Advertisement

बजेट तर्जुमाका चरणहरू तथा बजेट नियन्त्रण

प्रश्न. बजेट तर्जुमाका चरणहरू उल्लेख गर्दै सार्वजनिक खर्चलाई कुशल रुपमा उपयोग गर्नका लागि बजेट नियन्त्रणका बिधिबारे लेख्नुहोस। (५+ ५=१०)

बजेटको परिचय

राज्य प्रणालीको आवधिक समयसीमाभित्र रहेर सार्वजनिक साधनको संकलन तथा बिनियोजन गर्ने विधि तथा प्रक्रिया बजेट हो। यसलाई सरकारको नीति, योजना, उद्देश्य, रणनीति, प्राथमिकता, क्रियाकलाप र त्यसमा श्रोतको सुनिश्चिततासहित समष्टिगत रूपमा हेरिन्छ। यसमार्फत सरकारले श्रोत साधनको संकलन तथा खर्चको वैधानिकता प्राप्त गर्ने गर्दछ।

बजेट तर्जुमाका चरणहरू

संघीय संरचनामा कुल बजेटको आकार, सिमांकन निर्धारण, मस्यौदा निर्माण, बजेटको प्रस्तुती र पारित गर्ने समग्र बिधिलाई सिलसिलेवार रूपमा प्रस्तुत गरिनु नै बजेट तर्जुमाको चरण हो । जुन देहाय अनुसार हुन्छ :

१. समष्टिगत आर्थिक रुपरेखा निर्माण: GDP, राजश्व, आयात निर्यात, खर्च समेतका आधारमा Concept Paper तयार

२. प्रारम्भिक श्रोत अनुमान: स्रोत समितिले राजश्व, वैदेशिक सहायता, आन्तरिक ऋण आदिको आधारमा श्रोतको अनुमान

३. कुल बजेटको आकार र क्षेत्रगत सिमांकनको निर्धारण

  • श्रोत अनुमान समितिले समष्टिगत अर्थतन्त्रको स्थितिको विश्लेषण गरी कुल बजेटको आकार र सिमांकन निर्धारण गरी बजेट समितिमा पठाउने
  • श्रोत समितिले दिएको बजेट सिमाभित्र रही राष्टिय योजना आयोग र अर्थ मन्त्रालयले चालु, पुँजीगत र वित्तीय बजेटको सीमा र मार्गदर्शन निर्धारण
  • बजेट समितिले श्रोत अनुमान, आवधिक योजना, रणनीति, प्राथमिकता विचार गरी कुल बजेटको आकार र सिमांकन गर्ने

४. मन्त्रालयलाई परिपत्र: क्षेत्रगत मन्त्रालयलाई बजेट, सीमा र मार्गदर्शन उपलब्ध गराउने

५. मन्त्रालयमार्फत विभाग र विभागमार्फत कार्यालयमा बजेटको सिमांकनसहित कार्यक्रम प्रस्तावका लागि परिपत्र

६. कार्यालय, विभागबाट मन्त्रालयमा बजेट तथा कार्यक्रम प्रस्ताव

७. सीमा र मार्गदर्शनभित्र रही विषयगत मन्त्रालयले विभाग र मातहत कार्यालयबाट आएको बजेट तथा कार्यक्रम प्रस्तावलाई अर्थ मन्त्रालयमा पठाउने

८. विभिन्न मन्त्रालयसँग छलफल र समन्वय गरी अर्थ मन्त्रालयमा बजेटको मस्यौदा तयार,

  • राष्टिय योजना आयोगमा : नीतिगत छलफल, अर्थ मन्त्रालयमा कार्यक्रमगत छलफल

९. अर्थमन्त्रीले संसदमा बजेट प्रस्तुत

१०. संसदमा बजेट छलफल र पारित

यसरी समग्र आर्थिक रूपरेखाको विश्लेषणदेखि संसदमा बजेट पारित हुन्जेलका समग्र चरणवद्ध कार्य नै बजेट तर्जुमाका चरणहरू हुन्।

बजेट नियन्त्रणका विधिहरू

सार्वजनिक खर्चलाई कुशल रुपमा उपयोग गर्नका लागि बजेटको निर्माण, कार्यान्वयन तथा अन्य विविध विधिबाट नियन्त्रण गर्ने गरिन्छ । बजेट नियन्त्रणका बिधिहरुलाई देहाय अनुसार प्रस्तुत गर्न सकिन्छ :

  • बजेट तर्जुमामा नियन्त्रण: बजेट तर्जुमा गर्दा नै विभिन्न मापदण्ड, आधार तथा विधिसम्मत गर्ने कुराबाट नियन्त्रण गरिन्छ । जस्तै, बजेट सिमा र मार्गदर्शन तोक्ने, आवधिक योजनाको प्राथमिकता र रणनीतिमा आवद्ध गर्ने, ग्लष्त ऋयकत का आधारमा रकम छुट्टाउने आदि।
  • बजेट कार्यान्वयनमा नियन्त्रण: अख्तियारी, मार्गदर्शनको पालना गर्न लगाएर, अख्तियारी र स्वीकृत कार्यक्रमको आधारमा निकासाका साथै भुक्तानी लिनु पर्ने प्रावधान तोकिएको हुन्छ । साथै तालुक निकायमा नियमित प्रतिवेदन गर्ने प्रणालीमार्फत पनि बजेट नियन्त्रण गरिएको हुन्छ ।
  • लेखा प्रणालीमार्फत नियन्त्रण: LMBIS, लेखाको मान्य सिद्धान्तको कार्यान्वयन, आन्तरिक लेखा परीक्षणमार्फत नियन्त्रण।
  • विधायिकी नियन्त्रणः अर्थमन्त्रीले संसदमा बजेट प्रस्तुत गरेपछि सांसदहरुले बजेटका सम्बन्धमा गर्ने छलफल, निगरानी विधायिकी नियन्त्रण हो।
  • अन्तिम लेखा परीक्षण: महालेखा परीक्षकको कार्यालयबाट खर्चको नियमितता, मितव्ययितता, औचित्यता, प्रभावकारिता, कार्यदक्षताका आधारमा गर्ने लेखा परीक्षण पनि महत्वपूर्ण बजेट नियन्त्रण बिधि हो।
  • आम सञ्चार र जनस्तरबाट हुने नियन्त्रण: सार्वजनिक खर्च कुशल रूपमा उपयोग भएको छ छैन भनि आम सञ्चार माध्यम तथा सर्वसाधारणले नियालीरहेका हुन्छन् । त्यस्तै दाताहरूले पनि निगरानी गरिरहेका हुन्छन्।

निष्कर्ष

सार्वजनिक श्रोतको परिचालनमा सार्वजनिक जवाफदेहिता रहेको हुन्छ। त्यसैले बजेटको निर्माण पनि चरणवद्ध रुपमा अर्थ मन्त्रालय, राष्टिय योजना आयोग र क्षेत्रगत मन्त्रालयको समन्वयमा तयार गरिन्छ र त्यसैले संसदबाट पारित भएपछि बैधानिकता प्राप्त गर्छ। त्यसैले यसमा जवाफदेहिता अभिवृद्धि गर्न तर्जुमा, कार्यान्वयन, लेखा परीक्षण तथा जनस्तरबाट यसको नियन्त्रणको कार्य भइरहेको हुन्छ।

Post a Comment

0 Comments