Advertisement

सार्वजनिक खर्च व्यवस्थापनका समस्या तथा प्रभावकारी खर्च व्यवस्थापनका आधारशीला

प्रश्न. नेपालको सन्दर्भमा सार्वजनिक खर्च व्यवस्थापनमा देखिएका समस्याहरू प्रस्तुत गर्दै प्रभावकारी खर्च व्यवस्थापनका आधारशीलाहरू उल्लेख गर्नुहोस? ५+ ५ =१०

विषय प्रवेश

श्रोत र साधनलाई वित्तीय अनुशासन, रणनीतिक प्राथमिकतामा बिनियोजन र प्रभावकारी सञ्चालनको माध्यमद्धारा राष्टिय अर्थतन्त्रको दिशा र गतिलाई निदृष्ट पार्ने गरी सार्वजनिक खर्चलाई उपयोग गर्ने प्रक्रिया नै सार्वजनिक खर्च व्यवस्थापन हो। नेपालका सन्दर्भमा सार्वजनिक खर्चको परिणाम अपेक्षित नआएको भन्ने गुनासो व्याप्त रहेको सन्दर्भमा यसमा समस्या विद्यमान देखिन्छन्। आगामी दिनमा यसका विविध क्षेत्रमा सुधार गरी जनअपेक्षित बनाउनु अपरिहार्य देखिन्छ।

नेपालको सन्दर्भमा सार्वजनिक खर्च व्यस्थापनमा देखिएका समस्याहरू

नेपालको सार्वजनिक खर्च व्यवस्थापनमा देखिएका समस्याहरुलाई देहाय अनुसार प्रस्तुत गर्न सकिन्छ :

  • साधारण खर्चमा निरन्तर वृद्धि
  • विकास बजेटका लागि वाह्य सहयोगमा भरपर्नु परेकाले कमजोर वित्त संरचना रहेको
  • तथ्य र विवेकशीलताको अमाव हुँदा कमजोर बजेट तथा योजना प्रणाली
  • बजेट कार्यान्वयनमा संयन्त्रको संस्थागत क्षमतामा कमी भइ बजेट कार्यान्वयनमा समस्या
  • निजामति प्रशासनको न्यून दक्षता
  • स्वामित्व अभावका कारण कार्यक्रम र आयोजनाको निर्माण तथा संरक्षणमा समस्या
  • शासकीय प्रबन्धमा संरचनाबीच समन्वय, अन्तर्सम्बन्ध तथा नियन्त्रणको अभावले सुशासनको पक्ष कमजोर
  • न्यून राजश्व परिचालन
  • कमजोर आर्थिक तथा वित्तीय अनुशासन
  • ऋण चक्रमा पर्नै सम्भावन बढ्दै गएको
  • धेरै विकास आयोजना, प्रतिआयोजना लगानी थोरै
  • गैर बजेटरी खर्चमा वृद्धि
  • वैदेशिक सहयोग राज्य प्रणालीभन्दा बाहिरबाटै खर्च हुने प्रवृत्ति।

प्रभावकारी खर्च व्यवस्थापनका आधारशीला

सार्वजनिक श्रोतको परिचालनमा सार्वजनिक दायित्व र जवाफदेहिता रहने भएकाले यसको खर्च सुशासनमा आधारित हुनुपर्छ। त्यसैले प्रभावकारी खर्च व्यवस्थापनका आधारशीलाहरु देहाय अनुसार रहेका छन्:

  • खर्चका आधारहरू (Norms)
  • बैज्ञानिक बजेटको वर्गीकरण
  • सबल लेखा प्रणाली
  • कार्यसम्पादन व्यवस्थापन प्रणाली वा बजेट प्रतिवेदन प्रणाली: साधनको बिनियोजन, उपलब्धि, प्रभाव, असर तथा प्रक्रियाबीच आवद्धताका साथ नियमित प्रतिवेदन हुनुपर्ने
  • व्यवस्थापन नियन्त्रण: सुपरीवेक्षण, निगरानी, नियन्त्रण तथा सहजीकरण हुनुपर्ने
  • स्तरीय खरिद प्रणाली: खरिद योजना, खरिद प्रक्रियाको मूल्यांकन, प्राविधिक परीक्षण, प्रतिस्पर्धा प्रवद्र्धन लगायतका कार्यहरु अबलम्बन भएको हुनु पर्ने
  • अनुगमन तथा मूल्यांकन
  • लेखा परीक्षण: आन्तरिक लेखा परीक्षण र अन्तिम लेखा परीक्षण
  • सूचना प्रविधि

निष्कर्ष

नेपालको सार्वजनिक खर्च व्यवस्थापनमा माथि उल्लेखित लगायत धेरै समस्याहरू विद्यमान रहेका सन्दर्भमा खर्च व्यवस्थापनका आधारशीलाको प्रभावकारी उपयोग र कार्यान्वयन गर्न सकियो भने खर्च व्यवस्थापनमा सुधार आइ सार्वजनिक श्रोतको परिचालनमा जवाफदेहिता अभिवृद्धि हुन्छ।

Post a Comment

0 Comments