Advertisement

नेपाल समाचारपत्र वस्तुगत, ८ असोज २०८०

१. न्युयोर्कस्थित ट्विन टावर र अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा आतंकवादी आक्रमण कहिले भएको थियो?

  • २००१ सेप्टेम्बर ११

२. सिस्ने र कान्जीरोवा हिमालको छाया देख्न सकिने ताल कुन हो?

  • रारा ताल

३. ओजोन तहमा प्वाल परेको पत्ता लगाउने भू-उपग्रह कुन हो?

  • निम्बस

४. चीनले हालसम्म कतिपटक एसियाली खेलकुद प्रतियोगिता (एसियाड) आयोजना गरेको छ?

  • ३ पटक (१९ औं एसियाडसमेत) सहभागी देशः ४५
  • प्रतियोगितामा समावेश गरिएका खेल: ४० 
  • प्रतियोगिताबाट हटाइएका खेलहरू (५ वटा):- बलिङ, जे स्की, प्याराग्लाइडिङ, पेन्साक सिलाट र साम्बो 
  • थप भएका खेलहरू(६ वटा): म्याराथन स्विमिङ, ब्रेक डान्सिङ, चेस, ईस्पोर्टस्, गो र सिआरवी
  • उद्घाटन स्थलको नाम : बिग लोट्स
  • सन् १९५१ मा भारतको नयाँ दिल्लीमा पहिलो संस्करणबाट शुरू भएको २३ सेप्टेम्बरमा शुरू भई ८ अक्टोबरसम्म चल्ने 
  • मार्चपासमा नेपालको झण्डा बोक्ने खेलाडीहरू उसुकी निमा घर्तीमगर र तेक्वान्दोका वीरबहादुर महरा 
  • धेरै खेलाडी समावेश गर्ने राष्ट्र चीन
  • कम खेलाडी पठाउने राष्ट्र ब्रुनाईः ११ खेलाडी
  • सर्वाधिक एसियाडको आयोजना गर्ने राष्ट्रः थाइल्यान्ड (४ पटक)
५. Water Recharge In Terai भनेर कुन क्षेत्रलाई चिनिन्छ?
  • चुरे
६. आल्माटा सम्मेलन केसँग सम्बन्धित रहेको छ?
  • प्राथमिक स्वास्थ्य उपचार
७. नेपाल राष्ट्र बैंकका अनुसार एक रुपियाँको सिक्का छाप्न कति लागत लाग्दछ? 
  • २.५० रुपियाँ
८. क्यूआर कोडको सुरुवात कहिलेदेखि भएको हो?
  • सन् १९९४
९. नेपाल जैविक विविधता महासन्धिको पक्षराष्ट्र कहिले भएको हो?
  • सन् १९९४ मा पक्ष राष्ट्र (जैविक विविधता महासन्धी - CBD भएको १९९२ रियो पृथ्वी सम्मेलनमा)
१०. वातावरणीय प्रभाव मूल्यांकन कुन आवधिक योजनाबाट लागु भएको हो?
  • सातौँ
११. बहुआयामिक गरिबी कति मापनका सूचकहरू कतिवटा रहेका छन्?
  • ३ आयामका १० उपआयाम
  • बहुआयामिक गरिबी सूचकमा ३ आयामहरु रहेका छन् जसमा स्वास्थ्य, शिक्षा र जीवनस्तर पर्दछन् । यी ३ आयालाई थप १० उप आयामहरुमा बर्गीकरण गरिएको छ । जसमा स्वास्थ्यका दुई (बालमृत्युदर र पोषण) शिक्षाका दुई (विद्यालय जाने अवधि र विद्यालयमा हाजिरी) र जीवनस्तरका ६ (खाना पकाउन प्रयोग गरिने इन्धन, शौचालय, पानी, बिजुली, भुइ र छाना, सम्पत्ति) उप आयामहरु रहेका छन्। थप पढ्नुहोस्।

Post a Comment

0 Comments