Advertisement

नेपाल समाचारपत्र, १३ कार्तिक २०८०

१. सरकारका विभिन्न स्वरूपका बारेमा उल्लेख गर्दै ती सरकारका सबल र कमजोर पक्षका बारेमा चर्चा गर्नुहोस्।

निश्चित भू-भागमा शासन सञ्चालन गर्ने संस्था, राज्यका लागि आवश्यक पर्ने कानुन निर्माण गर्ने, लागू गर्ने र त्यसरी लागू भएका कानुनको पालना नभएमा दण्ड गर्ने संस्था, राज्यका इच्छालाई व्यवहारमा कार्यान्वयन गर्ने संयन्त्र नै सरकार हो।

१. एकात्मक सरकार 

सम्पूर्ण शक्ति र शासनको वागडोर केन्द्रीय निकायमा मात्र रहने सरकारको स्वरूप

सबल पक्ष :

  • शासन व्यवस्था दरिलो हुन्छ।
  • सरकार शक्तिशाली हुन्छ।
  • कम खर्चिलो हुन्छ।
  • एकल नागरिकता।
  • राष्ट्रिय एकताको भावना।
  • निर्णय प्रक्रियामा शीघ्रता।
  • साना देशका लागि उपयोगी हुन्छ।
  • शासन सञ्चालनमा सरल हुन्छ।

कमजोर पक्ष:

  • स्थानीय आवश्यकता र हितलाई उपेक्षा गर्दछ।
  • निरंकुश बन्ने खतरा हुन्छ।
  • कार्यभार बढी हुन्छ।
  • स्थानीय स्वायत्तता कम हुन सक्दछ।
  • ठूला देशका लागि उपयुक्त हुँदैन।
  • स्थानीय जनतामा सरकारप्रति उदासीनता बढ्न सक्छ।
  • सरकारी अधिकारीको बढी प्रभाव पर्न सक्छ।
२. संघात्मक सरकार

संविधानद्वारा शक्ति केन्द्रीय सरकार र राज्य सरकारको बीच विभाजन गरी समन्वयात्मक ढंगले शासन व्यवस्था सञ्चालन गर्ने।

सबल पक्ष
  • जनइच्छाको कदर
  • सीमित सरकारको व्यवहारिक पालना
  • सबै जातजाति, धर्म र संस्कृतिको समान संरक्षण
  • स्थानीय स्वायत्तता
  • विकासमा प्रतिस्पर्धा हुन्छ
  • ठूला देशका लागि उपयोगी हुन्छ।
कमजोर पक्ष:
  • खर्चिलो शासन व्यवस्था
  • राष्ट्रिय एकतामा खतरा
  • उग्र जातीय भावना
  • केन्द्र र राज्य सरकार बीच विवाद
  • आन्तरिक शासनमा कमजोर
  • शासनमा एकरूपताको अभाव हुन्छ।
३. संसदीय सरकार

संसदबाट सरकारको गठन हुने र कार्यपालिका व्यवस्थापिकाप्रति उत्तरदायी एवं जवाफदेही हुने सरकारको स्वरूप।

