Advertisement

नेपाल समाचारपत्र वस्तुगत, ९ पुष २०८०

१. संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको इयर अफ मिलेट्स (अन्तर्राष्ट्रिय फोटो प्रतियोगिता) मा दोस्रो पुरस्कार हात पार्ने नेपाली फोटो पत्रकार को हुन्?

  • राज अधिकारी
  • विश्वका ५८ देशबाट करिब ८ सय तस्विरहरु समावेश भएको
  • नेपालमा कोदो संरक्षणमा महिलाको भूमिकासम्बन्धी तस्विर दोस्रो बनेको
  • पुम्दीभुम्दीकी विष्णुमाया बरालले कोदो काट्दै गरेको फोटो प्रतियोगितामा समावेश गरिएको
  • दक्षिण अफ्रिकी फोटोग्राफर जोनाथन रिजले खिचेको तस्विर प्रथम भएको

२. दक्षिण कोरियाकी प्रथम महिला राष्ट्रपति को हुन्?

  • पार्क ग्युन हाय (पार्क महाअभियोगद्वारा बर्खास्त हुने पहिलो निर्वाचित राष्ट्रपतिसमेत रहेको)

३. कोप-२५ बैठक कुन देशमा हुने तय भएको छ?

  • अजरबैजान

४. स्थानीय तहको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको अध्यक्ष को हुने व्यवस्था रहेको छ?

  • गाउँपालिका अध्यक्ष वा नगरपालिका प्रमुख

५. सडकदूरीको दृष्टिकोणले राजधानीबाट सबैभन्दा टाढाको जिल्ला सदरमुकाम कुन हो?

  • बाजुराको सदरमुकाम मार्तडी (मार्तडी काठमाडौंबाट १ सय ७२ दशमलव ९३ किमि टाढा रहेको।

६. गण्डकी प्रदेशमा रहेका ८ हजार मिटरभन्दा अग्ला हिमाल कुन-कुन हुन्?

  • धवलागिरि, मनास्लु र अन्नपूर्ण

७. महाभारत पर्वतको सबैभन्दा अग्लो भाग कुन हो? 

  • शैलुङ, दोलखा

८. कोशी प्रदेशमा ८ हजार मिटरभन्दा अग्ला कतिवटा हिमाल रहेका छन्?

  • ५ वटा

९. नेपालले कतिवटा मुलुकसँग द्विपक्षीय हवाई सेवा सम्झौता गरेको छ?

४१ वटा

१०. लोहजरा दह कहाँ रहेको छ?

  • सप्तरी

११. रमेश विकल वाङ्मय पुरस्कार-२०८० कसलाई प्रदान गरिएको छ?

  • वासुदेव त्रिपाठी

१२. दर्शन केसी साङ्कु को नाकको सहाराले लेखिएको कविता संग्रह कुन हो? 

  • दर्शन पोयम कलेक्सन

१३. चासोक मेला कुन पर्वसँग सम्बन्धित छ?

  • उधौली पर्व

१४. गुप्तेश्वर गुफा कुन जिल्लामा पर्दछ?

  • पर्वत, कास्की

१५. यूजी-९९ के संग सम्बन्धित छ? 

  • गहुँ बालीमा लाग्ने घातक रोग

१६. साहित्यकार सरुभक्तको वास्तविक नाम के हो?

  • भक्तबहादुर श्रेष्ठ

१७. नेपालको पहिलो जननिर्वाचित सरकार कहिले गठन भएको थियो?

  • २०१६ साल जेठ १३ गते

१८. जलवायु भन्नाले कति लामो समयावधिको सरदर मौसमको अवस्थालाई जनाउँदछ?

  • ३० वर्ष वा अधिक

१९. धान नाचमा गाइने गीतलाई के भनिन्छ? 

  • पालम

२०. प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलको स्थापना कहिले भएको हो? 

  • सन् १९२३ सेम्टेम्बर ७

२१. दक्षिण ध्रुवमा पुग्ने पहिलो व्यक्ति को हुन्?

  • रोआल्ड एमन्डसेन

२२. सार्क क्षेत्रको सबैभन्दा ठूलो ताल कुन हो? 

  • चिल्का ताल (भारत)

२३. राष्ट्रपति निर्वाचनको मतदाता को-को हुन्?

  • संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य

२४. प्रतिनिधिसभामा रहने महाभियोग सिफारिस समितिमा कति जना सदस्य रहन्छन्?

  • ११ जना

२५. म्याग्नाकार्टाका लेखक को हुन्?

  • स्टेफेन लङटन

२६. शक्ति पृथकीकरणको सिद्धान्त उल्लेख गरी लेखिएको पुस्तक कुन हो?

  • The Spirit of Laws

२७. मृत्यु देऊ वा स्वतन्त्रता र जीवन स्वतन्त्रता र सुखको खोजी शीर्षकको नारा कुन क्रान्तिसँग सम्बन्धित छ?

  • अमेरिकी स्वतन्त्रता संग्राम

२८. दोस्रो विश्वयुद्धको समयमा नेपालको प्रधानमन्त्री को थिए?

  • जुद्धशमशेर

२९. वागमती प्रदेशमा नेपाली भाषाका अतिरिक्त कुन भाषाले सरकारी कामकाजी भाषाको मान्यता पाएका छन्?

  • तामाङ र नेपाल भाषा

३०. विश्व मानसिक स्वास्थ्य दिवस कहिले मनाइन्छ?

  • अक्टोबर १०

Post a Comment

0 Comments