संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (UNDP) ले प्रतिवेदन सार्वजनिक गर्ने गर्दछ। सन् २०२१/२२ को प्रतिवेदन अनुसार नेपालको अवस्था देहाय अनुसार छ;
- मानव विकास प्रतिवेदनले नेपालको मानव विकास सूचकांक (HDI) मूल्य ०.६०२ देखिएको। जुन तीन वर्षयताकै न्यून हो।
- सन् २०१९/२० मा ०.६०४ र २०१८/१९ मा ०.६११ थियो।
- सन् २०२१/२२ मा महिलाको मानव विकास सूचक ०.५४९ रहेको छ भने पुरुषको ०.६१२ छ ।
- सन् २०२१/२२ मा नेपाल सार्कमा छैटौँ, विश्वका १९१ मुलुकमध्ये १४३ औँ स्थानमा छ।
- नेपालको लैंगिक विकास सूचकांक (GDI) ०.८९७ पुगेको।
- नेपालीको औसत आयु ७०.५ वर्ष छ (महिलाः ७१.९ वर्ष र पुरुषः ६९ वर्ष)
- कुल प्रतिव्यक्ति राष्ट्रिय आय (GNI Per Capita) २७४८ USD छ । (महिला: २११३ र पुरुष: ३५१० USD)
- मानव विकासको मापनलाई अति उच्च (≥ ०.८००), उच्च (०.७०० - ०.७९९), मध्यम (०.५५० - ०.६९९) र न्यून (< ०.५५०) गरी चार भागमा छुट्याइन्छ, नेपाल मध्यम सूचकांकको श्रेणीमा छ ।
- उच्च मानव विकास सूचकांकको सूचीमा सार्कबाट श्रीलंका र माल्दिभ्स छन्।
- अति उच्च मानव विकास सूचकांक भएका देशमा दक्षिण एसियाका कुनै पनि देश परेका छैनन्।
- न्यून मानव विकास सूचकांक सार्कबाट अफगानीस्तान र पाकिस्तान छन्।
- मानव विकासको सूचीमा पहिलो स्विट्जरल्यान्ड (०.९६२) र अन्तिममा दक्षिण सुडान (०.३८५) छन्।
- नेपालको मानव विकास सूचकांकमा कोभिड-१९ महामारीको नकारात्मक प्रभाव परेको भनाई।
मानव विकासका आयाम र सूचक
Dimensions
- Long & Healthy Life
- Knowledge
- A decent standard of life
Indicators
- Life expectancy at birth
- Expected years of schooling & Mean years of schooling
- GNI per Capita (PPP- Purchasing Power Parity)
Dimension Indexes
- Life expectancy Index
- Education Index
- GNI Index
0 Comments
Any questions or comments? Drop below. Please keep in mind that it must be a meaningful conversation relevant to the topic.