Advertisement

व्यवस्थापकीय नेतृत्वको कार्य र सार्वजनिक व्यवस्थापन

प्रश्न. व्यवस्थापकीय नेतृत्वले गर्नुपर्ने कार्य र नेपालमा नेतृत्व सम्बद्ध समस्या केलाउँदै सोको समाधानका लागि सुझाव दिनुहोस्? (१०)

"Action of leading a group or organization"

कुनै पनि व्यक्तिको अगुवाइ वा मार्गदर्शन गर्ने गुणलाई नै नेतृत्व भनिन्छ। नेतृत्व सामूहिक लक्ष्य प्राप्तिको लागि अनुयायीलाई प्रभावित गर्नसक्ने क्षमता हो । नेतृत्व पद नभई कार्य हो। नेतृत्व प्रदान गर्ने नेता सक्षम तथा दूरदर्शी हुनुका साथै प्रभावशाली व्यक्तित्व हुनुपर्दछ । नेतृत्वअन्तर्गत समूहका सदस्यहरूलाई उत्प्रेरणा प्रदान गर्ने सुविधा दिने समस्या समाधानमा सहयोग गर्ने मार्गदर्शन प्रदान गर्ने सुरक्षा प्रदान गर्ने जस्ता क्रियाकलाप र गुणहरू पर्दछन्। सबै नेताहरू व्यवस्थापक हुनु पर्दैन तर सबै व्यवस्थापकहरू नेता हुनुपर्दछ। अत: संगठनमा नेतृत्वले संगठनको लक्ष्यतर्फ दिशानिर्देश गर्दछ।

व्यवस्थापकीय नेतृत्वका कार्यहरू

  • सांगठनिक लक्ष्य निर्धारण गर्ने
  • संगठनात्मक लक्ष्यतर्फ उन्मुख हुने
  • संगठनात्मक क्रियाकलापहरूको समन्वय गर्ने
  • कर्मचारीलाई कामप्रति उत्प्रेरित गर्ने
  • अनुयायीहरूलाई मार्गदर्शन गर्ने
  • प्रभावकारी सञ्चारकर्ताको रूपमा आफ्नो भूमिका निर्वाह गर्ने
  • समस्याको पहिचान गरी समाधानमा केन्द्रित हुने
  • संगठनको कार्यको सुपरीवेक्षण गर्दै नियन्त्रण गर्ने
  • संगठनको तर्फबाट प्रतिनिधित्व गर्ने
  • संगठनमा आइपर्ने परिवर्तनलाई व्यवस्थापन गर्ने।

नेतृत्वका सम्बन्धमा देखिएका समस्याहरू

  • नेतृत्वका सम्बन्धमा नीतिगत स्पष्टता नहुनु
  • नेतृत्वले गर्नु पर्ने कार्यविवरण स्पष्ट नहुनु
  • प्रभावशाली तथा दूरदर्शी नेतृत्वको अभाव हुनु
  • नेतृत्व विकासका लागि अवसरहरूको कमी हुनु
  • नेतृत्वले घुमाउरो र कैफियतपूर्ण निर्णय लिनु
  • नेतृत्वले तदर्थ समाधान खोन्ने प्रवृति हुनु
  • नेतृत्व आफ्ना अनुयायीप्रति उदासिन देखिनु
  • Self-manage गर्न नसक्नु
  • Self-centric व्यवहार बढी देखिनु
  • नेतृत्वले कामको Cause र Consequences थाहा पाउन नसक्नु
  • Participative निर्णय प्रक्रिया अवलम्बन गर्न नसक्दा द्वन्द्व सिर्जना हुनु
  • दक्ष र सक्षम नेतृत्वको चयन हुन नसक्दा सांगठनिक लक्ष्य प्राप्त नहुनु।

नेपालमा नेतृत्वका सम्बन्धमा देखिएका समस्या समाधानका सुझावहरू

  • नेतृत्वका सम्बन्धमा नीतिगत स्पष्टता कायम गर्ने
  • नेतृत्वले गर्नु पर्ने कार्यविवरण स्पष्ट गराउने
  • प्रभावशाली तथा दूरदर्शी नेतृत्वको विकासमा जोड दिने
  • नेतृत्व विकासका लागि अवसरहरूलाई बढाउँदै लैजाने
  • नेतृत्वले People र Job दुवैलाई महत्त्व दिने
  • नेतृत्व रचनात्मक कार्यतर्फ अग्रसर हुनु पर्दछ न कि तदर्थ समाधान खोन्ने
  • नेतृत्व आफ्ना अनुयायीप्रति सधैं सकारात्मक हुनु जरुरी हुन्छ
  • Self-manage हुने तर Self-centric व्यवहार नदेखाउने
  • Leader र Subordinate बीचको मनोवैज्ञानिक Gap कम गर्ने
  • नेतृत्वले कामको Cause र Consequences थाहा पाउने
  • Participative निर्णय प्रक्रिया अवलम्बन गरी द्वन्द्वको सिर्जना हुनु हुँदैन।
  • नेतृत्व विकासका लागि Leadership Assment Centre को स्थापना गर्ने
  • Performance agreement लागू गर्ने
  • कार्यक्षमता भएका व्यक्तिलाई मात्र नेतृत्वको रूपमा चयन गर्ने संस्कृतिको विकास गर्ने
  • नेतृत्वले प्रभावकारी Monitoring र Evaluation गर्ने
  • दक्ष र सक्षम नेतृत्वको चयन गरी संगठनिक लक्ष्य प्राप्त गर्ने

