Advertisement

प्रश्नः सामाजिक द्वन्द्वका कारण र द्वन्द्व व्यवस्थापनका उपाय उल्लेख गर्नुहोस् ।

शाखा अधिकृत तेश्रो पत्र अन्तर्गत सामाजिक विवाद र द्वन्द्व शिर्षकमा आधारित

प्रश्नः
सामाजिक द्वन्द्वका कारण र द्वन्द्व व्यवस्थापनका उपाय उल्लेख गर्नुहोस् ।    १०

विचार र
सोचाइको  मतभिन्नता : सामाजिक द्वन्द्व

दुई वा
दुईभन्दा बढी व्यक्तिबीचको असहमति वा मतभिन्नतालाई द्वन्द्व भनिन्छ
। समाजमा रहेका
व्यक्ति वा पक्षबीच हुने असहमति वा भिन्नता र मूल्य
मान्यता, लक्ष्य
उद्देश्यबीच हुने संघर्ष र असहमति नै सामाजिक द्वन्द्व हो
। झगडा, मनमुटाव, दुस्मनी, काटमार, हिंसा, लडाइँ, असहमति
र विवादजस्ता कुरा द्वन्द्वका संकेत हुन्

गतिशील समाजमा द्वन्द्व नियमित रूपमा चलिरहन्छ
। द्वन्द्वलाई यथास्थितिबाट अगाडि जाने उचित
विकल्पका रूपमा समेत लिइन्छ

सामाजिक
द्वन्द्वका कारण :

  • समाजमा रहेका
    स्रोत
    साधनको असमान वितरण हुनु,
  • व्यक्तिको फरक
    विचार
    , स्वभाव र रुचि हुनु,
  • अवसरको
    समानुपातिक र वैज्ञानिक वितरण नहुनु
    ,
  • अल्पसंख्यक र
    सीमान्तकृत वर्गबीचमा सामाजिक विभेद रहनु
    ,
  • आर्थिक, राजनीतिक, धार्मिक, वैचारिक
    असहमति वा विविधता कायम हुनु
    ,
  • सामाजिक
    संस्कार र मूल्य
    मान्यताको पालना नहुनु,
  • एकले अर्कालाई
    विश्वास र सम्मान नगर्नु
    ,
  • सामाजिक विकृति
    नियन्त्रण नहुनु
    ,
  • सामाजिक
    विभेदजन्य व्यवहार कायमै रहनु
    ,
  • सामाजिक कुरीति
    र अपराध बढ्नु
    ,
  • समाजमा व्यापक
    मात्रामा बेरोजगारी रहनु
    ,
  • समाजमा शिक्षा
    र चेतनाको अवसरमा वृद्धि हुन नसक्नु आदि

सामाजिक द्वन्द्व व्यवस्थापनाका उपाय :

  •  सामाजमा सम्मान
    र विश्वासको भावना विकास 
    गर्ने,
  • चेतनामूलक
    कार्यक्रम सञ्चालन गर्ने
    ,
  • वर्गीय, जातीय र
    लैंगिक शोषणको अन्त्य गर्ने
    ,
  •  समाजमा
    विद्यमान सामाजिक विभेद र असमानता हटाउने
    ,
  • निर्णय
    प्रक्रियामा सरोकारवालालाई सक्रिय रूपमा 
    सहभागी गराउने,
  • आपसी सहमति र
    सहकार्यको बाटो अवलम्बन गर्ने
    ,
  • समाजमा उपलब्ध
    स्रोत
    साधनको न्यायोचित वितरण गर्ने,
  • पर्याप्त
    मात्रामा रोजगारीको अवस्था सिर्जना गर्ने आदि
    ,

अन्त्यमा























































सामाजिक
द्वन्द्व समाजको समस्या मात्र होइन

यो समाज परिवर्तनको आधार पनि हो

त्यसैले यसलाई विनाशतर्फ होइन
,
विकासतर्फ लैजाने गरी अन्त्य गर्नुपर्छ। सामाजिक द्वन्द्वको
प्रभावकारी व्यवस्थापनले समाजमा आमूल परिवर्तन भई सभ्य समाजको निर्माण हुन्छ
। सबै जीवन्त समाजमा
हुने
द्वन्द्वलाई शक्तिका रूपमा रूपान्तरण
गर्दै अगाडि बढ्नु आजको आवश्यकता हो
। 

सामाजिक विवाद र द्वन्द्व  (Social Dispute & Conflict)

सामाजिक विवाद र द्वन्द्वको बारेमा तयार पारिएको प्रिमियम नोट हेर्न यहाँ क्लिक गर्नुहोस्

Post a Comment

0 Comments