Advertisement

नेपालमा नेतृत्वसँग सम्बद्ध समस्या र समाधान

प्रश्न. नेतृत्वको परिचय दिँदै नेपालमा नेतृत्व सम्बद्ध समस्या केलाउँदै समाधानका सुझाव दिनुहोस्। (२+४+४)

"The action of leading a group or organization."

कुनै पनि व्यक्तिको अगुवाई वा मार्गदर्शन गर्ने गुणलाई नै नेतृत्व भनिन्छ। नेतृत्व सामुहिक लक्ष्य प्राप्तिको लागि अनुयायीलाई प्रभावित गर्न सक्ने क्षमता हो। नेतृत्व पद हैन कार्य हो। नेतृत्वले समुहका सदस्यहरुलाई उत्प्रेरणा प्रदान गर्ने सुविधा दिने समस्या समाधानमा सहयोग गर्ने मार्गदर्शन प्रदान गर्ने सुरक्षा प्रदान गर्ने परामर्शदाता आदि जस्ता कामहरु गर्नु पर्दछ। सबै नेताहरू व्यवस्थापक हुनु पर्दैन तर सबै व्यवस्थापकहरू नेता हुनुपर्दछ। अतः संगठनमा नेतृत्वले संगठनको लक्ष्यतर्फ दिशानिर्देश गर्ने काम गर्दछ।

नेपालमा नेतृत्वका सम्बन्धमा देखिएका समस्याहरू

  • नेतृत्वका सम्बन्धमा नीतिगत र कानूनी स्पष्टताको कमी रहनु
  • नेतृत्वले गर्नु पर्ने कार्यविवरण स्पष्ट हुन नसक्नु
  • प्रभावशाली तथा दुरदर्शी नेतृत्वको कमी रहनु
  • नेतृत्व विकासका लागि अवसरहरुको कमी हुनु
  • नेतृत्वले घुमाउरो र कैफियतपूर्ण निर्णय लिनु
  • नेतृत्वले तदर्थ समाधान खोन्ने प्रवृति कायम हुनु
  • नेतृत्व आफ्ना अनुयायीप्रति उदासिन देखिनु
  • नेतृत्वले Self-manage गर्न नसक्नु
  • Self-centric व्यवहार नेतृत्वमा बढी देखिनु
  • नेतृत्वले कामको Cause र Consequences थाहा पाउन नसक्ने
  • Participative निर्णय प्रकृया अवलम्बन गर्न नसक्दा द्धन्द्धको सृजना हुनु
  • दक्ष र सक्षम नेतृत्वको चयन हुन नसक्दा संगठनिक लक्ष्य प्राप्त नहुनु।

समस्या समाधानका सुझावहरू

  • नेतृत्वका सम्बन्धमा नीतिगत र कानूनी स्पष्टता कायम गर्ने
  •  नेतृत्वले गर्नु पर्ने कार्यविवरण स्पष्ट बनाउने र प्रभावशाली तथा दूरदर्शी नेतृत्वको विकासमा जोड दिने
  •  नेतृत्व विकासका लागि अवसरहरुलाई बढाउँदै र विकेन्द्रीत बनाउँदै लैजाने
  •  नेतृत्वले People र Job दुवैलाई महत्व दिने र रचनात्मक कार्य तर्फ अग्रसर हुने
  •  नेतृत्व आफ्ना अनुयायीप्रति सधै सकारात्मक हुने
  • Self-manage हुने र गर्न सक्ने वानी विकास गर्ने र र Self-centric व्यवहार प्रदर्शन नगर्ने
  • Leader र Subordinate बीचको मनोबैज्ञानिक Gap कम गर्ने
  •  नेतृत्वले कामको Cause र Consequences थाहा पाउने
  • Participative निर्णय प्रकृया अवलम्बन गरि द्धन्द्धको सृजना हुन नदिने
  • नेतृत्व विकासका लागि Leadership Assessment Centre को स्थापना गर्ने
  • Performance agreement लागू गर्ने र कार्यक्षमता भएका व्यक्तिलाई मात्र नेतृत्वको रूपमा चयन गर्ने
  •  नेतृत्वले प्रभावकारी Monitoring  र Evaluation गर्ने
  •  दक्ष र सक्षम नेतृत्वको चयन गरी संगठनिक लक्ष्य प्राप्त गर्ने।

अन्त्यमा

नेतृत्वले सांगठनिक लक्ष्य हासिल गर्न अनुयायीहरूलाई उचित मार्गदर्शन गर्दै कार्यमा उत्प्रेरणा प्रदान गर्दछ। संगठनको प्रभावकारीता नै नेतृत्वको दुरदर्शितामा निर्भर रहने हुँदा नेतृत्वको सही मूल्यांकन र विकास गर्नु आजको अवश्यकता हो।

Post a Comment

0 Comments