Advertisement

गोरखापत्र वस्तुगत, २० भदौ २०८०

१. हेलो सरकारको विस्तारित २४ घण्टे सेवाको उद्घाटन कहिले गरियो? 

विसं २०८० भदौ १७

  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा हेलो सरकारको विस्तारित सेवाको उद्घाटन गरिएको।
  • नागरिकले गुनासो गर्ने ‘प्लेटफर्म’ हेलो सरकार विभिन्न उतारचढावबिच चौबिसै घण्टा सञ्चालनमा आएको। 
  • २०६८ कात्तिक १७ देखि सञ्चालनमा रहेको हेलो सरकार लामो समययता निष्क्रिय अवस्थामा रहेको थियो। 
  • यसअघि नेपाल टेलिकम मात्र रहेकामा अब ११११ मा एनसेलबाट पनि गुनासो टिपाउन सकिने।
  • फोन, इमेल, फेसबुक, ट्विटर, ह्वाट्स एपलगायतका डिजिटल माध्यमबाट समेत गुनासो टिपाउन सकिने।
  • गुनासोको प्रकृति हेरी सम्बन्धित निकायमा पढाइ समस्या समाधानमा सहजीकरणसमेत गर्ने व्यवस्था। 
  • तत्काल समस्या समाधानका लागि ¥यापिड रेस्पोन्स टिम। 
  • तीन सिफ्टको कार्यतालिका बनाई सोही अनुरूप कर्मचारी व्यवस्थापन गरिएको।
  • सरकार र नागरिकबिचको सम्बन्धलाई घनीभूत बनाउन र शासकीय प्रणालीमा जनताको सहभागितालाई सक्रिय तथा सशक्त बनाउने अवधारणासाथ हेलो सरकार सञ्चालन गरिएको।

२. बिपी कोइराला स्मृति ट्रस्टले बिपी कोइराला साहित्य सम्मान पुरस्कार–२०८० कसलाई प्रदान गर्यो?

साहित्यकार डा. राजेन्द्र विमल (जनकपुर), पुरस्कार राशि रु. १०१०००।– 

  • त्यस्तै बिपी कोइराला स्मृति प्रजातन्त्र सेनानी सम्मान पुरस्कार–२०८० प्रजातन्त्र सेनानी ९२ वर्षीय डिल्लीरमण शर्मा (रुपन्देही) लाई प्रदान गरिएको । यस पुरस्कारको राशि रु. ५१ हजार रहेको ।

३. ‘एम्बिसन्स एन्ड डेभलपमेन्ट फर कन्सिस्टेन्ट ग्रोथ एन्ड इन्ट्रोडक्सन अफ न्यु सर्भिसेस अवार्ड’ बाट सम्मानित नेपाली बैङ्क कुन हो?

नबिल बैङ्क लिमिटेड 

४. बागमती प्रादेशिक क्रिकेट सङ्घको अध्यक्षमा को निर्वाचित भएका छन्?

नेपाली क्रिकेट  टोलीका पूर्वकप्तान पारस खड्का 

विभिन्न प्रदेशका प्रादेशिक क्रिकेट सङ्घ अध्यक्ष

  • कोशी प्रदेश : सर्वजित पाण्डे
  • मधेश प्रदेश : सुनिलकुमार महासेठ
  • बागमती प्रदेश : पारस खड्का
  • गण्डकी प्रदेश : सञ्जयकान्त सिग्देल 
  • लुम्बिनी प्रदेश : सञ्जय गुरुङ
  • कर्णाली प्रदेश : पदम खड्का 
  • सुदूरपश्चिम प्रदेश : वासुदेव जोशी 

५. नेपाल–चीनबिचको सबैभन्दा पुरानो तातोपानी नाका कहिलेदेखि सर्वसाधारणका लागि खुला गरियो?

