन ७

  • सन् २०२३ को नारा : खाद्य पदार्थमा मापदण्ड, जीवनरक्षाको आधार स्तम्भ

३. नेपाल सरकारको मुख्य सचिवमा नियुक्त हुने व्यक्तित्व को हुनुहुन्छ?

डा. वैकुण्ठ अर्याल 

  • विसं २०८० जेठ ३२ को मन्त्रीपरिषद् बैठकले उहाँलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको ।
  • यसअघिका मुख्य सचिव शङ्करदास वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरिएको। वैरागी आगामी असोज १४ गते सेवाबाट अवकाश हुँदै हुनुहुन्थ्यो ।
  • विसं २०४६ माघमा नायब सुब्बा पदबाट निजामती सेवा सुरु गर्नुभएका अर्याल अधिकृत, उपसचिव, सहसचिव हुँदै २०७५ असार ३ गते सचिव पदमा बढुवा हुनुभएको थियो ।
  • डा. अर्यालको सचिव भएको पाँचवर्षे कार्यकाल २०८० असार २ गते सकिन लागेको थियो ।
  • उहाँले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालिसक्नु भएको।
  • उहाँ २०८२ साल कात्तिकसम्म मुख्य सचिव पदमा बहाल रहने।

४. बागमती प्रदेश सरकारद्वारा विसं २०८० जेठ ३२ मा सार्वजनिक बागमती प्रदेश आर्थिक सर्वेक्षण २०७९/८० अनुसार राष्ट्रिय कुल गार्हस्थ उत्पादनमा बागमती प्रदेशको हिस्सा कति रहेको छ?

३६.८० प्रतिशत

  • प्रदेशको कुल गार्हस्थ उत्पादन वृद्धि १.८ प्रतिशत रहने। 
  • राष्ट्रिय कुल गार्हस्थ उत्पादनमा बागमतीको हिस्सा ३६.८० प्रतिशत हुने अनुमान। 
  • राष्ट्रिय कृषि उत्पादनमा बागमतीको योगदान १७ प्रतिशत।

५. लोक सेवा आयोगको स्थापना कहिले भएको हो?

  • स्थापना: विसं २००८ असार १
  • ‘नेपाल पब्लिक सर्भिस कमिसन’ नामबाट २००८ साल असार १ गते लोक सेवा आयोगको विधिवत् स्थापना भएको ।
  • एक विशिष्टीकृत संवैधानिक निकाय, जसको गठन, काम, कर्तव्य र अधिकारका सम्बन्धमा नेपालको संविधानको भाग २३ अन्तर्गत धारा २४२ र २४३ मा व्यवस्था गरिएको ।
  • लोक सेवा आयोगमा अध्यक्ष र अन्य चार जना सदस्य गरी पाँच जना पदाधिकारी रहने ।
  • अध्यक्ष र सदस्यको पदावधि नियुक्ति भएको मितिले छ वर्षको हुने, पुनर्नियुक्ति हुन नसक्ने तर सदस्यलाई अध्यक्षको पदमा नियुक्ति गर्न भने सकिने।
  • पहिलो विज्ञापन प्रकाशन: विसं २००८ भदौ १८
  • अप्टिकल मार्क रिडर (OMR) प्रविधिबाट वस्तुगत बहुउत्तर उत्तर पुस्तिका परीक्षण सुरु : २०६९ भदौ ७
  • अनलाइन प्रणालीबाट दरखास्त सङ्कलन सुरु: २०७१ चैत २३
  • सुरक्षा निकाय, सङ्गठित संस्थाको पदमा पदपूर्तिका लागि लिखित परीक्षा सञ्चालन गर्ने जिम्मेवारी प्राप्त: विसं २०७२
  • उत्तर पुस्तिकाको दोहोरो परीक्षण सुरु: विसं २०७२ पुस ६
  • एसेसमेन्ट सेन्टर मेथोडोलोजी (ACM) परीक्षण प्रविधिको सुरुवात: विसं २०७३
  • रा.प. द्वितीय श्रेणी (उपसचिव) अप्रविधिक पदमा ‘इन बास्केट एक्सरसाइज’ परीक्षण सुरुवात: विसं २०७५
  • नेपालको संविधान अनुसार कार्यविधि व्यवस्थित गरी लोक सेवा आयोग ऐन, २०७९ जारी: २०७९ असार ३१
  • लोक सेवा आयोगको दोस्रो रणनीतिक योजना (२०७९/८०–२०८२/८४) कार्यान्वयन: विसं २०८०

६. ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका कहिले घोषित भएको हो?

