Advertisement

सार्वजनिक प्रशासनमा ट्रेड युनियनको समस्या र समाधान उपाय

प्रश्नः नेपालको सार्वजनिक प्रशासनमा ट्रेड युनियनका क्षेत्रमा रहेका समस्याहरु पहिचान गर्दै समाधानका लागि व्यवहारिक सुझाव उल्लेख गर्नुहोस्।

ट्रेड युनियन Democracy को Internal Vehicle हो। समाज संगठन तथा राज्यलाई नै Vibration गर्ने कार्यमा ट्रेड युनियनको भूमिका महत्त्वपूर्ण रहने गर्दछ। पेशागत हकहितको सुरक्षा, संरक्षण र सौदाबाजीका लागि ट्रेड युनियनको भूमिका उल्लेख्य रहने भए पनि नेपालमा भने ट्रेड युनियनबाट सिर्जनशील र रचनात्मक सहयोग प्राप्त भएको देखिँदैन।

ट्रेड युनियनका क्षेत्रमा रहेका मुख्य समस्याहरू

  • ट्रेड युनियनको भूमिका र जिम्मेवारी स्पष्ट नहुनु।
  • ट्रेड युनियनलाई सरकार र नागरिकबीचको BUFFER ZONE बनाउन नसक्नु।
  • समाज, संगठन तथा राज्यलाई नै Vibration गर्ने गरी काम गर्न नसक्नु।
  • राजनीति भातृ संगठनजस्तो व्यवहार देखाउनु।
  • कर्मचारीका हकहित र पेशागत वकालतभन्दा स्वार्थमा लागेको आरोप छ।
  • सरकारलाई सहयोग र साझेदारीभन्दा प्रतिष्पर्धा गरेको देखिन्छ।
  • ट्रेड युनियन सरूवामा मात्र केन्द्रित देखिन्छन्।
  • सिर्जनशील र रचनात्मक क्षेत्रमा सहकार्य र कार्यसम्पादन न्यून छ।
  • कामकारवाहीको जवाफदेहिता र उत्तरदायित्व कमजोर छ ।
  • ट्रेड युनियनको कामको नियमन र अनुगमन गरिदैन।
  • वार्षिक प्रतिवेदन पेश गर्ने प्रणाली विकास गर्न सकिएको छैन।
  • पेशालाई सम्मानित एवं मर्यादित बनाउन ट्रेड युनियनको भूमिका।
  • ट्रेड युनियनको भूमिका सहयोगात्मकभन्दा हस्तक्षेप र दबाबमूलक छ।
  • ट्रेड युनियनमा आबद्ध भएपश्चात काम गर्न पर्दैन भन्ने मानसिकता बढ्दै गएको छ।
  • नीति तथा कानून निर्माणमा रचनात्मक सल्लाह सुझाव देखिँदैन।
  • सेवा, सुविधा र अवसरको समन्यायिक वितरणमा ट्रेड युनियनको चासो देखिँदैन।
  • व्यक्तिकेन्द्रित मानसिकताले गाँजेको छ।
  • ट्रेड युनियनको आचारसंहिता बनाई कार्यान्वयन गर्न सकिएको छैन।
  • सबै कर्मचारीको साझा छहारी बन्न सकेको छैन।
  • विसंगति र विकृति हटाउनेभन्दा बढाउने प्रवृति छ।
  • पेशागत हकहितको सुरक्षा, संरक्षण तथा सरकारी कामकारवाहीमा उपस्थिति नगन्य हुँदै गएको छ।
  • अवसरवादी, अर्थवादी र अराजकतावादी (तीन अ) सोच र चिन्तनबाट हुर्किरहेकोआरोप लाग्ने गरेको छ।
  • ट्रेड युनियनलाई भर्याङ बनाएर आफ्नो स्वार्थ पूरा गर्न खोज्ने गरेको देखिन्छ।
  • अन्तर्राष्ट्रिय अभ्यास र अनुकरणीय कार्यलाई ट्रेड युनियनमा भित्राउन सकिएको छैन।

ट्रेड युनियनबाट परेको सकारात्मक प्रभाव

  • पेशाप्रति कर्मचारीको सुरक्षाको अनुभूति हुने,
  • कर्मचारीहरूमा नेतृत्वशैलीको विकास हुने,
  • समझदारीपूर्ण वातावरण सृजना भई कार्य सम्पादन प्रक्रियामा सहयोग पुग्न जाने,
  • कर्मचारी सेवा शर्तसम्बन्धी कानून निर्माणमा कर्मचारीको धारणा प्रतिविम्बित हुने,
  • हकअधिकारका विषयमा साझा अवधारणा तयार हुने,
  • कर्मचारीहरूको गुनासो सिर्जनशीलतवरबाट समाधान हुने,
  • प्रशासनिक प्रक्रिया र परिपाटी सुधारमा सहयोग पुग्ने,
  • सेवा प्रवाहका प्रक्रियाहरूलाई सेवाग्राहीमुखी बनाउन रचनात्मक सहयोग हुने,
  • सेवा प्रवाहसम्बन्धी नयाँ योजना कार्यान्वयनमा ल्याउन सजिलो हुने,
  • कामकारबाहीहरूमा पारदर्शिता र असल कार्य वातावरण निर्माणमा सहयोग पुग्ने,
  • नीति निर्माताहरू र कर्मचारीबीच सम्बन्ध सेतुको काम हुने,
  • नीति निर्माणमा पृष्ठपोषण र कार्यान्वयन संयन्त्र प्रभावकारी बनाउन सहयोग पुग्ने,
  • सिर्जनशीलताको विकास हुने।