विसं २०८० भदौ १५

  • २०७२ को विनाशकारी भूकम्पपछि यो नाका करिब चार वर्ष पूर्ण रूपमा बन्द भएको थियो। २०७६ जेठ १६ मा नाका एकतर्फी रूपमा पुनः सञ्चालनमा आयो। 
  • मानव आवतजावत र निर्यातका लागि खुल्न सकेको थिएन। 
  • २०८० वैशाख १८ देखि आयात र निर्यात हुने गरी दुईतर्फी रूपमा सञ्चालनमा आयो तर त्यसपछि पनि मानव आवतजावत भने खुला थिएन।
  • हाललाई स्थानीय सिन्धुपाल्चोकवासीका लागि मात्रै खुला गरिएको नाका अन्यका हकमा व्रmमशः खुला गरिने चिनियाँ पक्षले बताएको।

६. हमास प्यालेस्टाइनको विद्रोही समूह हो भने खमेर रुज कुन देशको विद्रोही समूह हो?

  • कम्बोडिया

७. शैक्षिक प्रमाणपत्रमा व्यक्तिगत विवरण नमिलेका विद्यार्थीले कति अवधिभित्र उमेर, नाम र जात सच्याउन पाइने व्यवस्था भएको छ?

पाँच वर्ष

  • विसं २०८० भदौ ६ को मन्त्रीपरिषद् बैठकले उमेर, जात र नाम सच्याउने (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गरेसँगै विद्यार्थीले शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउन पाउने भएका।
  • यसअघि प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि छ महिनाको मात्र थियो। 

८. चीनले नयाँ नक्सा कहिले जारी गरेको हो?

सन् २०२३ अगस्ट २१

  • नयाँ नक्सामा भारत विभाजनअघिको कास्मिरको उत्तरी भाग अक्साईलाई चीनको भूगोलभित्र समेटिएको। 
  • त्यसै गरी यसअघि झैँ दक्षिण चीन सागरको पूरा क्षेत्र पनि चीनको भूमिका रूपमा देखाइएको छ । साथै नयाँ नक्सामा ताइवानलाई पनि समेटिएको छ।
  • चीनले जारी गरेको नक्सामा नेपालको चुच्चे नक्सा समेटिएको छैन। 
  • अरुणाञ्चल र अक्साई चीन क्षेत्रमा बेइजिङको भारतसँग विवाद छ भने दक्षिण चीन सागरको विवादित क्षेत्रमा चीनका अतिरिक्त फिलिपिन्स, भियतनाम, मलेसिया, ब्रुनाईलगायत दक्षिणपूर्वी मुलुकको पनि दाबी रहेको छ।

९. एमसीसी परियोजना कहिलेदेखि कार्यान्वयन अर्थात् इन्ट्री इनटु फोर्स (इआइएफ) मा गएको हो?

विसं २०८० भदौ १३

  • अमेरिकी संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कम्प्याक्ट कोषको ५० करोड डलर अनुदान र नेपाल सरकारको १९.७ करोड डलर लगानीका तीन परियोजना कार्यान्वयनमा प्रवेश गरेका। 
  • एमसिसीसँगको पूर्वसम्झौता अनुसार कार्यान्वयन सुरु भएको पाँच वर्ष अर्थात् २९ अगस्ट, २०२८ भित्र परियोजना सम्पन्न गर्नुपर्ने उल्ले। 
  • सो सन्दर्भमा भदौ १३ मा अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसिसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरेन अल्फोर्डबिच ‘एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश’ सम्बन्धी पत्र आदानप्रदान भएको।
  • तोकिएको अवधिभित्र यस अन्तर्गतका परियोजनाको निर्माण नसकिए बाँकी काम नेपाल सरकारले आफ्नै लगानी गर्नुपर्ने।
  • चार प्रसारण लाइन, तीन सबस्टेसन र पूर्व–पश्चिम राजमार्गको ७७ किमी सडकखण्ड मर्मत गर्ने गरी २०१७ सेप्टेम्बरमा अमेरिकासँग सम्झौता भएको। 
  • जुन सम्झौता २०७८ फागुन १५ (२७ फेब्रुअरी २०२२) मा संसद्बाट अनुमोदन भएसँगै कार्यान्वयनको ढोका खुलेको थियो।

