Advertisement

नेपालमा विकास आयोजनाका सन्दर्भमा सार्वजनिक खर्च उपयोगमा देखिएका समस्या र प्रभावकारी बनाउने उपाय

प्रश्न. नेपालमा विकास आयोजनाका सन्दर्भमा सार्वजनिक खर्च उपयोगमा देखिएका समस्याहरु प्रस्तुत गर्दै यस्ता आयोजनामा सार्वजनिक खर्च प्रभावकारी बनाउने उपायहरु लेख्नुहोस। ५+५ =१

विषय प्रवेशः

योजनावद्ध विकासमार्फत आर्थिक विकास र समृद्धिको लक्ष्य उन्मुख नेपालमा विकास आयोजनाका सन्दर्भमा सार्वजनिक खर्च उपयोग अपेक्षित सन्तोषजनक नभएको विभिन्न तथ्यांकहरुले देखाउँछन्। यसमा विविध समस्याहरु विद्यमान छन्। ती समस्याको गम्भीर अध्ययन गरी सोको कारण खोज गर्नु जरुरी छ। समृद्धि र विकासको यात्रामा प्रभावकारी रुपमा अघि बढ्ने हो भने यस्ता आयोजनामा सार्वजनिक खर्च प्रभावकारी बनाउने उपायहरुको वस्तुपरक खोज आजको अपरिहार्यता हो।

नेपालमा विकास आयोजनाका सन्दर्भमा सार्वजनिक खर्च उपयोगमा देखिएका समस्याहरु

नेपालमा विकास आयोजनाहरुमा विनियोजन भएको रकम समयमा नै खर्च हुन नसकि विकास आयोजनाहरु अलपत्र भइरहेको जनगुनासो व्याप्त रहेको सन्दर्भमा यस्ता आयोजनामा सार्वजनिक खर्च उपयोगमा देखिएका समस्याहरु देहाय बमोजिम रहेका छन्ः

  • दातामा आधारित आयोजनामा सरकारले अपनत्व नलिनु,
  • विकास आयोजनाको बस्तुगत आधारमा प्राथमिकता नगरिनु,
  • एउटै प्रकृतिको कामका लागि बेग्ला बेग्लै मन्त्रालयले जिम्मा लिदाँ सबैको हो कसैको होइन, बिग्रेको जति अरुको सप्रेको जति मेरो भन्ने प्रवृत्ति व्याप्त भयो, जसले जिम्मेवारी, उत्तरदायित्व तथा जवाफदेहिता कमजोर बन्न पुग्यो,
  •  केन्द्रीय परियोजना पनि पर्याप्त गृहकार्य बेगर नै सुरु हुनु
  •  जग्गा मुआब्जाको समस्या विद्यमान हुनु
  •  आयोजना प्रमुख तथा कर्मचारीको छिटो छिटो सरुवा हुदाँ समयमा गुणस्तरीय कार्य हुन सकेन,
  •  सूचकमा आधारित अनुगमन तथा मूल्यांकन भएन, कमजोर भयो,
  •  राजनीतिक दबाब र प्रभावमा सम्भाव्यता बेगरका आयोजना छनौट हुन पुगे,
  •  अपेक्षित समन्वयको पक्ष कमजोर हुनु,
  •  श्रोत र साधनलाई आयोजना अनुकूल बनाउन नसकिनु (चाहिएको बेला नहुने, नचाहिएको बेला थुप्रने)
  •  परियोजनामा जवाफदेहिता, जिम्मेवारी र उत्तरदायित्व पक्ष कमजोर भयो,
  •  ठेकेदारहरु नियमन गर्न नसकिनु, 
  • सार्वजनिक खरिद ऐन विकासमैत्री बन्न नसकिनु।

विकास आयोजनामा सार्वजनिक खर्च प्रभावकारी बनाउने उपायहरु

  • समस्याको वास्तविक पहिचान गरी विकास आयोजनामा सार्वजनिक खर्च प्रभावकारी बनाउनका लागि देहाय बमोजिम सुधारका सुझाब प्रस्तुत गर्न सकिन्छः
  • नतिजामा आधारित, व्यवसायिक योजनासहित परिणाममा आधारित बजेटको निर्माण गर्ने,
  • परियोजना बैंकलाई व्यवहारमा नै कार्यान्वनय गर्ने,
  • मन्त्रालयगत बजेट प्रस्ताव मान्यता अबलम्बन गर्ने,
  • कार्यक्रम स्वीकृतिसँग सँगै बजेटको अख्तियारी जाने तथा LMIBS पद्धति स्वचालित र दक्षतायुक्त बनाउने,
  • जग्गाको मुआब्जाको समस्या समाधान लगायत परियोजना क्षेत्रलाई परियोजना सञ्चालन अनुकूल बनाएर मात्रै परियोजना सुरु गर्ने,
  • आ.व.को अन्त्यमा बजेटको अख्तियारी दिने परिपाटीको तत्काल अन्त्य गर्ने,
  • कर्मचारीको जथाभावी सरुवा नगर्ने तथा कर्मचारीको कार्यसम्पादन मूल्यांकन परियोजनाको मूल्यांकनका आधारमा गर्ने,
  • सूचकमा आधारित अनुगमन मूल्यांकन पद्धति पूर्ण रुपमा अबलम्बन गर्ने र अनुगमन मूल्यांकनलाई परियोजनाको अनिवार्य शर्तका रुपमा विकास गर्ने,
  • आयोजना समयमा सम्पन्न हुन नसकेको कारणबाट सिर्जित दायित्वमा ठेकेदार र आयोजना प्रमुख दुबैलाई समान उत्तरदायी बनाउने।

निष्कर्ष 

विविध योजनागत, व्यवस्थापकीय, सांगठानिक, मानवश्रोत व्यवस्थापनसँग सम्बन्धित, बजेट, अनुगमन मूल्यांकन तथा कर्मचारीको व्यवसायिकतामा देखिएका समस्याका कारण नेपालका विकास आयोजनामा अपेक्षित सार्वजनिक खर्च हुन नसकेको देखिन्छ। माथि उल्लेखित विविध उपायहरुको अबलम्बनमार्फत कार्य अघि बढाउन सके सार्वजनिक विकास खर्च बढाउन सकिन्छ।

Post a Comment

0 Comments