Subscribe Us


नमस्ते, मेरो व्यक्तिगत ब्लगमा हार्दिक स्वागत छ । तपाईं यो ब्लगमा मेरा विभिन्न लेखका साथै लोकसेवा सामाग्रीहरु पनि पढ्न सक्नुहुनेछ । कृपया Menu मा गएर आफूले पढ्न खोजेको Category छान्नुहोस् वा Search box मा आफूले चाहेको विषयबस्तुको कुनै Keyword खोज्नुहोस् । मेरो ब्लग सम्म आइदिएर यहाँ भ‍एका सामग्री पढ्नुभएकोमा धन्यवाद ।

सार्वजनिक सेवा र यसको प्रवाह/ वितरणबारे प्रकाश पार्नुहोस् ।

१. परिचय
सार्वजनिक
१. सबै जनाको उपयोगका लागि बनाइएको, सबैलाई समान रूपले काम लाग्ने, सार्वजनीन नियम, व्यवस्था, निर्माण, प्रयोग ।
२. सबैसित सम्बन्ध भएको, धेरैसँग सम्बन्धित, सबै जनालाई विनाभेदभाव प्रदान गरिने कल्याणकार्य ।
सेवा
१. शारीरिक, मानसिक, वाचिक आदि सबै पक्षले गरिने देवदेवी आदिको आराधना, उपासना, अर्चना ।
२. मान्यजनको सम्मान ।
३. सरकारी वा गैरसरकारी तहमा तलब लिएर गरिने काम, नोकरी ।
४. आफ्नो रुचिअनुसार सार्वजनिक हित वा जनकल्याणका निम्ति गरिने काम, उपकार ।
५. मानसिक र शारीरिक स्वास्थ्यका निम्ति नियमित रूपले गरिने व्यवहार ।
६. तीर्थ, व्रत, सत्संग आदि हुने ठाउँमा नियमपूर्वकको बसाइ ।
७. टहल, चाकरी ।
सार्वजनिक अर्थात् सरकारी सेवाको प्रवाह ।
सरकारी संयन्त्रबाट स्वयं (प्रत्यक्ष) वा मार्फत (अप्रत्यक्ष) नागरिकका लागि प्रदान गरिएको सेवा ।
सामाजिक सम्झौताको सिद्धान्तअनुसार यस्तो सेवा प्रदान गर्नु राज्यको कर्तव्य हो भने सेवा प्राप्त गर्नु जनताको अधिकार ।
प्रवाहको प्रणालीका रूपमा प्रत्यक्षअन्र्तगत सबै मन्त्रालय, विभाग, क्षेत्रीय, अञ्चल तथा जिल्ला कार्यालयहरू, इलाका, गाउँ, वडास्तरीय कार्यालयहरूबाट एवं र्सावजनिक संस्थाहरू र अप्रत्यक्षअन्र्तगत गैरसरकारी तथा निजीमार्फत ।
२. सरकारी सेवाका विशेषताहरू :
Intangibility अमूर्त छ, अदृश्य छ, अनुभूत मात्र गर्न सकिने,
Heterogeneity कोक्रोदेखि चिहानसम्म विविध किसिमका,
Perishable संरक्षण गर्न संग्रह गर्न नसकिने
सधैं कानुनमा उल्लेख,
जनताको थैलीबाट प्राप्त पैसाबाट खर्च हुने,
सार्वजनिक जवाफदेहिता गाँसिएको
सरकार (राजनीति)ले उद्देश्य निर्धारण
३. सार्वजनिक सेवाका प्रकारहरू
सुरक्षा सेवा
कल्याणकारी सेवा (सामाजिक सुरक्षा र सामाजिक न्यायका लागि
विकासमूलक सेवा – शिक्षा स्वास्थ्य सरसफाई
मनोरञ्जनात्मक सेवा – पार्क नाचघर संगीतगृह
प्रवद्र्धनात्मक सेवा – अध्ययन–अनुसन्धान, उद्योग तथा वाणिज्य प्रवद्र्धन, नीति तथा कार्यक्रम निजी उद्यम प्रवद्र्धन
सिर्जनात्मक तथा अनुसन्धानात्मक सेवा
पूर्वाधार विकाससम्बन्धी सेवा – कृषि, सिँचाइ, वन, यातायात र सञ्चार, आधारभूत आवश्यकतासम्बन्धी सेवा – नाना, खाना र छाना
सूचना तथा सचेतनात्मक सेवा (सूचनाको हक
नियमनकारी सेवा – गुणस्तर बजार अनुगमन लागूऔषध
४. सेवाप्रवाह प्रभावकारी हुन नसक्नुका कारणहरू
नाफा–घाटा देखिँदैन arket Signal
अदृश्य हुन्छ  Intangible
अधिक नियमले बाँधेको छ over regulated
एकाधिकार भएकाले  monopoly
लामो पदसोपान भएकाले steep bureaucracy
नवीनताको अभाव lack of innovation
घुमाउरो उत्तरदायित्व Loop accountability
पुरातन संस्कार Traditional culture
५. सुधारका लागि भएका प्रयासहरू
सूचनाको हकसम्बन्धी ऐन नियमहरू
सुशासन सम्बन्धि ऐन नियमहरू
कर्मचारी आचरण सम्बन्धि नियमावली २०६५
विकेन्द्रित गरिएका कार्यालयहरू तथा सेवाहरूको विविधीकरण
क्षतिपूर्तिसहितको नागरिक वडापत्र
गुनासो सुनुवाइका व्यवस्थाहरू
६. कसले के गर्ने
संसद्ले स्पष्ट कानुन बनाइदिने,
सरकारले कानुनको प्रयोग र सेवा वितरणप्रति प्रतिबद्ध हुने,
प्रशासनले शीघ्र सेवा दिई नयाँ काम खोज्ने
जनताले दबाब दिने,
सामाजिक संघसस्थाले सरकारलाई सहयोग गर्ने
दातृराष्ट्रले नयाँ प्रविधि सिकाइदिने ।

Post a Comment

0 Comments