एमसिसी अन्तर्गत बन्ने आयोजना

  • लप्सीफेदी–रातामाटे–न्यु हेटौँडा (११७ किमी), रातामाटे–न्यु दमौली (९० किमी), न्यु दमौली–न्यु बुटवल (९० किमी) र न्यु बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको नेपाल खण्ड (१८ किमी) गरी ४०० केभी डबल सर्किट क्षमताको ३१५ किमी लामो चार प्रसारण लाइन बनाइने, जहाँ ८५६ वटा टावर बन्ने। 
  • यसै गरी रातामाटे, दमौली र नवलपरासी पश्चिम भुमहीमा ४००–४०० केभी क्षमताका सबस्टेसन निर्माण गरिने।
  • महेन्द्र राजमार्गमा भालुवाङदेखि पश्चिमतर्फको ७७ किमी खण्ड विशेष रूपमा मर्मत गरिने।

१०. जी–७ सम्मेलन–२०२३ कहाँ सम्पन्न भएको हो?

जापान

  • सम्मेलन सन् २०२३ मे १९–२१ सम्म भएको । 
  • जी–७ राष्ट्रहरू अन्तर्गत अमेरिका, क्यानडा, बेलायत, जर्मनी, फ्रान्स, इटाली र जापान रहेका। 
  • जी–७ समूहमा विश्वको जनसङ्ख्याको १० प्रतिशत तथा अर्थतन्त्रमा ३० प्रतिशत हिस्सा रहेको।

११. अल्पविकसित राष्ट्रहरूको ५ औँ सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो?

सन् २०२३ मार्च ५–९, कतारको दोहा 

  • सम्मेलनको थिम : फ्रम पोटेन्सियल टु प्रोस्परिटी 
  • सम्मेलन प्रत्येक १०/१० वर्षमा आयोजना गरिने ।
  • हाल अल्पविकसित राष्ट्रहरूको सङ्ख्या ४६ रहेको । अल्पविकसित मुलुकमा विश्वको करिब १४ प्रतिशत जनसङ्ख्या बसोबास गर्ने ।

१२. भारतले सूर्यलक्षित मिसन यान पहिलोपल्ट कहिले प्रक्षेपण गरेको हो?

सन् २०२३ सेप्टेम्बर २

  • भारतले सूर्यको अध्ययनका लागि आदित्य–एल १ मिसन लन्च गरेको।
  • यो भारतको सूर्य मिसन हो । नासा र युरोपियन युनियनले यसअघि नै सूर्यलक्षित मिसन यान प्रक्षेपण गरिसकेका। 
  • भारतले पठाएको यान पृथ्वीबाट १५ लाख किलोमिटर टाढा पुग्ने छ। यो पृथ्वी र चन्द्रमाबिचको दूरीको चार गुना बढी हो तर सूर्य र पृथ्वीको दूरीको यो १ प्रतिशत मात्रै हो। पृथ्वीबाट सूर्यको दूरी १५.१ करोड किलोमिटर रहेको छ। 
  • आदित्य–एल १ लाई आफ्नो गन्तव्यमा पुग्न करिब चार महिना लाग्ने जनाइएको।

१३. अन्तर्राष्ट्रिय विकास सहायता परिचालन नीति कार्यान्वयन समितिको अध्यक्ष को हुने प्रावधान छ?

अर्थमन्त्री

१४. एग्रिकल्चर गेम रियालिटी सोका रूपमा घोषित रियालिटी सो कार्यक्रम कुन हो?