सबल पक्ष:
  • संसदीय सर्वोच्चता हुन्छ
  • जनउत्तरदायी सरकार
  • जनकल्याणकारी शासन व्यवस्था
  • कार्यपालिका स्वेच्छाचारी हुन नपाउने
  • जनमतमा आधारित सरकार
  • निरंकुशताको कम सम्भावना
  • लचिलो शासन व्यवस्था।
कमजोर पक्ष:
  • सरकारको स्थायित्व नहुने,
  • दलीय हितका लागि राष्ट्रिय हितको उपेक्षा हुने
  • अल्पमतको उपेक्षा,
  • अधिक राजनीतिकरण
  • ब्युरोक्रेसीमा अस्थिरता आउन सक्ने
  • सत्ताको खेलमा समय बित्ने
  • विपक्षी दलमा उत्तरदायित्वको अभाव
  • सरकार परिवर्तनसँगै नीतिगत अस्थिरता हुने।
४. अध्यक्षात्मक सरकार
कार्यपालिका प्रमुख व्यवस्थापिकाद्वारा निर्वाचित नभई अन्य उपायद्वारा निर्वाचित हुन्छ र त्यसरी निर्वाचित कार्यपालिका व्यवस्थापिकाप्रति उत्तरदायी नभई स्वतन्त्र रूपले काम गर्न पाउँछ र तोकिएको अवधिसम्म शासन गर्न व्यवस्थापिकाको सहयोग लिनु पर्दैन।
सबल पक्ष:
  • स्थीर सरकार,
  • मन्त्रीहरु दलगत स्वार्थबाट मुक्त हुने
  • प्रशासनिक दक्षता बढ्ने
  • योग्य व्यक्तिको सहयोग लिन सकिने
  • बहुदलीय व्यवस्थाका लागि उपयुक्त
  • ठूला देशका लागि ठीक।
कमजोर पक्ष:
  • निरंकुश बन्ने डर
  • कार्यपालिका र व्यवस्थापिका बीच असहयोग
  • संविधान संशोधन गर्न गाह्रो
  • शक्ति नियन्त्रण र सन्तुलनको सिद्धान्तविपरीत
  • संसदप्रति उत्तरदायी नहुने भएकाले उत्तरदायित्वको सिद्धान्तविपरीत
२. सार्वजनिक प्रशासनको परिभाषा दिँदै यसका सिद्धान्त र उद्देश्यहरू प्रकाश पार्नुहोस्। 
कुनै निश्चित उद्देश्य प्राप्तिका लागि समन्वयात्मक रूपमा सामूहिक प्रयास गर्नु नै प्रशासन हो। कुनै पनि देशको सरकारद्वारा देशको चौतर्फी विकास र नागरिकको कल्याण एवं हितका लागि गरिने नियमित, आकस्मिक र विकासात्मक गतिविधिको समग्रतालाई सार्वजनिक प्रशासन भनिन्छ।
सार्वजनिक प्रशांसनका सिद्धान्तहरु
  • संगठनको सिद्धान्त
  • कानुनको सिद्धान्त
  • कार्यविभाजनको सिद्धान्त
  • राजनीतिक निर्देशनको सिद्धान्त
  • जनसेवाको सिद्धान्त
  • समन्वयको सिद्धान्त
  • विकेन्द्रीकरणको सिद्धान्त
  • पारदर्शिताको सिद्धान्त
  • जवाफदेहिताको सिद्धान्त
  • कार्यकुशलताको सिद्धान्त
  • प्रतिष्ठाको सिद्धान्त
सार्वजनिक प्रशासनका उद्देश्यहरुः
सरकार राज्यका उद्देश्य कार्यान्वयन गराउने संयन्त्र हो। सार्वजनिक प्रशासन त्यस्तो उद्देश्य प्राप्त गर्ने माध्यम हो। तसर्थ सरकारका उद्देश्यहरु नै सार्वजनिक प्रशासनका उद्देश्य हुन्।
  • सरकारका आधारका रूपमा काम गर्नु
  • नीति निर्माणमा राजनीतिक क्षेत्रलाई सहयोग गर्नु
  • कानुनको पालना र कार्यान्वयन गर्नू / गराउनू
  • देशमा शान्ति सुरक्षा कायम गर्नु विकासात्मक गतिविधिहरु सञ्चालन गर्नु
  • उपलब्ध स्रोत साधनको प्रभावकारी रूपमा परिचालन गर्नु 
  • समाजमा आर्थिक समानता कायम गर्नु
  • सरकार र जनताबीच सम्पर्क स्थापना गराउनु
  • लोक कल्याणकारी व्यवस्था कायम गर्नु
  • सरकारलाई आवश्यक पर्ने सूचना संकलन, विश्लेषण र सल्लाह दिनु
  • अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्नु।
३. सार्वजनिक उत्तरदायित्वका विभिन्न पक्षका बारेमा उल्लेख गर्नुहोस्।

