Advertisement

१.५ प्रचलित प्रमुख धर्म, जातजाति, भाषाभाषी र संस्कृति

नेपालमा भौगोलिक, जातीय, भाषिक, धार्मिक तथा सांस्कृतिक विविधता स्पष्ट देख्न पाइन्छ । यसर्थ, नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश हो । नेपाल संस्कृतिमा धनी राष्ट्र हो । बहुभाषी, बहुजाति र बहुधर्मका मानिसका आआफ्नै भेषभूषा र संस्कृति छन् । 

  • क्षेत्री, ब्राह्मण, मगर, थारू, तामाङ, नेवार, मुसलमान, कामी, यादव, राई, गुरुङजस्ता जनसङ्ख्याको आकारका हिसाबले ठुला जनजातिलगायतका १२५ जातजातिका मानिसहरू यहाँ बस्छन् । यिनीहरूको मातृभाषाको रूपमा आआफ्नै भाषा छन्। 
  • “नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी हो।” 
  • यहाँ १० ओटा धर्म मान्न मानिसहरू बस्छन्। 
  • हिन्दु धर्म मान्ने मानिसहरू शिव, दुर्गा आदिको पूजा गर्छन्। 
  • बुद्ध धर्मका अनुयायीहरूले भगवान बुद्धलाई पूजा गर्छन्। 
  • इस्लाम धर्म मान्नेहरूले ईश्वरलाई अल्लाह भन्दछन्। 
  • इसाई धर्म मान्नेहरू चर्चमा गएर क्राइस्टका प्रार्थना गर्दछन्। 
  • किरात धर्म मान्नेहरू पारुहाङ र सुङ्नीमा (सुम्निमा) लाई मान्दछन्। 
व्यक्तिबाट परिवार, परिवारबाट समाज र  समाजबाट राष्ट्र बनेको हुन्छ । समाजभित्र विभिन्न धर्म, पेसा, जातजाति, संस्कृति, भाषाभाषी, भेषभुषा, खानपान, रहनसहन, चाडपर्व, उत्सव आदि भएका मानिसहरू बसोबास गर्दछन् । यसैअनुरूप समाजमा विभिन्न गतिविधि हुने गर्दछ । समाजमा हुने विभिन्न राजनीतिक, धार्मिक, आर्थिक, सांस्कृतिक गतिविधिदेखि लिएर ज्ञान–विज्ञान, साहित्य, कला, मनोरञ्जन आदि जस्ता सम्पूर्ण गतिविधि राष्ट्रलाई पहिचान गराउने तत्वहरू हुन् ।

Post a Comment

0 Comments