रिभोलुस्नरी एग्रिकल्चर वार (२०८० भदौ १५ मा)

  • ई–स्क्वायर प्रालिले कृषि र मनोरञ्जन विधालाई समेटेर कार्यक्रमको परिकल्पना गरेको जनाइएको। 
  • कृषि उद्यमशीलता र जलवायु परिवर्तनलाई मुख्य आधार बनाएर ई–स्क्वायर प्रालिले गेम रियालिटी सो गर्न लागेको।
  • सोमा दुई किसिमका प्रतिस्पर्धी किसान र कृषि प्रविधिक सहभागी हुने । किसान भन्नाले कुनै पनि कृषि पेसामा व्यावसायिक रूपले आबद्ध व्यक्ति भनी परिभाषित गरिएको छ भने कृषि प्राविधिक भन्नाले बिएस्सी एग्रिकल्चर वा सोसरह पढेका व्यक्ति भनी परिभाषित गरिएको छ। 
  • सोलाई शैलेश कँडेलले निर्देशन दिने तथा मास्टर होस्टका रूपमा अभिनेता राजेश हमाल रहने । त्यस्तै जजका रूपमा योगेन्द्रकुमार कार्की र नम्रता पाण्डे रहने।

१५. डोल्पामा हालै भेटिएको ताल कुन हो?

कुन्ख्येन फालक ताल

  • यो ताल ५१९० मिटर उचाइमा रहेको पालिकाको दाबी रहेको।
  • तिलिचोभन्दा यो ताल २७१ मिटर अग्लो स्थानमा रहेको । त्यस्तै मनाङमै अवस्थित सिङ्गर तालभन्दा १८८ मिटर अग्लो स्थानमा रहेको।
  • गुगलबाट म्यापिङ गर्दा उक्त तालको लम्बाइ ५११ मिटर र चौडाइ ३१३ मिटर देखिएको स्थानीय जनप्रतिनिधिले बताएका। 
  • स्थानीयले जानकारी दिएपछि जनप्रतिनिधिसहितको टोली पहिलो पटक तालको प्रवर्धनका लागि उक्त स्थानमा पुगेको थियो। 
  • पालिकाले विश्वकै अग्लो स्थानमा अवस्थित तालका रूपमा प्रमाणीकरणका लागि सरकारसँग आग्रह गरेको।

१६. नेपाल सरकारले आयात–निर्यात कार्यलाई सहज बनाउने उद्देश्यका साथ सञ्चालनमा ल्याएको पोर्टल कुन हो?

नेपाल ट्रेड 

१७. नेपाल ट्रस्टको स्थापना कहिले भएको हो?

विसं २०६४ मङ्सिर ६

  • राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरूको नाममा रहेको सम्पत्तिको व्यवस्थापन एवं सञ्चालन गर्ने उद्देश्यका साथ यसको स्थापना गरिएको ।
  • नेपाल ट्रस्टको संरक्षक प्रधानमन्त्री हुने,
  • अध्यक्षसहित सात सदस्यीय सञ्चालक समितिको अध्यक्षमा प्रधानमन्त्रीले तोकेको नेपाल सरकारको कुनै मन्त्री रहने।
  • हाल नेपाल ट्रस्ट ऐन, २०६४ र नेपाल ट्रस्ट नियमावली, २०६५ प्रचलनमा रहेको।

१८. आणविक हतियारमा प्रतिबन्ध लगाउनेसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सन्धि औपचारिक रूपमा कहिलेदेखि कार्यान्वयनमा आएको हो?

सन् २०२१ जनवरी २२

  • संयुक्त राष्ट्रसङ्घद्वारा यो सन्धि सन् २०१७ मा अनुमोदन गरिएको।
  • यस सन्धिमा १२० भन्दा बढी मुलुकले समर्थन जनाएका।
  • नेपालका तर्फबाट सन् २०१७ मा आणविक हतियारलाई प्रतिबन्ध लगाउने सन्धिउपर समर्थन जनाउँदै हस्ताक्षर भएको।

१९. नेपाल विश्व पर्यटन सङ्गठनको सदस्य कहिले बनेको हो?

सन् १९७५ 

  • विश्व पर्यटन सङ्गठनको स्थापना सन् १९७५ जनवरी २ मा भएको ।
  • यसको प्रधान कार्यालय स्पेनको मेड्रिडमा रहेको ।

Post a Comment

0 Comments