Advertisement

सार्वजनिक वित्त व्यवस्थापन, क्षेत्र र उद्देश्य

प्रश्न. सार्वजनिक वित्त व्यवस्थापनको परिचय दिदै यसका क्षेत्र र उद्देश्य लेख्नुहोस्।

सार्वजनिक वित्त व्यवस्थापन

  • सरकारको आय, व्यय र ऋणको परिचालन वा प्रवन्ध गर्ने पद्धति सार्वजनिक वित्त व्यवस्थापन हो। सरकारी उद्धेश्य हासिल गर्न राजश्व, खर्च र सरकारी सम्पति तथा दायित्वको सही परिचालन गर्ने माध्यम पनि सार्वजनिक वित्त व्यवस्थापन हो।
  • अर्को अर्थमा सरकारका वित्तीय गतिविधिहरूको समग्र व्यवस्थापन नै सार्वजनिक वित्त व्यवस्थापन हो। सरकारका आर्थिक गतिविधिहरूमा श्रोतको प्राप्ति, श्रोतको वितरण, उपयोग र त्यसको परीक्षण आदि विभिन्न पक्षहरू रहेका हुन्छन्।
  • सार्वजनिक वित्त व्यवस्थापनले सरकारले नीतिमा आधारित बजेट तर्जुमा गर्ने, स्रोत सही खर्चरपरिचालन गर्ने, पारदर्शी तबरले अभिलेखन, लेखाकंन र आर्थिक कारोबारको लेखापरीक्षण तथा नियन्त्रण र समयमा प्रतिवेदन गर्ने कार्य गर्दछ।
  • यी सबै पक्षको समुचित व्यवस्थापनले एकातर्फ साधन श्रोतको विवेकपूर्ण उपयोगको सुनिश्चितता गर्दछ भने अर्कोतर्फ उत्तरदायित्व, पारदर्शिता, समग्र वित्तिय अनुशासन जस्ता पक्षहरूको उपस्थितिले सुशासन अभिवृध्दिमा सहयोग पुर्याउँदछ।

सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्र

सरकारको आय, व्यय र ऋणको परिचालन वा प्रवन्ध गर्ने सार्वजनिक वित्त व्यवस्थापनका क्षेत्रहरू निम्न रहेका छन्:

  •  सरकारी राजश्व, खर्च र ऋण व्यवस्थापन सम्वन्धी नीति तथा योजना तर्जुमा गर्ने
  •  बजेट तर्जुमा तथा कार्यान्वयन
  •  सम्पति तथा दायित्व व्यवस्थापन
  •  वैदेशिक सहायता व्यवस्थापन
  •  सार्वजनिक ऋण व्यवस्थापन
  •  वित्तिय व्यवस्थापन प्रक्रिया तथा संरचना
  •  सरकारी आर्थिक कारोबारको लेखाकंन प्रतिवेदन र लेखापरीक्षण गर्ने
  •  आन्तरिक नियन्त्रण प्रणाली लागू गर्ने।

सार्वजनिक वित्त व्यवस्थापनको उद्धेश्य

  • सरकारको श्रोत प्राप्ति, परिचालन र विवेकपूर्ण उपयोगमा सहयोग पुर्‍याउने ।
  • सरकारले राजश्व, खर्च तथा ऋणको प्रभावकारी रूपमा व्यवस्थापन गर्ने।
  • आर्थिक स्थायित्व कायम राख्ने।
  • सरकारका प्रथामिकता प्राप्त तथा रणनीतिक महत्वका क्षेत्रहरूमा साधनको परिचालन गर्ने।
  • सरकारको योजना तथा बजेट तर्जुमा, कार्यन्वयन र अनुगमन तथा मूल्याकंन प्रणालीमा कार्यकुशलता अभिवृद्धि गर्ने।
  • वित्तीय क्षेत्रमा पारदर्शिता र उत्तरदायी संस्कारको विकास गर्ने।
  • उपलव्ध श्रोत साधनको समन्यायिक र विवेकपूर्ण वितरण र प्रयोग गर्ने गराउने।
  • समग्र वित्तीय अनुशासन कायम राख्ने।
  • प्रभावकारी सार्वजनिक वित्त व्यवस्थापनमार्फत सेवा प्रवाह, विकास निर्माण र सुशासनमार्फत देशको आर्थिक सामाजिक रूपान्तरणलाई प्रभावकारी र समृद्ध बनाउने लगायत ।

सारमा,

सार्वजनिक वित्त राज्य सञ्चालनको महत्वपूर्ण विषय हो। वित्त वा स्रोतबिना राज्य सञ्चालन हुन्छ न त विकास हुन्छ न त सेवा प्रवाह हुन्छ। त्यसैले सार्वजनिक वित्त व्यवस्थापनका सम्पूर्ण क्षेत्र र आयामहरूमा सार्वजनिक श्रोतहरुको प्राप्ति देखि परिचालनसम्मका समग्र पक्षमा प्रभावकारी व्यवस्थापन गरिनु पर्दछ।

Post a Comment

0 Comments