ट्रेड युनियनबाट परेको नकारात्मक प्रभाव

  • पेशागत अधिकारको दायराभन्दा बाहिर जान सक्ने,
  • व्यस्थापनको सहयोगी संस्थाको रूपमा भन्दा पनि प्रतिस्पर्धी संस्थाको रूपमा रूपान्तरण हुने प्रवृत्ति देखिन सक्ने,
  • अनुशासनहीनताले प्रश्रय पाउन सक्ने सम्भावना,
  • हरेक अवधारणा र हरेक सांगठनिक प्रक्रियालाई राजनैतिक आवरण दिने,
  • राजनैतिक पहिचान खोज्ने प्रवृत्तिको पुनरावृत्ति भएमा अधिकार विभाजित हुन सक्ने,
  • व्यवस्थापनले अनावश्यक माग र हडतालजस्ता समस्याको सामना गरिरहनु पर्ने,
  • अनावश्यक प्रतिस्पर्धा र विवादको संस्कृतिले प्रश्रय पाउन सक्ने,
  • सेवा प्रवाहमा नकारात्मक असर पर्न सक्ने ।

समस्या समाधानका लागि चाल्नुपर्ने व्यावहारिक उपायहरू

  • ट्रेड युनियनको निषेध होइन नियमन गर्ने।
  • वार्षिक प्रतिवेदन पेश गर्नु पर्ने व्यवस्था लागू गर्ने।
  • ट्रेड युनियनको भूमिका र जिम्मेवारीको किटानी गर्नुपर्ने।
  • ट्रेड युनियनको राजनैतिक पहिचान हटाउने।
  • ट्रेड युनियनको creative destruction गर्ने।
  • ट्रेड युनियनको भूमिका कर्मचारीतन्त्रीय सक्रियतामा केन्द्रित गर्ने।
  • संयुक्त तथा तेश्रो पक्ष अनुगमन गर्ने र प्रतिवेदनअनुरूप गर्ने।
  • नागरिक संवाद पैरवी र अन्तरक्रिया गर्ने।
  • ट्रेड युनियन र राजनीतिको दूरी तथा सीमारेखा तय गर्नु पर्ने।
  • ट्रेड युनियनलाई सरकार र नागरिकको बीचको BUFFER ZONE बनाउनु पर्ने।
  • समाज, संगठन तथा राज्यलाई नै Vibration गर्ने सक्षम ट्रेड युनियन हुनु पर्ने।
  • कर्मचारीका हक,हित र पेशागत वकालतमा मुख्य ध्यान हुनुपर्ने।
  • सरकारसँग प्रतिष्पर्धाभन्दा सहयोग र साझेदारी गर्ने।
  • कामकारवाहीको जवाफदेहिता र उत्तरदायित्व मापन गर्ने।
  • राजनीति र प्रशासनबीचको सम्बन्धलाई सुमधुर बनाउने सहजकारी भूमिका खेल्नुपर्ने।
  • पेशालाई सम्मानित एवं मर्यादित बनाउन ट्रेड युनियनको भूमिका खोज्ने।
  • ट्रेड युनियनमा आबद्ध भए पनि कार्यालय समयमा काम गर्ने।
  • नीति तथा कानून निर्माणमा रचनात्मक सल्लाह सुझाव दिने।
  • सेवा, सुविधा र अवसरको समन्यायिक वितरणमा ट्रेड आबद्धको चासो दिने।
  • व्यक्तिकेन्द्रित मानसिकताले त्याग्ने।
  • विविधताको लाभ सिर्जना गर्ने प्रतिभा व्यवस्थापन¸लोकतन्त्रको स्थानीयकरण गर्ने काममा बढी केन्द्रित हुने।
  • ट्रेड युनियनको आचारसंहिता बनाई कार्यान्वयन गर्ने।
  • विसंगति र विकृति हटाउनेतर्फ कार्यक्रम र व्यवहार केन्द्रित गर्ने।
  • अन्तर्राष्ट्रिय अभ्यास र अनुकरणीय कार्यलाई भित्राउन पहल गर्ने।
  • शिक्षालाई सीप, सीपलाई उत्पादन र उत्पादनलाई रोजगारीसँग आबद्ध गर्न पहल गर्ने।
  • स्रोतसाधनमा सबैको समन्यायिक पहुँच विस्तार गर्न पैरवी।
  • सिर्जनशीलता र रचनात्मकतामा उच्च चासो दिने।

अन्त्यमा,

लोकतान्त्रिक पद्धतिमा विभिन्न ट्रेड युनियनहरुको नेतृत्व गर्ने संस्था आधिकारिक ट्रेड युनियनलाई पेसागत हकहित संरक्षण र सम्बर्दन गर्ने एक सशक्त माध्यमका रूपमा सञ्चालन गर्नु आवश्यक छ। आधिकारिक ट्रेड युनियनलाई पेसागत हकको रक्षाका साथै हितको अभिवृद्धि तथा विस्तार, वृत्ति विकासलगायत कर्मचारीको सुरक्षा एवं संरक्षण गर्दै सामाजिक सुरक्षा एवं कल्याणकारी कार्यक्रमजस्ता रचनात्मक कार्यतर्फ केन्द्रित गर्नु उपयुक्त हुन्छ।

Post a Comment

0 Comments