Advertisement

गोरखापत्र वस्तुगत, ६ भदौ २०८०

१. फिफा महिला विश्वकप फुटबल प्रतियोगिता, २०२३ को उपाधि जित्ने राष्ट्र कुन हो?

स्पेन

  • इङ्ग्ल्यान्डलाई १–० गोल अन्तरले हराएर स्पेनले सो उपाधि जितेको।
  • महिला फुटबल विश्वकपमा स्पेन तेस्रो सहभागितामा नै उपाधि जित्न सफल भएको।
  • पुरुष र महिलातर्फ विश्वकप ट्रफी उचाल्ने जर्मनीपछि स्पेन दोस्रो राष्ट्र बनेको।
  • प्रतियोगितामा स्विडेन तेस्रो तथा अस्ट्रेलिया चौथो बनेको। 

विश्वकप सङ्क्षेप

  • सञ्चालन मिति : सन् २०२३ जुलाई २०–अगस्ट २०
  • आयोजना ; अस्ट्रेलिया र न्युजिल्यान्ड (संयुक्त रूपमा)
  • सर्वश्रेष्ठ खेलाडी : एटेना बोनमती (स्पेन)
  • गोल्डेन बुट : हिनाटा मियाजामा (जापान, पाँच गोल)
  • उत्कृष्ट गोलकिपर : मेरी इयप्र्स (इङ्ग्ल्यान्ड)
  • उदीयमान खेलाडी : साल्मा पारालुवेलो (स्पेन)
  • फेयर प्ले अवार्ड: जापान

२. सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर कति पुर्‍याएको छ?

रु. १७,३००

  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ अनुसार २०८० साउन १ बाट लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको।
  • यसअघि श्रमिकको मासिक न्यूनतम पारिश्रमिक १५ हजार रुपियाँ रहेको थियो। 
  • अहिले आधारभूत पारिश्रमिक १० हजार ८२० र महँगी भत्ता छ हजार ४८० रुपियाँ गरी १७ हजार ३०० रुपियाँ पुर्‍याइएको। यसअघि आधारभूत पारिश्रमिक नौ हजार ३८५ र महँगी भत्ता ५,६१५ रुपियाँ रहेको थियो।
  • श्रमिकको दैनिक पारिश्रमिक ६६८ रुपियाँ पुगेको । यसअघि यो ५७७ रुपियाँ थियो।
  • आंशिक समय मात्र काम गर्ने कामदारको अब न्यूनतम पारिश्रमिक ९५ (यसअघि ७७ रुपियाँ रहेको) रुपियाँ प्रतिघण्टा पुगेको।
  • चिया बगानका श्रमिकको मासिक पारिश्रमिक रु. १३,८९३ (यसअघि १२,०८१ रहेको) । चिया बगानका श्रमिकको दैनिक पारिश्रमिक ६६ रुपियाँ (यसअघि ५७ रुपियाँ) पुगेको। 
  • यसअघि सरकारले २०७८ सालमा श्रमिकको पारिश्रमिक निर्धारण गरेको थियो।
  • श्रम ऐन, २०७४ ले श्रमिकको न्यूनतम पारिश्रमिक हरेक दुई/दुई वर्षमा निर्धारण हुने व्यवस्था गरेको छ।
  • श्रम ऐन, २०७४ लागु भएपछि पहिलो पटक विसं २०७५ मा श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गरिएको थियो।

३. नेपाल राष्ट्र बैङ्कका अनुसार आर्थिक वर्ष २०७९/८० मा मुद्रास्फीति कति रहेको छ?

७.७४ प्रतिशत

  • अघिल्लो आवमा यस्तो मुद्रास्फीति ६.३२ प्रतिशत थियो।

४. राष्ट्रिय साइबर सुरक्षा नीति २०८० अनुसार विश्वव्यापी साइबर सुरक्षा सूचकाङ्कमा नेपालको स्कोर आगामी पाँच वर्षमा कति पुर्‍याउने लक्ष्य छ?

  • ६०

५. योगमाया राष्ट्रिय पुरस्कार–२०८० कसलाई प्रदान गरियो?

  • पवन आलोक

६. फादर अफ हिमालयन स्टडिज भनी कसलाई चिनिन्छ?

