६ महिनासम्म सञ्चालित आधारभूत प्रशासन प्रशिक्षण (#BAT) सफलतापूर्वक सम्पन्न गरी आज श्रीमान् मुख्य सचिव डा. सुमनराज अर्यालज्यूको करकमलबाट प्रमाणपत्र ग्रहण गर्ने सौभाग्य प्राप्त भयो।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (#NASC) द्वारा सञ्चालित यस प्रशिक्षणले प्रशासनिक ज्ञान, व्यावसायिक सीप, नेतृत्व क्षमता तथा सार्वजनिक सेवाप्रतिको जिम्मेवारीबोधलाई अझ परिष्कृत र सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउनेमा विश्वस्त छु।
यस अविस्मरणीय सिकाइ यात्रामा निरन्तर मार्गदर्शन, सहयोग र प्रेरणा प्रदान गर्नुहुने सम्पूर्ण NASC परिवार, आदरणीय प्रशिक्षकज्यूहरू तथा साथ, सहयोग र अनुभव साटासाटमार्फत यस यात्रालाई अझ अर्थपूर्ण बनाइदिनुहुने सबै समकक्षी प्रशिक्षार्थी अधिकृत साथीहरू प्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछु।
सिकाइ, अनुभव र सेवाभावको यो यात्राले आगामी दिनमा राष्ट्र र नागरिकप्रति अझ समर्पित भएर काम गर्ने ऊर्जा र प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु।
हार्दिक धन्यवाद!
२०८३ असार ९ गते मंगलबार

0 Comments
Any questions or comments? Drop below. Please keep in mind that it must be a meaningful conversation relevant to the topic.