Advertisement

गोरखापत्र वस्तुगत, १० साउन २०८०

१. सन् २०२३ जुलाईमा प्रकाशित हेनेली पासपोर्ट इन्डेक्स २०२३ अनुसार पहिलो स्थानमा रहेको राष्ट्र कुन हो? 

  • पहिलो राष्ट्र सिङ्गापुर अन्तिम राष्ट्र सोमालिया
  • सो सूची अनुसार नेपाल ९९ औँ स्थान (३८ राष्ट्रमा पहुँच) मा रहेको छ। 

२. २०८० असारमा प्रदान गरिएको हेमबहादुर मल्ल सम्मान–२०७८ बाट सम्मानित हुने व्यक्तित्व को हुनुहुन्छ?

  • भानुप्रसाद आचार्य
  • त्यस्तै २०७७ सालको हेमबहादुर मल्ल सम्मान गोरक्षबहादुर न्हुच्छे प्रधानलाई प्रदान गरिएको छ।
  • सम्मानको राशि जनही दुई लाख रुपियाँ रहेको छ।

३. काठमाडौँ उपत्यकाभित्र द्रुत बस सेवा कहिलेदेखि सञ्चालन गर्ने निर्णय भएको छ?

  • विसं २०८० असोज १
  • भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले विसं २०८० साउन ४ मा सो निर्णय गरेको हो।
  • यातायात व्यवस्था विभागको टोलीले तयार पारेको कार्ययोजना अनुसार ‘डेडिकेटेड लेन’ मा (बस र्‍यापिड ट्रान्जिट–बिआरटी) अर्थात् द्रुत बस सेवा सञ्चालन गरिने छ।
  • पहिलो चरणमा भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म सञ्चालन हुनेछ।

४. केन्द्रीय कार्यसमितिको बैठक लाइभ गर्ने नेपालको पहिलो राजनीतिक पार्टी कुन हो?

  • नेपाली कांग्रेस (विसं. २०८० साउन)
  • सामाजिक सञ्जालबाट लाइभ गरेरै पार्टीको केन्द्रीय कार्यसमिति बैठक बसाल्ने कांग्रेस पहिलो पार्टी बनेको छ।
  • यस पद्धतिले पार्टीलाई जनताप्रति थप जिम्मेवार बन्न सहयोग पुग्ने जनाइएको छ। 

५. प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा इटालीको चारदिने भ्रमण कहिले भएको हो?

  • विसं २०८० साउन ६–९
  • संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणालीसम्बन्धी सम्मेलनमा भाग लिने सन्दर्भमा प्रधानमन्त्री प्रचण्डद्वारा सो भ्रमण गरिएको हो ।
  • ‘युनाइटेड नेसन्स फुड सिस्टम: २०२३ स्टकिङ मोमेन्ट’ नामक सम्मेलनमा नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री प्रचण्डले औपचारिक रूपमा सम्बोधन गर्नुभएको थियो। 

६. आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति कहिले सार्वजनिक गरियो? 