  • ब्रायड हड्सन

७. अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०२३ को आयोजना कहाँ गरिने भएको छ?

दुबई (युएई)

  • आयोजना मिति : विसं २०८० फागुन १–३ गतेसम्म

८. नेपाल राष्ट्र बैङ्कका अनुसार २०८० असार मसान्तसम्म प्रत्येक नेपालीको भागमा ऋणभार कति पुगेको छ?

रु. ७६,०६९

  • नेपाल सरकारले तिर्न बाँकी कुल ऋण २२ खर्ब १८ अर्ब ५४ करोड रुपियाँ पुगेको।
  • तिर्न बाँकी ऋणमध्ये बाह्य ऋण १० खर्ब ९३ अर्ब ३५ करोड रुपियाँ र आन्तरिक ऋण ११ खर्ब २५ अर्ब १९ करोड रुपियाँ रहेको।
  • आव २०७९/८० मा कुल सार्वजनिक ऋणको कुल गार्हस्थ उत्पादनसँगको अनुपात ४१.२ प्रतिशत पुगेको । अघिल्लो वर्ष यस्तो अनुपात ४०.७ प्रतिशत थियो।

नेपाल राष्ट्र बैङ्कका अनुसार नेपालले तिर्न बाँकी कुल ऋण 

  • आव २०७७/७८ मा रु. १७ खर्ब ३५ अर्ब दुई करोड र आव २०७८/७९ मा रु. २० खर्ब १० अर्ब १३ करोड

९. नेपालका सामानहरू सबैभन्दा बढी निकासी हुने राष्ट्र कुन हो?

  • भारत

१०. नेपालमा पानी जहाज कार्यालयको स्थापना कहिले गरिएको हो?

  • विसं २०७५ फागुन २ (एकान्तकुना, ललितपुर)

११. एसियन अवार्डको फिलान्थ्रोपिस्ट अफ दि इयर २०२३ बाट सम्मानित हुने नेपाली को हुन्?

विनोद चौधरी

  • एसियन अवार्डले व्यवसाय, कला, प्रविधि, राजनीति, खेलकुद र समाज सेवामा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तिलाई सम्मान गर्दै आएको। 

१२. पद्मश्री साहित्य पुरस्कार–२०७९ को छनोटमा परेका पाँच कृति कुन–कुन हुन्?

  • सुविन भट्टराईको ‘इजोरिया’, विवेक ओझाको ‘ऐँठन’, डा. देवीप्रसाद सुवेदीको ‘मनु’, प्रदीप रोदनको ‘मफलर’ र डा. नवराज केसीको ‘शून्यको मूल्य’ 
  • यसअघि प्रतिष्ठानले १८० पुस्तकमध्येबाट १५ वटा पुस्तक छानेर उत्कृष्ट विस्तारित सूची सार्वजनिक गरेको थियो । त्यसमध्ये पाँच पुस्तक सर्टलिस्टमा परेका। यसैमध्येबाट एक पुस्तकले पद्मश्री पुरस्कार प्राप्त गर्ने । 
  • प्रतिष्ठानले २०६३ देखि पद्मश्री पुरस्कार प्रदान गर्दै आएको।

१३. नेपालले बिप्पा सम्झौता गरेका देशको सङ्ख्या कति रहेको छ? 

  • दोहोरो कर मुक्ति सम्झौता गरेका देशको सङ्ख्या ११ रहेको।

१४. नेपालले बिप्पा र दोहोरो करमुक्ति सम्झौता गरेका मुलुक कुन–कुन हुन्?

भारत र मौरिसस

१५. ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् २०२३ मा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपाल कति औँ स्थानमा रहेको छ?

११० औँ

  • सन् २०२१ मा नेपाल ११७ औँ स्थानमा रहेको। प्रतिवेदन अनुसार नेपालले भ्रष्टाचार न्यूनीकरणमा झिनो सुधार गरेको देखिएको। 
  • नेपालले सन् २०२२ मा ३४ अङ्क प्राप्त गरेको, जुन सन् २०२१ को भन्दा एक अङ्क बढी हो। 
  • प्रतिवेदन अनुसार सबैभन्दा कम भ्रष्टाचार हुने राष्ट्र डेनमार्क रहेको छ भने सूचीको अन्तिम स्थानमा अर्थात् सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा सोमालिया (१८० औँ) रहेको।

१६. नेपालमा स्वास्थ्य बिमा कार्यक्रम कहिलेदेखि लागु भएको हो?

