Advertisement

निर्णय प्रक्रिया, निर्णयलाई प्रभावित तुल्याउने विभिन्न तत्वहरु, निर्णय गर्दा ध्यान पुर्‍याउनु पर्ने विषयहरु

प्रश्‍न. निर्णय प्रक्रियालाई परिभाषित गर्नुहोस्। साथै निर्णयकर्ताको निर्णय क्षमतालाई प्रभावित तुल्याउने विभिन्न तत्वहरुको बारेमा चर्चा गर्दै विवेकपूर्ण निर्णय गर्दा ध्यान पुर्‍याउनु पर्ने विषयहरु उल्लेख गर्नुहोस्।

निर्णय प्रक्रियाः

कुनै काम वा विषयप्रति उचित/अनुचित, ठीक/वेठिक भनी निधो गर्ने कार्य निर्णय हो। निर्णय अन्तिम निर्कौल हो। व्यवस्थापकले उपलव्ध विभिन्न विकल्पहरु मध्ये विवेकपूर्ण ढंगले उपयुक्त विकल्पको छनौट गर्ने प्रक्रियालाई निर्णय प्रक्रिया भनिन्छ। निर्णयमा पुग्न अपनाईने प्रक्रिया अर्थात् पुरा गर्नुपर्ने चरणहरु क्रियाकलापहरुको श्रृङ्खला नै निर्णय प्रक्रिया हो।

  • समस्या पहिचान,
  • सहि विकल्पहरुको छनौट,
  • सहभागितामूलक निर्णय प्रक्रिया,
  • अन्तिम आदेश वा निर्देशनको समग्रता हो।

जसले संगठनलाई गतिशिल बनाई कार्यप्रक्रियालाई सरल, सहज र वस्तुनिष्ठ बनाउन मद्दत गर्दछ।

निर्णयकर्ताको निर्णय क्षमतालाई प्रभावित तुल्याउने तत्वहरुः

कुनै पनि निर्णयले पार्ने प्रभाव, त्यसको असर र ल्याउने नतिजाले निर्णयलाई थप मजवुत बनाउन र कमजोर वनाउन मद्दत गर्दछ। त्यसैले निर्णयकर्ताको निर्णय क्षमतालाई प्रभावित तुल्याउने तत्वहरुलाई देहाय बमोजिम उल्लेख गर्न सकिन्छ।

क. आन्तरिक तत्वहरुः

  • निर्णयकर्ताको विवेक र सदाचारको स्तर,
  • निर्णयकर्ताको ज्ञान र अनुभव,
  • अधिकार र जिम्मेवारीको सीमा,
  • कानूनी तथा नीतिगत व्यवस्था,
  • संगठनको कार्यसंस्कृति, कार्यवातावरण
  • सहभागिता र निहित स्वार्थ।

ख. बाह्य तत्वहरुः

  • राजनीतिक दलहरु,
  • दवाव समूह र हित समूह,
  • गैर सरकारी क्षेत्र,
  • नागरिक समाज र सामुदायिक संगठनहरु,
  • अन्तराष्ट्रिय समुदायहरु,
  • वातावरणीय स्रोत साधनको उपलव्धता,
  • नागरिक चेतना र सामाजिक क्रियाशिलताहरु, आदि।

विवेकपूर्ण निर्णय गर्दा ध्यान दिनुपर्ने विषयहरुः

  • निर्णयमा पुग्न समस्याको पहिचान र परिभाषा यथेष्ट ज्ञान,
  • तथ्याङ्क र सूचनाको वस्तुनिष्ठ मूल्याङ्कन,
  • निर्णयको प्रभाव र त्यसको उपदेयताको जानकारी,
  • विकल्प छनौट गर्दा विकल्प विकास र विश्लेषण,
  • निर्णय कार्यान्वयनमा पर्ने प्रभाव,
  • परिवर्तन द्वन्द्व व्यवस्थापन जस्ता विषयको आकस्मिकताको अध्ययन,
  • नागरिकको इच्छा आकांक्षाको अवस्था,
  • विचारलाई व्यवहारमा उतार्नररुपान्तरण गर्ने सक्षमता,
  • उपलव्ध स्रोत साधनको उपयोग र उपदेयता,
  • निर्णय कार्यान्वयनमा जनताको सहभागिता र स्वामित्वको अवस्था,
  • सहभागितामूलक निर्णय प्रक्रियाको अवलम्वनमा ध्यान,
  • कानूनी तथा नीतिगत व्यवधानको अवस्था।

निष्कर्षः

निर्णय प्रक्रिया निकै जटिल र दुरगामी प्रभाव पार्ने विषय हो। तथापी नेतृत्वको सक्षमतासंग जोडिएर आउने गर्दछ। त्यसैले निर्णय प्रक्रियामा जनताको सहभागिता र निर्णयको प्रभाव र कार्यान्वयन आङ्कलन गरी उपर्युक्त निर्णय गर्नु र कार्यान्वयनयुक्त निर्णय हुनु जरुरी रहन्छ।

Post a Comment

0 Comments