Advertisement

राजस्व परिचालनको अवस्था

  • आ. व. २०७८/०७९ मा लक्ष्यको ९०.५ प्रतिशत राजस्व संकलन भई रु. १० खर्ब ६७ अर्ब ९६ करोड पुगेको,
  • विदेशी विनिमय सञ्चितिमा परेको दबाबका कारण पछिल्ला महिनाहरूमा केही वस्तुहरूको पैठारीमा नियमन बढाइएको, सोको प्रत्यक्ष असर भन्सार विन्दुमा संकलन हुने राजस्वमा परी समग्र राजस्व परिचालन अपेक्षा भन्दा न्यून हुन गएको,
  • कुल राजस्व परिचालनमा मू.अ.करको योगदान २९.४ प्रतिशत रहेको त्यसपछि क्रमशः आयकर, भन्सार महशुल, अन्तशुल्क र गैरकर रहेका,
  • राजस्व परिचालनलाई दिगो बनाउन मूख्यतः उत्पादनमा आधारित आन्तरिक राजस्व परिचालन बढाउदै वस्तु पैठारीमा आधारित करमाथिको निर्भरतालाई क्रमशः कम गर्दै जाने आर्थिक नीति अवलम्बन गर्नुपर्ने देखिन्छ।
  • आय र उत्पादनमा आधारित कर बढाउन देशको उत्पादन क्षमता बृद्धि गर्न जरुरी हुन्छ। यसको लागी लगानीको वातावरण सुधार गर्नका साथै सुशासन प्रवर्द्धन गर्न जरुरी रहेको छ।

Post a Comment

0 Comments