विसं २०७२ चैत २५

१७. नेपालमा टिप्पणी उठाई निर्णय गर्ने पद्धतिको सुरुवात कहिलेदेखि भएको हो?

विसं २००८

१८. विश्वको सबैभन्दा अग्लो होटल कुन हो?

जे होटल (चीन)

  • चीनको साङ्घाईमा रहेको यो होटल ६३२ मिटर अग्लो रहेको।
  • यो होटल सन् २०२१ जुन १९ देखि सञ्चालनमा आएको।

१९. अन्तर्राष्ट्रिय विकास सहायता परिचालन नीति कार्यान्वयन समितिको अध्यक्ष को हुने व्यवस्था छ?

अर्थमन्त्री

२०. मेरो भ्वाइस युनिभर्स–२०२३ को उपाधि जित्ने प्रतिभा को हुन्?

प्रितम राई (पुरस्कार : रु. एक करोड)

  • सिक्किमका राईले नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’ को उपाधि जितेका। 
  • त्यसै गरी मेरो डान्स युनिभर्सको उपाधि खुसी कार्कीले जितेकी। 

मेरो भ्वाइस युनिभर्स

  • विजेता: प्रितम राई, भारत (पुरस्कार : रु. एक करोड)
  • फर्स्ट रनर्स अप: शिशिर ठटाल, भारत (पुरस्कार : रु. ३० लाख)
  • सेकेन्ड रनर्स अप: शरद हुमागाईं, नेपाल (पुरस्कार : रु. २० लाख) 
  • थर्ड रनर्स अप: परेश राई, नेपाल (पुरस्कार : रु. १० लाख)
  • फोर्थ रनर्स अप: साइराज खाती, भारत (पुरस्कार : रु. पाँच लाख)

मेरो डान्स युनिभर्स 

  • विजेता: खुसी कार्की (पुरस्कार : रु. एक करोड)
  • फर्स्ट रनर्स अप: देवी गर्बुजा मगर, बेल्जियम (पुरस्कार : रु. ३० लाख)
  • सेकेन्ड रनर्स अप: मिङमा डी लेप्चा, भारत (पुरस्कार : रु. २० लाख)
  • थर्ड रनर्स अप: स्वस्तिक परियार, नेपाल (पुरस्कार : रु. १० लाख)
  • फोर्थ रनर्स अप: नेसन सुस्लिङ मगर, नेपाल (पुरस्कार : रु. पाँच लाख)

समूह नृत्यतर्फ 

  • विजेता: नेपाल प्रहरी (पुरस्कार : रु. २० लाख)
  • फस्ट रनर्स अप: धरान नृत्य कला प्रतिष्ठान (पुरस्कार ; रु. १० लाख)
  • सेकेन्ड रनर्स अपः भारती कल्चरल ग्रुप (पुरस्कार : रु. पाँच लाख)

२१. युनेस्कोको विश्व सम्पदा समितिले काठमाडौँ उपत्यकाको सम्पदा क्षेत्रलाई खतराको सूचीबाट कहिले हटाएको हो?

सन् २०२१ जुलाई 

  • सन् २०२१ जुलाई १७ देखि २१ सम्म चलेको समितिको बैठकले उपत्यकाको सम्पदालाई खतराको सूचीबाट हटाउने निर्णय गरेको।
  • युनेस्कोले भूकम्पलगत्तै सन् २०१५ मा उपत्यकाको सम्पदालाई खतराको सूचीमा राखेको थियो।
  • युनेस्कोमा हाल १९४ सदस्य राष्ट्र रहेका । साथै कार्यसमिति २१ सदस्यीय रहेको।

२२. जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता अनुमोदन गर्ने पहिलो सार्क राष्ट्र कुन हो?

माल्दिभ्स

  • नेपालले सन् २०१६ अक्टोबर २४ मा यो सम्झौता अनुमोदन गरेको।

Post a Comment

0 Comments