विसं २०८० जेठ २७

  • खोप कार्यक्रम अन्तर्गत आधारभूत सूचकले पूर्णता पाएसँगै गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषित गरिएको।
  • त्यस्तै बाँकेका चार वटा (कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, डुडुवा गाउँपालिका र जानकी गाउँपालिका) पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषित भएका। 

७. इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको निधन कहिले भएको हो?

सन् २०२३ जुन १२

  • उनी चार पटकसम्म इटालीको प्रधानमन्त्री बनेका।

८. पुरुष टेनिस इतिहासमा सर्वाधिक २३ पटक ग्रान्डस्लाम विजेता बनी रेकर्ड कायम गर्न सफल खेलाडी को हुन्?

नोभाक जोकोभिक

  • जोकोभिकले राफेल नाडालको २२ ग्रान्डस्लामलाई पछि पार्दै २३ औँ पटक सो उपाधि जितेका।
  • यस सफलतासँगै पुरुष टेनिस विधामा जोकोभिकलाई सर्वकालीन महान् खेलाडीका रूपमा हेरिएको।

९. उपप्रधानमन्त्रीले को समक्ष शपथ लिनुपर्ने प्रावधान रहेको छ?

राष्ट्रपति 

१०. यु–२० विश्वकप २०२३ को विजेता राष्ट्र कुन हो?

उरुग्वे 

  • उरुग्वे इटलीको यु–२० फुटबल टोलीमाथि १–० को कठिन जित निकाली विश्व च्याम्पियन बनेको ।
  • खेल आयोजना : अर्जेन्टिना, सन् २०२३ मे २०–जुन ११ 
  • छ महादेशका २४ राष्ट्रको सहभागिता रहेको।
  • सहभागी राष्ट्रलाई छ समूहमा विभाजन गरिएको थियो।

११. नेपाल एयरलाइन्सको जहाजद्वारा मलेसिया–भैरहवा–काठमाडौँ व्यावसायिक उडान सुरु कहिले भएको हो?

  • विसं २०८० जेठ ३० (सन् २०२३ जुन १३)

१२. राजधानी काठमाडौँमा पहिलो राष्ट्रिय कफी सम्मेलनको आयोजना कहिले गरियो?

विसं २०८० असार २–५ 

  • नेपाल कफी व्यवसायी महासङ्घको आयोजनामा नेपाली कफीको आन्तरिक एवं बाह्य बजार प्रवर्धनका लागि राष्ट्रिय कफी सम्मेलन तथा प्रदर्शनी आयोजना भएको।

१३. महिला उद्यमी हरित औद्योगिक ग्राम कहाँ निर्माण गरिने भएको छ?

पाँचखाल (काभ्रे)

  • ५० रोपनी जग्गामा निर्माण हुन लागेको सो औद्योगिक ग्रामको निर्माण लागत ९६ करोड रुपियाँ हुने अनुमान।
  • सरकारले आव २०८०/८१ को बजेटमार्फत पार्क निर्माणका लागि ४१ करोड रुपियाँ विनियोजन गरेको।
  • लघु, साना तथा मझौला महिला उद्यमीका ५० वटा उद्योग ग्रामभित्र रहने बनाइएको।
  • स्थानीय उत्पादनलाई प्रशोधन, प्याकेजिङ र ब्रान्डिङ गरी राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउने गरी ग्राम निर्माण गर्न लागिएको।

१४. आफ्नो नीति तथा कार्यक्रममा एक घर, एक बाँदर पाल्ने कार्यक्रम ल्याउने स्थानीय तह कुन हो?

