Advertisement

नेपाल समाचारपत्र वस्तुगत, १६ पुस २०८०

१. इराकका पूर्वराष्ट्रपति सद्दाम हुसेनलाई कुन प्रकरणमा मृत्युदण्ड दिइएको थियो?

  • इराकको डुजेल गाउँमा भएको नरसंहार

२. पाकिस्तानको पहिलो महिला प्रधानमन्त्री को हुन्?

  • बेनजिर भुट्टो

३. अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्मा अमेरिकाको उम्मेदवार बन्न नपाउने राज्य कुन-कुन हुन्?

  • कोलोराडो र मेइन (KM)

४. नेपाली वनस्पतिका पिता को हुन्?

  • फ्रान्सिस बुकानन ह्यामिल्टन

५. मरूभूमिको जहाज भनेर कुन जनावरलाई चिनिन्छ?

  • ऊँट

६. चाक्चाकुर पर्व कुन समुदायले मनाउने पर्व हो?

  • कुलुङ

७. मधेस सरकारले जनलोकपाल आयोग कहिले स्थापना गरेको हो?

  • २०७८ भदौ २२ गते

८. वुमन आइकन आईसीटी अवार्ड-२०२३ को विजेता को हुन्?

  • सुनैना घिमिरे पाण्डे

५. नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा विश्व बजार प्याराग्लाइडिङ जोन घोषित क्षेत्र कुन हो?

  • काभ्रेको देवीस्थान डाँडा

१०. नेवार समुदायमा प्रचलित परिकार योमरीको उत्पत्ति कुन ठाउँबाट मानिन्छ?

  • राजा अशुवर्माको पालामा पाञ्चाल नगर (अहिलेको पनौती)

११. रूप्से झरना कुन जिल्लामा पर्दछ?

  • म्याग्दी

१२. विश्वको पहिलो स्वच्छ वाणिज्य आणविक रिएक्टर बनाउने देश कुन हो?

  • चीन

१३. क्याटरपिलर फङ्गस भनेर कुन जडीबुटीलाई चिनिन्छ?

  • यार्सागुम्बा

१४. नेपालको पहिलो संविधान नेपाल सरकार वैधानिक कानुन-२००४ को निर्माणमा संलग्न भारतीय संविधानविद को-को हुन्?

  • श्रीप्रकाश, डा. राम उग्र सिंह र रघुनाथ सिंह

१५. कोशी, गण्डकी र कर्णाली नदीको कुल जलभण्डार क्षमता कूल जलभण्डार क्षमताको कति प्रतिशत रहेको छ?

  • ७४ प्रतिशत

१६. शाही कर्णाली शिकार आरक्षलाई बर्दिया राष्ट्रिय निकुञ्जका रूपमा कहिले नामकरण गरिएको हो?

  • २०४१ साल भदौ ११ गते

१७. नेपालको संविधानअनुसार श्रमिक भन्नाले कसलाई बुझिन्छ ?

  • पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्ने कामदार वा मजदुर

१८. दन्किँदो भुटान पुस्तकका लेखक को हुन्?

  • देवीभक्त लामिटारे

१८. फतह-२ मिसाइलको सफल परीक्षण गर्ने मुलुक कुन हो?

  • पाकिस्तान

२०. अरनिको अन्तर्राष्ट्रिय पुरस्कार-२०७५ प्राप्त गर्ने व्यक्ति को हुन्?

  • विजय हितान (लाहुरे दाइको रेलिमाई उपन्यासका लागि प्राप्त)

२१. सामाजिक व्यवहार सुधार ऐन-२०३३ अनुसार विवाह भोजमा नजिकको नातेदार बाहेर कति जना व्यक्तिलाई आमन्त्रण गर्न पाउने व्यवस्था रहेको छ?

  • ५१ जना (जन्ति वा वरियात ५१ जना लान सकिने, छैठी, न्वारन, जन्मदिवस, पास्नी, व्रतबन्धको भोजमा २५ जनालाई आमन्त्रण गर्न सकिने)

Post a Comment

0 Comments