विसं २०८० साउन ७

मौद्रिक नीतिका प्रमुख व्यवस्था

  • विस्तृत मुद्रा प्रदाय १२.५ प्रतिशत, 
  • बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा ११.५ प्रतिशतसम्मले वृद्धि हुने लक्ष्य,
  • अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत् राख्दै नीतिगत दरलाई ०.५ बिन्दुले घटाई ६.५ प्रतिशत कायम,
  • बैङ्कदरलाई ७.५ प्रतिशतमा यथावत् राखी निक्षेप सङ्कलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम,
  • बैङ्किङ कसुर ऐन, २०६४ मा समसामयिक संशोधन प्रक्रिया अगाडि बढाइने,
  • पहिलो आवासीय घर कर्जाको सीमा एक करोड ५० लाखबाट वृद्धि भई दुई करोड,
  • बैङ्क तथा वित्तीय संस्थाको सुझावसमेतको आधारमा चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरवलोकन गरिने,
  • प्राकृतिक प्रकोप वा अन्य विशेष परिस्थितिले समस्यामा परेका ऋणीहरूको कर्जा पुनर्संरचना गर्न बैङ्क तथा वित्तीय संस्थाले अवलम्बन गर्नुपर्ने उपाय र प्रक्रियालाई समावेश गरी स्ट्रेस्ड लोन रिजोलुसन फ्रेमवर्क जारी गरिने,
  • वाणिज्य बैङ्कको सम्पत्तिको गुणस्तर पुनः मूल्याङ्कन गर्ने र बैङ्क तथा वित्तीय संस्थाको आन्तरिक कर्जा जोखिम वर्गीकरण गर्नेसम्बन्धी मार्गदर्शन तर्जुमा गरी कार्यान्वयन गरिने,
  • नेपाल लेखामान अनुसार ‘एक्सपेक्टेड क्रेडिट लस्ट मोडल’ कार्यान्वयनका लागि आवश्यक नीति तर्जुमा गरिने,
  • तोकिएका क्षेत्रमा कर्जा लगानी गर्नुपर्नेसम्बन्धी विद्यमान व्यवस्थामा आवश्यक पुनरवलोकन गरिने,
  • प्राइभेट इक्विटी फन्ड/भेञ्चर क्यापिटलमा बैङ्क तथा वित्तीय संस्थाले गर्ने,
  • लगानीलाई सहजीकरण गर्न लगानीसम्बन्धी व्यवस्थामा पुनरवलोकन हुने,
  • वित्तीय गहिराइ मापनका लागि बैङ्क तथा वित्तीय संस्था, लघुवित्त, बिमा, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोषसहितका गैरबैङ्किङ वित्तीय संस्थाको वासलात समावेश गरी वित्तीय सर्वेक्षण गरिने,
  • सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाको जोखिम भार पुनरवलोकन गरिने,
  • लगानीसम्बन्धी प्रक्रियालाई सरलीकरण र सहजीकरण गर्न नेपाल राष्ट्र बैङ्क विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावलीमा आवश्यक संशोधन हुने,
  • भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी सुविधाबापत एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर १५०० सम्म सटही सुविधा उपलव्ध गराउँदै आएकोमा अब २५०० डलरसम्म उपलब्ध गराउने,
  • केन्द्रीय बैङ्क विद्युतीय मुद्रा जारी गर्ने सम्बन्धमा भएको अध्ययनको आधारमा थप कार्य अगाडि बढाइने,
  • विकास बैङ्कलाई पनि वाणिज्य बैङ्कसरह पुँजी कोष कायम गर्न लगाइने,
  • हवाई सेवा प्रदायकहरूलाई आवश्यक पर्ने विभिन्न सेवा शुल्क विदेशमा भुक्तानी गर्दा नियामक निकायको स्वीकृति र तोकिएका कागजातको आधारमा एक लाख डलर वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्मको रकम वाणिज्य बैङ्कहरूमार्फत पठाउन सकिने,
  • कोभिड–१९ को प्रकोप र प्रभाव न्यून हुँदै गएको हुँदा विदेशी मुद्रामा लिएको ऋण नेपाली रुपियाँमा भुक्तानी गर्न सकिने व्यवस्था हट्ने।

७. सडक र प्रतिभा नामक कृति (कथा सङ्ग्रह) का सर्जक पारिजात हुनुहुन्छ भने मान्छेभित्रका योद्धाहरू नामक कृतिका सर्जक को हुनुहुन्छ?

  • झमक घिमिरे

८. लिच्छवि कालमा नगर एवं व्यापारिक केन्द्रका रूपमा विकास भएको बस्तीलाई के भनिन्थ्यो?

  • द्रङ्ग

९. नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) को स्थापना कहिले भएको हो?

  • विसं २०३९ मङ्सिर २०

१०. नेपाल र भारतबिच भएको सन् १९५० को सन्धिमा नेपालको तर्फबाट कसले हस्ताक्षर गर्नुभएको थियो?

  • मोहन शमशेर (भारतको तर्फबाट: चन्द्रेश्वर नारायण सिंह)

११. ‘ए हाउस फर मिस्टर विश्वास’ र ‘इन अ फ्री स्टेट’ नामक कृतिका सर्जक को हुनुहुन्छ?