  • कालिञ्चोक गाउँपालिका (दोलखा)

१५. ‘हिति प्रणाली’ कृतिका लेखक पद्मसुन्दर जोशी हुन् भने ‘पानी घट्ट’ नामक कृतिका लेखक को हुन्?

  • सुरेश प्राञ्जली

१६. परराष्ट्र मन्त्रालयद्वारा पहिलो पटक परराष्ट्र सेवा दिवस कहिले मनाइएको हो?

विसं २०७९ जेठ १०

१७. संयुक्त राष्ट्रसङ्घद्वारा कुन दिनलाई सार्वजनिक सेवा दिवसका रूपमा मनाइन्छ?

जुन २३

१८. ब्रह्मान्डको पहिलो रङ्गीन तस्बिर कहिले सार्वजनिक गरिएको हो?

विसं २०२२ जुलाई ११

  • नासाका वैज्ञानिकहरूले जेम्सवेब स्पेस टेलिस्कोपबाट सो तस्बिर खिचेका।
  • नक्सामा ब्रह्माण्डमा रहेका ग्रहहरूबाट निस्किएका प्रकाश पनि तस्बिरमा देख्न सकिने।

१९. राष्ट्रिय जनगणना, २०७८ अनुसार बौद्ध धर्मावलम्बीको हिस्सा कति रहेको छ?

८.२१ प्रतिशत

धर्म अनुसार जनसङ्ख्या (प्रमुख १०)

२०. विसं २०८० मा प्रदान गरिने युगकवि सिद्धिचरण पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुन्?

डा. जयराज आचार्य (पुरस्कार राशि : रु. १ लाख)

  • डा. आचार्यलाई भाषा, साहित्य र कूटनीतिको क्षेत्रमा योगदान पु-याएबापत सो पुरस्कार प्रदान गरिएको।

२१. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार २०७९ फागुनसम्म विद्युत्को पहुँच पुगेको जनसङ्ख्या कति प्रतिशत रहेको छ?

९५ प्रतिशत

  • हालसम्म जडित विद्युत् क्षमता २०७९ असारको तुलनामा २१.७ प्रतिशत बढेर दुई हजार ६६६ मेगावाट पुगेको। 

२२. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार नेपालमा गरिबीको रेखामुनि रहेको जनसङ्ख्या कति प्रतिशत रहेको छ?

१५.१ प्रतिशत

  • त्यस्तै बहुआयामिक गरिबीको रेखामुनि १७.४ प्रतिशत जनसङ्ख्या रहेको । बहुआयामिक गरिबी ग्रामीण क्षेत्रमा २८ प्रतिशत र सहरी क्षेत्रमा १२.३ प्रतिशत रहेको । प्रदेशगत रूपमा सबैभन्दा बढी कर्णालीमा ३९.५ प्रतिशत जनसङ्ख्या बहुआयामिक गरिबीमा छ भने सबैभन्दा कम बागमतीमा मात्र ७ प्रतिशत जनसङ्ख्या बहुआयामिक गरिबीमा रहेको ।

२३. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार विसं २०७९ फागुन मसान्तसम्म देशभर कालोपत्रे सडकको लम्बाइ कति पुगेको छ?

१७,४८० किलोमिटर

  • २०७८/७९ सम्म कालोपत्रे सडकको लम्बाइ १७,२३२ किमी रहेको थियो ।
  • आव २०७९/८० को फागुनसम्म देशभर ग्राभेल सडकको लम्बाइ ७,९५६ किमी र कच्ची सडक ८६६४ किमी रहेको।
  • कालोपत्रे, ग्राभेल र कच्ची गरी देशभर सडकको लम्बाइ ३४,१०० किमी रहेको। गत असारसम्म कुल सडकको लम्बाइ ३३,९९६ किमी रहेको थियो। 

Post a Comment

0 Comments