Advertisement

शासनका पक्ष र सुशासनकाे वर्तमान अवस्था

प्रश्न. शासनका विभिन्न पक्षहरूबारे चर्चा गर्दै नेपालको वर्तमान शासन प्रणालीलाई सुशासनको कडीमा कसरी मूल्याङ्कन गर्नु हुन्छ। उदाहरणसहित प्रष्ट पार्नुहोस। (१०)

“राज्य सञ्चालन गर्ने प्रणाली र विधि शासन”

राज्य सञ्चालन गर्ने प्रणाली वा पद्धतिको बृहत खाकालाई शासन भनिन्छ। यो शक्त्ति र श्रोतलाई परिचालन गर्ने विधि पनि हो। विगतमा शासनलाई नागिरकलाई नियन्त्रणमा राख्नु,निर्देशित गर्नु, आफूप्रति बफादार बनाउनु भन्ने बुझिन्थ्यो भने आधुनिक अर्थमा लोकतान्त्रिक विधि प्रकृयाका सम्पूर्ण प्रणाली अवलम्बन गरिएको नागरिक केन्द्रित क्रियाकलापको समस्ठीलाई शासन भनिन्छ। शासन सरकार र जनताबीचको सम्बन्धसेतु,राज्यका प्रतिबद्धतालाई जनतासमक्ष,प्रत्याभूत गराउने माध्यम र अर्थपूर्ण राज्य निर्माण र सञ्चालनको आधार हो। शासनको स्वरूप मुलुकको मुल कानून नागरिकका अकांक्षा र अन्तर्राष्ट्रिय अभ्यासबाट निर्देशित हुन्छ।

शासनका विभिन्न पक्षहरू

(१) राजनैतिक पक्ष

  • शासन सञ्चालन गर्नका लागि मियोको रूपमा राजनीति रहेको हुन्छ।
  • राजनीतिभित्र सरकार जनता र भूगोल पर्दछ।
  • शासन सञ्चालनका लागि राजनीतिले नीति बनाउँछ भने प्रशासनले कार्यान्वयन गर्दछ।
  • शासन सञ्चालनका लागि सरकारको आवश्यकता पर्दछ। सरकार निर्माण निर्वाचनको माध्यमबाट राजनीतिले गर्दछ।

(२) आर्थिक पक्ष

  • शासन सञ्चालनका लागि आर्थिक तत्वको आवश्यकता पर्दछ।
  • आर्थिक कार्य प्रणालीको माध्यमबाट स्रोत साधनको व्यवस्थापन गरिने छ।
  • आर्थिक पक्षले शासनलाई प्रभावकारी र मजबुद बनाउँदछ।

(३) सामाजिक सांस्कृतिक आर्थिक पक्ष

  • देशमा विद्यमान चालचलन रितिरिवाज सामाजिक व्यवहारले शासनलाई प्रभाव पारेको हुन्छ।
  • देशमा कानून भएर मात्रै पुग्दैन शासन निर्माणका लागि जनताको सामाजिक व्यवहारको सम्मान र संरक्षण पनि गरिनु पर्दछ।

(४) प्रशासकीय पक्ष

  • शासनलाई जनतामाझ पुर्‍याउन प्रशासनको आवश्यकता पर्दछ।
  • शासनको दिगोपनाका लागि प्रशासनले महत्वपूर्ण भूमिका खेल्दछ।
  • प्रशासन शासन शासन सञ्चालनको सन्दर्भमा स्थायी सरकार हो।
  • नीति तथा कार्यक्रम लागु गराउने र शासनको अनुभुति गराउने जिवन्त साधन प्रशासन हो।

(५) प्राविधिक पक्ष

  • शासनलाई प्रभावकारी बनाउन सूचना र प्रविधिको प्रयोग आवश्यक छ।
  • आजको Paperless Government मा शासनलाई दिगो र जनमैत्री बनाउन प्रविधिको महत्वपूर्ण भूमिका रहन्छ।

नेपालको वर्तमान शासन प्रणालीलाई सुशासनको कडिमा मुल्याङ्कनहरू

  • नेपालको शासन प्रणालीमा नागरिक सहभागितालाई महत्व दिएको छ जस्तै सरकार निर्माण विकास निर्माण प्रतिफलको प्रयोगमा नागरिक सहभागिता बढाइएको छ।
  • नेपालको शासन प्रणालीमा पारदर्शिता बढ्दै गएको छ। जस्तै, मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने र बजेट संसदमा व्यापक छलफल पछि पारित हुने।
  • नेपालको शासन प्रणालीमा जवाफदेहिताको प्रबर्धन गरिएको छ जस्तै मन्त्री र प्रधानमन्त्री आफ्ना कामका लागि संसद प्रति उत्तरदायी हुने संवैधानिक व्यवस्था छ।
  • ने पालको शासन प्रणालीमा सुनिश्चिता छ। जस्तै, ५/५ वर्षमा आवधिक निर्वाचन हुने प्रत्येक वर्ष जेष्ठ १५ गते बजेट भाषण हुने।
  • नेपालको शासन प्रणाली सहकारिता सहअस्तित्व र समन्वयको सिद्धान्तमा सञ्चालन हुन्छ।
  • संघीयता सहितको शासन प्रणाली र जवाफदेही राजनैतिक प्रणालीको व्यवस्थित प्रयोग भएको छ।
  • नीति निर्माण कार्यान्वयन र प्रतिफल वितरणमा नागरिकको सार्थिक सहभागिता बढ्दै गएको छ।
  • यी कृयाकलावाट नेपालको शासन जनमुखी जनउत्तरदायी र सुशासनयुत्त वनाउन खेजेको पाइन्छ।

अत:

शासन प्रणालीको गन्तव्य सुशासन हो। शासनका सबै पक्षको प्रभावकारी परिचालन गर्दै नागरिकका आवश्यकता परिपूर्ति गर्नु यसको ध्येय हो। सुशासनको अनुभूति हुने र नागरिक सन्तुष्टि हुने शासन प्रणाली नेपालको वर्तमान संविधानले अपेक्षा गरको छ। यद्धपी कानूनमा लेखिएका कुरालाई व्यवहारमा रूपान्तरण गरी जन जनको मन जित्नु अहिलेको शासनको अपेक्षा हो।

Post a Comment

0 Comments