Advertisement

जनसंख्या वृद्धि नियन्त्रण र व्यवस्थित शहरीकरण

प्रश्न. जनसंख्या वृद्धि र शहरीकरणबीच अन्तरसम्बन्ध हुन्छ। जनसंख्या बृद्धि नियन्त्रण गर्न शहरीकरणलाई व्यवस्थित गर्ने उपायमाथि चर्चा गर्नुहोस्। (५)

"शहरीकरणको मेरुदण्ड जनसंख्या"

साना शहर तथा ग्रामिण क्षेत्र क्रमश विकास हुँदै ठूला शहरमा रुपान्तरण हुने प्रक्रिया शहरीकरण हो। शहरीकरणको अर्को आधारभूत तत्व भनेको घना आवादी नै हो। जनसंख्या र शहरीकरणबीच सहसम्बन्ध रहेको हुन्छ।

जनसंख्या वृद्धि नियन्त्रण गर्न शहरीकरणलाई व्यवस्थित गर्ने उपायहरू

  • जनसंख्या वृद्धि नियन्त्रण गर्न स्पष्ट तथा दिगो सोचमा आधारित नीतिको तर्जुमा गरि सोको कार्यान्वयन गर्ने,
  • सन्तुलित विकासमा ध्यान दिने,
  • विकेन्द्रीत शासन पद्धती अवलम्बन गर्ने,
  • ग्रामिण क्षेत्रमा पूर्वाधार विकास गर्ने,
  • शहरीक्षेत्रमा फोहर मैलाको उचित व्यवस्थापन गर्ने,
  • नागरिक चेतनामा विस्तार गर्ने,
  • खानेपानी तथा ढल निकासको यथोचित व्यवस्था गर्ने,
  • खुल्ला पार्क तथा मनोरञ्जन स्थलको विकास गर्ने,
  • शहरमा हुने ध्वनी तथा वातावरण प्रदूषण नियन्त्रण गर्ने,
  • शहरमा जनसंख्याको चाप कम गर्न ग्रामिण क्षेत्रमा साना शहरहरूको विकास गर्ने।

यसरी,

नेपालमा जनसंख्या वृद्धि तथा अव्यवस्थित शहरीकरणको स्थिती अत्यन्तै नाजुक रहेको अवस्था छ। तसर्थ यसको समस्याको समयमै सुधार गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो प्रयास गर्नु जरुरी रहेको छ।

Post a Comment

0 Comments