Advertisement

बजेट चक्र, बजेट प्रणालीमा आर्थिक अनुशासन

प्रश्न. बजेट चक्र भन्नाले के बुझिन्छ? “बजेट प्रणाली आर्थिक अनुशासनको महत्वपूर्ण आधार हो” भन्ने भनाईलाई पुष्टि गर्ने तर्कहरू प्रस्तुत गर्दै नेपालको सार्वजनिक प्रशासनमा बजेट कार्यान्वयनमा देखा पर्ने मुख्य मुख्य समस्याहरू उल्लेख गर्नुहोस्। (१०)

बजेट चक्र

  • बजेट बनाउने अनुमोदनको लागि संसदमा पेश गर्ने कार्यान्वयन गर्ने नतिजा मुल्याङ्कन गरी पृष्ठ पोषण तयार गर्ने चक्र नै बजेट चक्र हो।
  • बजेट चक्र आर्थिक कार्य प्रणालीको आधार हो।
  • बजेट चक्र सरकारको नीति तथा कार्यक्रम अभिव्यक्त गर्ने माध्यम हो।
  • एक आर्थिक वर्षमा बजेट चक्र पूरा हुन्छ।
  • बजेट प्रणालीको आधार बजेट चक्र हो।

बजेट प्रणाली आर्थिक अनुशासनको महत्वपूर्ण आधार हो किनकि:

  • सरकारी राजश्व परिचालन गर्ने कानूनी आधार प्रदान गर्दछ।
  •  सार्वजनिक खर्चको मितव्ययीता र औचित्यता प्रवर्द्वन गर्दछ।
  •  बजेट प्रणाली सरकारी स्रोत साधन दुरूपयोग नियन्त्रण गर्ने माध्यम।
  •  सार्वजनिक खर्चको विश्वसनीयता बढाउँछ।
  •  खर्चको लेखा परीक्षण गरी सार्वजनिक जवाफदेहीता र उत्तर दायित्व प्रवर्द्धन गर्दछ।
  •  बजेट प्रणालीले आय, खर्च, पेश्की लगायतको जानकारी यथार्थ रूपमा दिन्छ।
  •  सरकारी खर्च गर्ने र राजश्व परिचालन गर्ने क्षमता बढाउँछ।
  •  बजेट प्रणालीको माध्यमले आर्थिक क्रियाकलापमा नागरिक सहभागिता बढाउँछ।
  •  बजेट प्रणालीले खर्चको क्कधार र सिमाको निर्धारण गर्दछ।

बजेट कार्यान्वयनमा रहेका मुख्यरमुख्य समस्याहरू:

  • बजेट पारित गर्ने र बजेट लागू हुने समयमा फरक छन्। जस्तै जेष्ठ १५ गते प्रस्तुत गर्ने र साउन १ गते देखि लागू हुने।
  • राज्यको आवश्यकता भन्दा दल र राजनीतिकर्मीका वजेट निर्माणमा प्राथमिकता पाउनु।
  • चालु योजना र बजेट नीति तथा कार्यक्रम वीच Tie-Up नहुनु।
  • बजेट निर्माणमा अध्ययन अनुसन्धानले कम महत्व पाउनु।
  • बजेट निकासा रद्द अख्तियारी समयमै नहुनु।
  • आर्थिक वर्षको अन्त्यमा मात्रै पूँजीगत खर्च गर्ने प्रवृत्ति रहनु।
  • नीतिगत र कानूनी छिद्रको प्रयोग गरी बजेटमा प्राप्त रकम अनावश्यक रकमान्तर हुनु। आ.व.को सुरूमै कार्यक्रम संशोधन हुन।
  • चालु खर्च बढी र पूँजी खर्च कम रहनु।
  • Reliable Budget निर्माण नहुनु।
  • बजेटको दुरूपयोग बढ्नु।

अन्त्यमा:

बजेट सरकारको वित्तिय ऐन हो। बजेटले देशको समग्र वित्तिय अवस्थाको जानकारी दिन्छ। बजेट प्रभावकारी कार्यान्वयन गरी वित्तिय अनुशासन बढाई समग्र देशको आर्थिक रूपमान्तरण र स्थायित्व कायम गर्नु आजको माग हो।

Post a Comment

0 Comments