आफूलाई प्राप्त अधिकार र स्रोतको प्रयोग गरी गरिएको कार्यसम्पादनको सम्बन्धमा सरोकारवालासामु जवाफ दिनुपर्ने दायित्व नै उत्तर दायित्व हो। उत्तरदायित्वमा एकातिर जिम्मेवारी निर्वाह गर्नु पर्दछ भने अर्कोतिर जिम्मेवारी निर्वाह गर्ने क्रममा प्रयोग गरिएको अधिकार र  स्रोतको औचित्य पुष्टि गर्न सरोकारवालालाई जवाफ दिनु पर्दछ।
सार्वजनिक अधिकारीले उसलाई प्राप्त अधिकार, शक्ति र स्रोतको प्रयोग गरी गरेको निर्णय वा कार्यका सम्बन्धमा आम नागरिकलाई स्पष्ट गर्नुपर्ने दायित्व नै उत्तरदायित्व हो।
सार्वजनिक उत्तरदायित्व किन?
  • शक्ति, अधिकार र स्रोतको दुरुपयोग रोक्न
  • पारदर्शिता कायम गर्न
  • स्रोत साधनको कुशल र मितव्ययी परिचालन गर्न
  • कार्यसम्पादनमा प्रभावकारीता बढाउन
  • भ्रष्टाचार, अनियमितता र दुरुपयोग रोक्न
  • प्रशासनिक विकृतिको अन्त्य गर्न
  • प्रशासनप्रति नागरिकको विश्वास बढाउन
  • कर्मचारीको सदाचारिता र नैतिक आचरण सुदृढ गर्न
  • प्रशासनिक काम कारबाहीमा निष्पक्षता कायम गर्न
  • जवाफदेही प्रशासनिक व्यवस्थाको सुनिश्चित गर्न
  • सार्वजनिक उत्तरदायित्वका पूर्वसर्तहरु
  • राजनैतिक इच्छाशक्ति र प्रतिबद्धता
  • स्पष्ट परिभाषित अधिकार र जिम्मेवारी
  • मापनयोग्य कार्यसम्पादन मापदण्डहरु
  • निर्णयमा पारदर्शिता
  • प्रभावकारी वित्तीय नियन्त्रण र अनुशासन
  • निष्पक्ष र प्रभावकारी खरिद एवं टेन्डर प्रक्रिया
  • सक्षम भ्रष्टाचार नियन्त्रण संयन्त्र
  • सूचनाको सहज उपलब्धता र पहुँच
  • स्वतन्त्र एवं प्रभावकारी मिडिया
  • अधिकारको विकेन्द्रीकरण र प्रत्यायोजन
  • उच्च कर्मचारी मनोबल एवं उत्प्रेरणा
  • राजनीति र प्रशासनबीचको सुमधुर सम्बन्ध
सार्वजनिक उत्तरदायित्वका किसिमहरु
  • प्रशासनिक उत्तरदायित्व - सुपरीवेक्षकप्रति
  • राजनैतिक उत्तरदायित्व - जनप्रतिनिधि र विधायिकाप्रति
  • वित्तीय उत्तरदायित्व - आर्थिक ऐन नियम पालना र लेखापरीक्षण
  • नागरिक उत्तरदायित्व - आम जनताप्रति
  • नैतिक उत्तरदायित्व - असल आचरण हुनुपर्ने
  • कानुनी उत्तरदायित्व - ऐन नियमप्रति
  • पेशागत उत्तरदायित्व - पेसागत मूल्य मान्यताको सम्मान
  • कार्यक्रम उत्तरदायित्व - लक्ष्य वा उद्देश्य प्राप्तिप्रतिको
नेपालमा उत्तरदायित्वसम्बन्धी समस्याहरु
राजनीतिक समस्या
  • प्रतिवद्धताको कमी
  • सत्तामा पुगेपछि जनतासँग कम घुलमिल हुने प्रवृति
  • नेताहरु व्यक्तिगत स्वार्थको पछि लाग्नु
  • संसदीय समिति दलगत स्वार्थभन्दा माथि जान नसक्नु
