Advertisement

स्थानीय तहको बजेट तर्जुमाको समय तालिका

स्थानीय सरकार संचालन ऐन २०७४ र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ को प्राबधान अनुरुप स्थानीय तहले वजेट तर्जुमा गर्दा अपनाउनु पर्ने समय तालिका देहायअनुसार छ,

  • आगामी आर्थिक वर्ष र त्यसपछिको थप दुई आर्थिक वर्षको लागि राजस्वको पूर्वानुमान प्राप्त गर्ने -फागुन महिनाको दोस्रो हप्ताभित्र
  • बजेटको कुल सीमा निर्धारण -फागुन मसान्तभित्र
  • बजेट सीमा तथा मार्गदर्शन सबै विषयगत महाशाखा, शाखा तथा वडा समितिहरूलाई उपलब्ध गराउने -चैत्र १५ गतेभित्र
  • विषयगत महाशाखा, शाखा तथा वडा समितिहरूले आफ्ना कार्यक्रमको प्राथमिकीकरण र बजेट प्रस्ताव -बैशाख महिनाभित्र
  • बजेट तथा कार्यक्रम तर्जुमा समितिले छलफल गरी प्राथमिकीकरण सहित अन्तिम प्रस्ताव तयार गरी कार्यपालिकामा पेश -जेठ मसान्तभित्र
  • अन्तिम प्रस्ताव उपर छलफल परिमार्जन र आगामी वर्षको नीति तथा कार्यक्रम र राजस्व तथा व्ययको अनुमान कार्यपालिकाबाट स्वीकृत -कार्यपालिकामा पेश भएपछि छलफल गरेर
  • कार्यपालिकाबाट स्वीकृत बजेट सभामा पेश -असार दश गतेभित्र
  • सभाले आवश्यक छलफल गरी पारित गर्ने वा परिमार्जनका लागि सुझाव सहित कार्यपालिकामा फिर्ता गर्ने -असार २५ गतेभित्र
  • सभाबाट परिमार्जनका लागि प्राप्त भएमा पुनः सभामा पेश -पाँच दिनभित्र
  • पुनः पेश भएको बजेट तथा कार्यक्रम परिमार्जन सहित वा प्रस्तुत रूपमा पारित गर्ने -असार मसान्त भित्र

Post a Comment

0 Comments