Advertisement

स्थानीय तहको बजेट तर्जुमा

बजेट निर्माण प्रक्रिया आउँदो आर्थिक वर्ष कतिसम्म साधन जुट्न सक्छ भन्ने अनुमानबाट सुरु हुन्छ। त्यो अंकलाई चालू र पुँजीगत शीर्षकमा विभाजित गरिन्छ । चालूतर्फ खर्च अनुमान गर्दा मुख्य रूपमा आगामी वर्ष मूल्यवृद्धि र विनिमय दर परिवर्तनको सम्भावनालाई मुख्य आधार मानिन्छ ।सालबसाली हुने स्थायी प्रकृतिका खर्च चालू खर्चअन्तर्गत पर्दछन् । उदाहरणका लागि स्थायी कर्मचारीको तलब, भत्ता, निवृत्तिभरण, उपदान, औषधि उपचार खर्च, फर्निचर, स्टेसनरी, भवन तथा सवारीका साधन मर्मत तथा भौतिक सम्पत्तिको मर्मतसम्भार आदि चालू खर्चअन्तर्गत पर्दछन्।

निश्चित अवधि तोकिएका भौतिक निर्माण, त्योसँग सम्बन्धित सामग्री खरिद, घर जग्गा खरिद, मेसिन, उपकरण खरिद आदि पुँजीगत खर्चअन्तर्गत पर्दछन्। त्यस्ता आयोजनाको निमित्त अवधि तोकी भर्ना गरिएका कर्मचारीको तलब, भत्ता आदि खर्च पनि पुँजीगत खर्चमा राखिन्छ।
आगामी आर्थिक वर्षका लागि साधन अनुमान गर्दा स्थानीय तहलाई उपलब्ध सबै किसिमका स्रोतबाट सबैभन्दा पछिल्लो मितिसम्ममा प्राप्त रकमको रासीलाई आधार बनाउनुपर्छ ।


Post a Comment

0 Comments