  • राजनैतिक अस्थिरता र प्रशासनमाथि हस्तक्षेप
  • राजनीति र प्रशासन बीचमा स्पष्ट कार्य र जिम्मेवारी विभाजन नहुनु
प्रशासनिक समस्या
  • प्रक्रियामुखी भयो, व्यावसायिक हुन सकेन -
  • भ्रष्टाचार बढ्दो
  • पारदर्शिताको कमी
  • दण्ड पुरष्कार प्रणाली प्रभावकारी भएन
  • का.स.मू. वस्तुनिष्ठ छैन
  • कार्यविवरण र कार्यसम्पादनका मापदण्ड छैन
  • भद्दा संरचना, पुराना ऐन नियम र परम्परावादी सोच
  • नागरिक वडापत्र सार्वजनिक सुनुवाइ औपचारिक मात्र
  • अधिकार प्रत्यायोजनको कमी
  • कर्मचारीको आचरण उदाहरणीय बन्न सकेन
  • अनुगमन र मूल्यांकन संयन्त्र प्रभावकारी छैन
  • प्रभावकारी संचार प्रणालीको अभाव छ
अन्य समस्याहरु
  • नागरिक सचेतना कम छ।
  • नागरिक समाज सशक्त भएन।
  • निजी क्षेत्र जिम्मेवार छैन।
  • नागरिक सहभागिताका नाममा इलाइटले फाइदा लिए।
  • भ्रष्टाचारको सामाजिक प्रतिकार भएन।
समस्या समाधानका लागि के गर्ने?
  • प्रशासनिक इच्छाशक्ति र राजनीतिक प्रतिबद्धता चाहिन्छ।
  • सेवाग्राहीले उत्कृष्ट कर्मचारी चयन गर्ने व्यवस्था गर्ने । 
  • ऐन नियम र कार्यविधिमा समसामयिक संशोधन गर्ने ।
  • कार्य विवरण र कार्यसम्पादनका मापदण्ड बनाउने ।
  • नागरिक वडापत्रको व्यवहारिक कार्यान्वयन गर्ने ।
  • नागरिक चेतना बढाउने र सहभागिता बढाउने ।
  • सार्वजनिक सुनुवाई, गुनासो समाधान जस्ता संयन्त्रलाई प्रभावकारी बनाउने ।
  • कर्मचारी आचारसंहिताको कडाईका साथ लागू गर्ने ।
  • नागरिक समाज र मिडियालाई सशक्त बनाउने ।
  • दण्डहीनताको अन्त्य गर्ने ।
  • कर्मचारीको प्रवृत्ति र मानसिकतामा सुधार गर्ने ।
  • अ.दु.अ.आ. र म.ले.प.लाई सशक्त र सुदृढ बनाउने।
  • सूचनामा नागरिक पहुँच सहज बनाउने ।
यसका साथै
  • पारदर्शी निर्णय प्रक्रिया
  • प्रभावकारी एवं कुशल बोलपत्र र खरिद प्रक्रिया
  • विकेन्द्रीकरण
  • संसदीय कारबाहीको प्रत्यक्ष प्रशारण
  • छानबिन र अनुसन्धान व्यवस्था
सार्वजनिक उत्तरदायित्वका सिद्दान्तहरु
  • पूर्वसावधानीको सिद्धान्त अधिकार, 
  • कर्तव्य र उत्तरदायित्वको सन्तुलनको सिद्धान्त
  • जिम्मेवार व्यक्तिको उत्तरदायित्वको सिद्धान्त
  • जवाफ वैधताको सिद्धान्त 
  • संस्थागत रूपमा जवाफ दिनुपर्ने सिद्धान्त 
  • कामको सार्वजनिकीकरणको सिद्धान्त
  •  कर्तव्यको सिद्धान्त पूर्ण उत्तरदायित्वको सिद्धान्त
४. तनाव व्यवस्थापन भन्नाले के बुझिन्छ? यसका विशेषता, प्रकृति र व्यवस्थापनका विभिन्न उपायका बारेमा प्रकाश पार्नुहोस्।