भीएस नयपाल

  • उत्तर औपनिवेशकालीन परिवर्तनका पीडाका बारेमा प्रखर वक्ताका रूपमा परिचित नयपाल (सर विद्याधर सुरजप्रसाद नयपाल) ले सन् २००१ मा साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्नुभएको थियो।
  • सन् १९३२ मा ट्रिनिडाडमा जन्मेका नायपालले नोबेल पुरस्कार ग्रहणका क्रममा दिएको मन्तव्यमा आफ्ना पुर्खा नेपालबाट आएको हुन सक्ने बताउनुभएको थियो। 

१२. नेपालमा ‘होमस्टे’ सेवा कहिलेदेखि सुरु भएको हो?

  • विसं २०६७ भदौ १ 

१३. कोनकाकाफ गोल्डकप फुटबल प्रतियोगिता २०२३ को उपाधि जित्ने राष्ट्र कुन हो? 

मेक्सिको

  • मेक्सिकोले पानामालाई १–० गोल अन्तरले हराउँदै नवौँ पटक उपाधि चुमेको छ।
  • कोनकाकाफ प्रतियोगिताको उपाधि सर्वाधिक नौ पटक जित्ने मेक्सिको एक्लो राष्ट्र बनेको छ। 
  • प्रतियोगिता अमेरिका र क्यानडामा संयुक्त रूपमा सन् २०२३ जुन २४ देखि जुलाई १६ सम्म सञ्चालन भएको हो।

१४. एक मुख दस रुख अभियान सञ्चालन गर्ने स्थानीय तह कुन हो?

  • छायाँनाथ रारा नगरपालिका (मुगु)
  • नगरपालिकाभित्र पहिरो प्रभावित क्षेत्रको रोकथाम तथा हरित नगर बनाउने उद्देश्यका साथ छायाँनाथ रारा नगरपालिकाले यो अभियान सञ्चालन गरेको हो। 
  • वृक्षरोपण अभियान शुभारम्भ भएसँगै अब प्रत्येक नागरिकले अनिवार्य आफ्नो गाउँटोल तथा सार्वजनिक स्थलमा १० वटा रुख लगाउनुपर्ने छ। 

१५. नेपालमा सामाजिक सुरक्षा कर कुन आवदेखि लिन सुरु गरिएको हो?

  • आ.व. २०६६/६७

१६. हिल स्टेसन अफ नेपाल भनी कुन ठाउँलाई चिनिन्छ? 

  • शैलुङ (दोलखा)

१७. व्यावसायिक रूपमा प्रयोग गरिएको नेपालको पहिलो रोबोट कुन हो?

रोबोट परी 

  • निर्माणकर्ता: इन्जिनियर (पाइला टेक्नोलोजी)
  • प्रयोग गर्ने संस्था: एसबिआई बैङ्क
  • प्रयोगमा ल्याउन थालिएको:  विसं २०७४ असारदेखि

१८. साउथ एसियन फेडरेसन (साफ) गेमलाई कहिलेदेखि साउथ एसियन गेम्समा रूपान्तरण गरिएको हो?

  • सन् २००६ (१० औँ दक्षिण एसियाली खेलकुद)

१९. कुन क्रान्तिलाई यान्त्रिक क्रान्ति पनि भनिन्छ?

  • औद्योगिक क्रान्ति

२०. अपरेसन नाइटिङ्गेल भन्नाले के बुझिन्छ?

  • प्राकृतिक प्रकोपबाट पीडित जनतालाई चिकित्सकीय सेवा उपलब्ध गराउन स्थायी रूपमा सञ्चालित कार्यक्रम

२१. कुनै वस्तुमा भएको पदार्थको परिमाणलाई के भनिन्छ? 

पिण्ड

  • वस्तुको पिण्ड भौतिक तराजुले नापिन्छ। 
  • अन्तर्राष्ट्रिय नापतौल विभागमा राखिएको प्लाटिनम इरिडियम धातुबाट बनेको ढकको पिण्डलाई एक किलोग्राम मानिन्छ।

Post a Comment

0 Comments