प्रश्न. सूचना प्रविधिमा आधारित स्वचालित प्रशासनयन्त्रको स्थापना गर्न के गर्नुपर्छ? नेपालमा सूचना प्रविधिको प्रयोग के कसरी गर्दा सार्वजनिक सेवा प्रवाहमा उत्कृष्ट नतिजा हासिल गर्न सकिन्छ? (१०)
"गुणस्तरीय सेवा प्रवाहको आधार सूचना प्रविधि"
सेवा प्रवाह गर्दा, वस्तु उत्पादन गर्दा, निर्णय गर्दा, , Email Internet, computer आदिको प्रयोग र सञ्चालन गर्ने समग्र प्रक्रिया सूचना प्रविधि हो। नेपालको संविधान सुशासन व्यवस्थापन तथा सञ्चालन ऐनले यस सम्बन्धमा जोड दिएको छ। यद्यपी कमजेर नागिरक चेतना, प्रशासनिक सक्रियता र श्रोतको न्यूनताले प्रशासन संयन्त्रमा यसको अपेक्षाकृत प्रयोग हुन नसकेको तीतो यथार्थता हाम्रा सामू छन्।
सूचना प्रविधिमा आधारित स्वचालित संयन्त्रको स्थापना:
- सूचना प्रविधिलाई अनिवार्य गराउने सम्बन्धी नीति तथा कानूनको निर्माण र त्यसको प्रभावकारी कार्यान्वयन गर्ने।
- यसको प्रयोगका लागि दक्ष प्रभावकारी र पर्याप्त स्रोत साधनको व्यवस्था गर्ने।
- सूचना प्रणालीको विकास र विस्तार गर्ने।
- सेवा प्रदायक निकायलाई सूचना प्रविधि सम्बन्धी तालिमको व्यवस्था गरी दक्ष बनाउने।
- सेवा प्रवाहलाई सूचना प्रणालीमा आवद्ध गर्ने।
- नागरिकलाई सूचना प्रविधिको बारेमा चेतना फौलाउने।
- नागरिकलाई क्ष्त् मा पहुँच बढाउने।
- Paperless Government अवधारणा प्रशासनमा लागू गर्ने।
- सूचना प्रविधियुक्त प्रशासन सञ्चालन गर्न वातावरणको निर्माण गर्ने।
- निम्नानुसार सूचना प्रविधिको प्रयोग गर्दा सार्वजनिक प्रशासनमा उत्कृष्ट नतिजा हासिल गर्न सकिन्छ।
- सूचना प्रविधि सम्बन्धि कार्यविधिको प्रभावकारी प्रयोग गर्ने।
- सबै सार्वजनिक सेवालाई सूचना प्रविधिमा आधारित बनाउने।
- सूचना प्रविधियुक्त जनशक्तिको प्रभावकारी व्यवस्थापन गर्ने।
- कार्य प्रकृति अनुसार सार्वजनिक सूचनालाई Automation गर्ने।
- Central Recovery data सेन्टरलाई प्रभावकारी बनाउने।
- व्यवहारमै सूचना प्रविधिको विकास गर्ने।
- सूचना प्रविधि सम्बन्धी नागरिक दक्षता बढाउने।
- निर्णय लिने प्रक्रियामा सूचना प्रविधिको व्यापक प्रयोग गर्ने।
- सबै सार्वजनिक सेवालाई सूचना प्रविधिमय बनाउने।
- सरकारको क्रियाशिलता बढाउने।
- संघ, प्रदेश र स्थानीय तहमा सूचना प्रविधिको प्रयोगलाई अनिवार्य बनाउने।
- नागरीक सक्रियता र सहभागिता बढाउने।
अन्त्यमा
बिना झन्झट प्रविधिको प्रयोग गरी सार्वजनिक सेवा प्राप्त गर्ने आधार स्वचालित सूचना प्रणाली हो। प्रविधि अनुकूल नियम कार्यविधि र संरचना निर्माण गरी प्रविधियुक्त जनशक्तिद्वारा सार्वजनकि सेवा प्रवाह गरी नेपालमा सूचना प्रणालीलाई प्रभावकारी बनाई सुशासन कायम गर्नु आजको माग हो। यसो भएमा मात्र सेवा प्रवाह प्रभावकारी र सदाचारयुक्त हुनेमा द्धिविधा हुँदैन।
0 Comments
Any questions or comments? Drop below. Please keep in mind that it must be a meaningful conversation relevant to the topic.