तनाव व्यक्तिमा अनुभूति हुने मानसिक दबाबको अवस्था हो। परिस्थितिजन्य माग र आपूर्ति बीचको असन्तुलनका कारण मानिसको जीवनमा पर्ने शारीरिक तथा मानसिक असरको परिणाम नै तनाव हो। व्यक्तिको ग्रहणशीलताको सीमाले धान्न नसक्ने गरी आएको वातावरणीय परिवर्तनका कारण उसका शारीरिक तथा मानसिक क्रियाकलापमा देखिने असाधारण अवस्था नै तनाव हो।

तनावलाई व्यक्ति र संगठनको हित संरक्षण गर्ने काममा उपयोग गर्ने प्रक्रिया नै तनाव व्यवस्थापन हो। परिवर्तित वातावरण अनुकूल व्यक्तिका व्यवहारमा पनि रुपान्तरण गर्ने र तनावलाई सिजनात्मक र रचनात्मक बनाई व्यक्तिको शारीरिक एवं मानसिक सन्तुलन कायम राख्ने काम नै तनाव व्यवस्थापन हो।
तनावका विशेषताहरु
  • तनाव वातावरणीय परिवर्तनको उपज हो ।
  • यसले व्यक्तिहरुमा भिन्दाभिन्दै असर गर्दछ ।
  • तनाव जीवनको अनिवार्य सर्त हो ।
  • विकासका लागि तनावले महत्वपूर्ण भूमिका खेल्दछ ।
  • तनाव शुरूमा रचनात्मक हुन्छ बढी भएमा प्रत्युत्पादक हुन्छ।
  • तनाव मानसिक र शारीरिक रोगका रूपमा देखापर्दछ ।
  • तनावलाई व्यवस्थापन गर्न सकिन्छ।
तनावको प्रकृति
  • सकरात्मक - तनावलाई चुनौतीका रूपमा लिने, कार्यप्रेरणा र आत्मबल बढाउने
  • नकरात्मक - शारीरिक वा मानसिक हानि पुयाउने
  • आधारभूत - सामान्य किसिमको
  • सञ्चित - एकपछि अर्को थपिँदै गएको
  • आघातपूर्ण  - शारीरिक वा मानसिक रोगमाबदलिसकेको
तनावका स्रोत / कारणहरु
नीतिगत कारण
  • संगठनको लक्ष्य उद्देश्य अस्पष्ट भएमा
  • कानुनी अस्थिरता
  • राजनीति र प्रशासन बीच अस्पष्ट कार्यक्षेत्र
  • ऐन नियमको प्रभावकारी कार्यान्वयन नहुने
संगठनात्मक कारण
  • स्पष्ट कार्यविवरण नहुनु
  • न्यून अधिकार प्रत्यायोजन कम तलब सुविधाहरु
  • सेवाको असुरक्षा र अनिश्चितता
  • गुनासो सुनुवाई हुनु
  • अधिक कार्यबोझ
  • सेवा सुविधा र दण्ड पुरस्कार वितरणमा असमानता
  • कर्मचारी बीचमा द्वन्द्व
व्यक्तिगत कारण
  • आर्थिक विपन्नता परिवारमा कलह
  • नकरात्मक सोच र मनोवृत्ति
  • सामाजिक अपहेलना
  • मन नपरेका व्यक्तिसँग बस्नुपर्ने अवस्था
  • अनिश्चित भविष्य
अन्य
  • तनाव व्यवस्थापन परामर्शको अभाव
  • आफ्नो क्षमताको उचित कदर नहुनु
  • राम्रो कार्य वातावरण नहुनु
  • प्रविधिमा भइरहने परिवर्तन
  • बढ्दो जनअपेक्षा र दवाब
  • जोखिमपूर्ण काम गर्नुपर्ने अवस्था
तनाव व्यवस्थापनका उपायहरु
निरोधात्मक उपाय
व्यक्तिगत प्रयास
  • व्यवहारिक लक्ष्य निर्धारण गरी काम गर्ने