अन्त्यमा

नेतृत्वले आफूमा अन्तर्निहित गुणको उपयोग गर्दै सांगठनिक लक्ष्य हासिल गर्न अनुयायीहरूलाई उचित मार्गदर्शन गर्दै कार्यमा उत्प्रेरणा प्रदान गर्दछ । संगठनको प्रभावकारीता नै नेतृत्वको दूरदर्शितामा निर्भर रहने हुँदा नेतृत्वको सही मूल्यांकन र विकास गर्नु पर्दछ । उचित र कुशल  नेतृत्वको विकास गर्दै प्रशासिनक सक्षमता र राजनीतिक सबलता हासिल गर्नु आजको आवश्यकता हो।

प्रश्न. सार्वजनिक व्यवस्थापनको भनेको के हो?  सार्वजनिक व्यवस्थापनको कार्यक्षेत्र उल्लेख गर्दै सार्वजनिक व्यवस्थापन र सार्वजनिक प्रशासनबीच रहेको भिन्नता औल्याउनुहोस्? (१०)

"सार्वजनिक मामिलाको सञ्चालन सार्वजनिक व्यवस्थापन"

संगठनको निर्धारित उद्देश्य र लक्ष्य हासिल गर्नका लागि स्रोत र साधनको व्यवस्थित ढंगले परिचालन गर्न आवश्यक व्यवस्था मिलाउने रणनीतिक प्रक्रियालाई नै सार्वजनिक व्यवस्थापन भनिन्छ  । परम्परागत प्रशासनमा हुने गरेका निर्णयमा ढिलासुस्ती, अपारदर्शी कार्यप्रणाली शासक र शासितको सोच अनुत्तरदायिपना अनावश्यक गोपनीयताजस्ता कमजोरी निवारण गर्दै प्रशासनमा निजी व्यवस्थापनका राम्रा गुणहरू अवलम्बन गर्ने सुधार अभियान हो, सार्वजनिक व्यवस्थापन । यसमा सहभागितामूलक व्यवस्थापन अनुसन्धान विकेन्द्रीकरण र जनसहभागितामूलक प्रशासन अधिकार निक्षेपण निजीकरण तथा उदारीकरणजस्ता दर्शन र मान्यताहरूको सन् १९८० पछिको अवधारणा र प्रयोग हो।

सार्वजनिक व्यवस्थापनको कार्यक्षेत्र

  • आधारभूत व्यवस्थापन
  • सार्वजनिक क्षेत्रको नियमन र नियन्त्रण
  • सार्वजनिक विकास व्यवस्थापन
  • सार्वजनिक सेवा प्रवाह व्यवस्थापन
  • नीतिगत व्यवस्थापन
  • सार्वजनिक कानून तथा नीतिहरूको तर्जुमा विश्लेक्षण कार्यान्वयन र अनुगमन तथा मूल्यांकन
  • योजना व्यवस्थापन
  • जनताको माग र आवश्यकताको आधारमा योजनाको तर्जुमा छनौट र कार्यान्वयन
  • संगठन व्यवस्थापन
  • छरितो विकेन्द्रित र आधुनिक प्रविधियुक्त संगठनको निर्माण गर्ने
  • मानवस्रोत व्यवस्थापन
  • मानवस्रोत व्यवस्थापनसम्बन्धी योजना संगठन नियन्त्रण निर्देशन व्यवस्थापन
  • आर्थिक व्यवस्थापन
  • राजस्व संकलन तथा परिचालन
  • वैदेशिक सहायता तथा ऋण व्यवस्थापन
  • आर्थिक लेखा प्रणाली

यसरी

सार्वजनिक व्यवस्थापन सार्वजनिक प्रशासनमा आएको नवीनतम सोच र अवधारणा हो । यो group efforts सँग गाँसिएको systematic  क्रियाकलाप हो । सार्वजनिक प्रशासनमा रहेका पुराना मूल्य र मान्यतालाई विस्थापित गर्दै नवीन अवधारणाको प्रयोग र विकासमा सार्वजनिक व्यवस्थापन क्रियाशील रहन्छ। तसर्थ प्रशासनमा आएका नवीन चुनौतीको सामना गर्न यो अवधारणा आएकाले सुधारसहित यसको सफल कार्यान्वयन गर्नु वर्तमानको माग हो ।


Post a Comment

0 Comments