  • नियमित र सन्तुलित आहार र व्यायाम
  • सिर्जनात्मक र रचनात्मक काममा ध्यान केन्द्रित गर्ने
  • सकरात्मक सोच र ईश्वरप्रति आस्था राख्ने
  • खराब मानिसको संगत् नगर्ने
  • आफ्नो यथार्थतालाई स्वीकार्ने
  • सामूहिक घुलमिल हुने
संगठनात्मक प्रयास
  • स्पष्ट लक्ष्य बनाउने
  • कार्यविवरण र कार्य विभाजन स्पष्ट गर्ने
  • सेवाको सुरक्षाको निश्चितता गर्ने
  • उपयुक्त कार्यवातावरण बनाउने
  • समान, निष्पक्ष र न्यायपूर्ण व्यवहार गर्ने
  • तनावसम्बन्धी चेतना बढाउने
उपचारात्मक उपाय
व्यक्तिगत प्रयास
  • व्यायाम योग र ध्यान गर्ने
  • नकरात्मक सोचलाई त्याग्ने
  • रचनात्मक क्रियाकलापमा संलग्न हुने
  • मनोवैज्ञानिक परामर्श र उपचार गर्ने
  • एकान्तमा बस्ने बानि त्याग्ने
  • धार्मिक र सामाजिक क्रियाकलापमा सहभागी हुने
संगठनात्मक प्रयास
  • समस्यालाई ध्यान दिएर सुन्ने आत्मविश्वासको विकास गराउने
  • तनावका स्रोत पहिचान गरी निरुपण गर्ने
  • समाधानका सम्भावित उपायहरुबारे बताउने
५. दिगो विकास भन्नाले के बुझिन्छ? यसका विभिन्न आयामका बारेमा संक्षिप्त विश्लेषण गर्नुहोस्।
मानिस र प्रकृतिबीचको अन्तरसम्बन्धलाई फलदायी सकरात्मक र परस्पर सहयोगी बनाउँदै गरिने विकास नै दिगो विकास हो। भविष्यका पुस्ताको प्रयोगमा असर नपर्ने गरी वर्तमान पुस्ताको उपयोग गर्ने कुरामा जोड दिन्छ यसले।
वातावरणीय नीतिहरु र विकासका रणनीतिहरुको समष्टि नै दिगो विकास हो। भावी पुस्ताको आवश्यकतासंग • सम्झौता नगरीकन अहिलेको जीवनस्तरमा सुधार ल्याउनुपर्दछ भन्ने मान्यता नै दिगो विकास हो।
दिगो विकासका आयामहरु:-
वातावरणीय आयाम
  • वातावरण संरक्षणका नितिगत, कानुनी र संस्थागत व्यवस्था
  • नवीन स्रोतको उपयोग
  • प्रकोप व्यवस्थापनमा पूर्वक्रियाशीलता
सामाजिक आयाम
  • सामाजिक न्याय
  • समानता
  • जनसंख्या नियन्त्रण
  • सांस्कृतिक सम्पदा र विविधताको संरक्षण 
आर्थिक आयाम
  • गरिबी निवारण उन्मुख आर्थिक विकास
  • आर्थिक विकास र वातावरणबीच सन्तुलन
  • दिगो उत्पादन वृद्धि
शासकीय आयाम
  • वैधानिक र जनप्रतिनिधिमूलक सरकार
  • विकेन्द्रीकरण
  • कानुनको शासन
  • मानव अधिकारको संरक्षण र संवर्द्धन 
मानवीय विकास
  • रोजगारी बढाउने
  • मानवीय मूल्य मान्यता र सदाचार बढाउने
  • गरिब र असहाय वर्गको संरक्षण
  • विभिन्न विभेदको अन्त्य
६. नागरिक समाज भन्नाले के बुझिन्छ? विकासमा नागरिक समाजको भूमिका प्रष्ट पार्नुहोस्।

नागरिक समाज गैरराजनीतिक गैरसरकारी संगठन हो। राज्यभन्दा अलग अस्तित्व भएका, समुदायमा आधारीत कार्यमा समर्पित समूहलाई नागरिक समाज भनिन्छ। सार्वजनिक सरोकारका विषयमा सरकार र अन्य निकायमा सार्वजनिक नीतिको वकालत गर्ने, उनीहरुलाई सचेत गराउने र कुनै काम गर्न वा नगर्न दबाब दिने अनौपचारीक गठबन्धन नै नागरिक समाज हो। नागरिक समाजलाई समुदायको आत्मा पनि भनिन्छ।
नागरिक समाज
  • स्वतन्त्र संगठनका रूपमा रहन्छ ।
  • सरकारी र अन्य बाहृय दबाब र हस्तक्षेपबाट स्वतन्त्र हुन्छ ।
  • दलीय राजनीतिबाट मुक्त हुन्छ ।
  • गैरनाफामूलक हुन्छ ।
  • स्वयंसेवी स्वभावको हुन्छ ।
  • लोकतान्त्रिक परिपाटीमा विश्वास राख्दछ ।
  • बहुसख्यंक जनताको हकहित र स्वार्थको पक्षपोषण गर्छ।
  • सामाजिक जागरण, सामुदायिक परिचालन, सचेतीकरण र आफ्ना हक अधिकारको प्राप्तिका लागि लोकप्रिय दबाब दिने गर्दछ।
विकासमा नागरिक समाजको भूमिका
  • राजनीति र समाजबीचको मध्यस्थकर्ता
  • सरकारको साझेदारका रूपमा काम गर्ने
  • भ्रष्टाचारविरोधी अभियान सशक्त बनाउने
  • उपभोक्ताको हित संरक्षण गर्ने
  • लोकतन्त्रमा निमुखाको आवाज बुलन्द गर्ने
  • यसका साथै परामर्शकारी, पैरवी, सहकारी, रचनात्मक प्रतिपक्षको भूमिका
विकासमा नागरिक समाजको भूमिका:-
  • राजनीति र समाजबीचको मध्यस्थकर्ता
  • सरकारको साझेदारका रूपमा काम गर्ने
  • भ्रष्टाचारविरोधी अभियान सशक्त बनाउने
  • उपभोक्ताको हित संरक्षण गर्ने
  • लोकतन्त्रमा निमुखाको आवाज बुलन्द गर्ने
यसका साथै परामर्शकारी, पैरवी, सहकारी, रचनात्मक प्रतिपक्षको भूमिका
पछिल्ला समयमा नागरिक समाजसमेत विभाजित हुँदा विकासोन्मुख देशले बढी समस्या भोग्नुपरिरहेको देखिन्छ। नेपालमा नागरिक समाज बढी विभाजित हुने क्रम बढ्दो छ। नागरिक समाजको नेतृत्व गर्दै अघि बढ्न खोज्नेहरुले आफनो स्वार्थलाई प्राथमिकताका राख्दा शासकहरुबाट परिचालित हुन थालेका छन्। जसका कारण शासकीय व्यवस्था नै दिनानुदिन कमजोर बन्न थालेको देखिन्छ। नागरिक समाजले शासकहरुको बदमासीविरुद्ध निरन्तर खबरदारी गर्नुपर्नेमा त्यस्तो हुन सकेको छैन। जसका कारण मुलुकमा विकृति र विसंगतिको पारो हवात्तै बढेको छ।

Post a Comment

0 Comments