Advertisement

गोरखापत्र वस्तुगत, १० असोज २०८०

१. राष्ट्रिय शिक्षा दिवस कहिले मनाइन्छ?

  • आश्विन २
  • नेपाल सरकार, मन्त्रीपरिषद्बाट मिति २०८० जेठ ९ मा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ जारी भएको दिन राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय भए अनुसार हरेक वर्ष आश्विन २ गते शिक्षा दिवस मनाउन थालिएको ।
  • यस वर्ष (२०८०) को राष्ट्रिय शिक्षा दिवसको आदर्श वाक्य ‘समावेशी र सिपमूलक शिक्षा: स्वदेशमै युवा राष्ट्रको इच्छा’ रहेको । 
  • पहिलो शिक्षा दिवस २०३१ मा मनाइएको ।
  • पहिलो शिक्षा दिवसको नारा : शिक्षाको उज्यालो घामबाट कोही पनि बञ्चित हुन नपरोस्। 
  • राष्ट्रिय शिक्षा दिवस गणतन्त्र स्थापनापछि अन्तर्राष्ट्रिय साक्षरता दिवस (सेप्टेम्बर ८) का दिन मनाउन थालिएको थियो। 

२. एसिया कप क्रिकेट, २०२३ को सञ्चालन मिति कुन हो?

  • सन् २०२३ अगस्ट ३०–सेप्टेम्बर १७
  • आयोजक राष्ट्रः पाकिस्तान र श्रीलङ्का संयुक्त रूपमा 
  • विजेताः भारत (उपविजेताः श्रीलङ्का) 
  • यससँगै भारत एसिया कपमा आठौँ पटक च्याम्पियन बनेको । भारतले यसअघि १९८४, १९८८, १९९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको थियो । गत संस्करणमा श्रीलङ्का च्याम्पियन बनेको थियो।
  • फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको श्रीलङ्का १५.२ ओभर खेल्दै ५० रनमा अलआउट भएको थियो। जवाफमा भारतले ६.१ ओभरमै ५१ रन बनाएर जित हासिल गरेको थियो।
  • फाइनल खेलका म्यान अफ द म्याच : मोहमद सिराज (भारत) 
  • प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी : भारतीय स्पिनर कुलदीप यादव 
  • एसिया कपमा नेपालले पहिलो पटक (सन् २०२३ मा) सहभागिता जनाएको थियो। नेपालले प्रतियोगिताको समूह ‘ए’ मा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्‍यो। पहिलो पटकको सहभागितामै नेपालले प्रभावशाली प्रदर्शन गरी मन जित्न सफल भएको। 

३. साइबर सुरक्षा फर्म थ्रेटनिक्सको आयोजनामा ह्याकरको सम्मेलन ‘थ्रेटकन २०२३’ कहिले सम्पन्न भएको हो?

  • विसं २०८० भदौ २५–२७

४. एसियाली विकास बैङ्क (एडिबी) द्वारा सन् २०२३ सेप्टेम्बरमा प्रकाशित प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ?

  • ४.३
  • गत आवमा १.९ प्रतिशतको आर्थिक वृद्धिदर रहेकोमा चालु आवमा सुधार हुने प्रक्षेपण एडिबीको रहेको।
  • नेपाल सरकारद्वारा भने चालु बजेटमार्फत ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखिएको। 
  • एडिबीका अनुसार मुद्रास्फीति ६.२ प्रतिशत हुने।
  • सरकारले चालु आवमा मुद्रास्फीति ६.५ प्रतिशतभित्र कायम गर्ने लक्ष्य लिएको।

५. नेपालमा पहिलो पल्ट सरकारी तवरबाट राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस कहिले मनाइयो?

  • विसं २०७५ असार २०
  • (नारा : नसर्ने रोगमा प्राकृतिक चिकित्सा)

६. नेपालले बायो डाइभर्सिटी बियोन्ड नेसनल जुरिडिक्सन (बिबिएनजे) सम्बन्धी सम्झौतामा कहिले हस्ताक्षर गरेको हो?

  • विसं २०८० असोज ३ (सन् २०२३ सेप्टेम्बर २०)
  • संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभाको सन्दर्भमा राष्ट्रसङ्घले प्रस्ताव गरेको यस सम्झौतामा पराराष्ट्रमन्त्री एनपी साउदद्वारा हस्ताक्षर भएको ।
  • यो सम्झौताले सन् २०३० सम्ममा ३० प्रतिशत जमिन र समुद्रको प्रभावकारी संरक्षण र व्यवस्थापन गर्ने लक्ष्यको उपलब्धिलाई सहज बनाउने राष्ट्रसङ्घले जनाएको । 
  • यो सम्झौतामा विश्वभरिका राष्ट्रलाई सन् २०२३ को सेप्टेम्बर २० तारिखदेखि सन् २०२५ को सेप्टेम्बर २० तारिखसम्म हस्ताक्षर गर्ने समय सीमा दिइएको ।
  • नेपालले सम्झौतामा हस्ताक्षर भएको दिनमा नै हस्ताक्षर गरेको। 

७. सन् २०२३ सेप्टेम्बरमा सार्वजनिक फिफा वरीयतामा नेपाल कति औँ स्थानमा रहेको छ?

  • १७५ औँ
  • शीर्ष पाँच स्थानमा रहेका राष्ट्रहरू : अर्जेन्टिना, फ्रान्स, ब्राजिल, इङ्ग्ल्यान्ड र बेल्जियम ।

दक्षिण एसियाली राष्ट्रहरूको स्थिति

  • भारत : १०२ औँ
  • माल्दिभ्स : १५५ औँ
  • नेपाल : १७५ औँ
  • भुटान : १८४ औँ
  • बङ्गलादेश : १८९ औँ
  • पाकिस्तान : १९७ औँ
  • श्रीलङ्का : २०२ औँ

८. भारतमा पहिलो पटक महिलाका लागि राजनीतिक आरक्षण प्रदान गर्ने विधेयक लोकसभाबाट कहिले पारित भएको हो?

  • सन् २०२३ सेप्टेम्बर २०
  • अब माथिल्लो सदन राज्य सभाबाट पनि विधेयक पारित हुनुपर्ने छ। 
  • महिला आरक्षण विधेयक अनुसार अब लोकसभा चुनावमा महिलाका लागि कम्तीमा ३३ प्रतिशत सिट आरक्षण हुने छ। 
  • लोकसभाको ५४३ सिटमध्ये १८१ सिट महिलाका लागि आरक्षित हुने छन्। 
  • भारतमा यससम्बन्धी विधेयक सन् १९९६ मा ल्याइएको थियो, तथापि पारित हुन सकेको थिएन।

९. भैरव पुरस्कार, २०८० कसलाई प्रदान गरियो?

  • हास्यव्यङ्ग्यकार मुन पौडेल 
  • पुरस्कार राशि : एक लाख ११ हजार १११ रुपियाँ
  • भैरव वाङ्मय पुरस्कार प्राडा अभि सुवेदीलाई प्रदान गरिएको । पुरस्कार राशिः एक लाख एक हजार १११ रुपियाँ
  • भैरव प्रतिभा पुरस्कार व्यङ्ग्यकार बद्रीप्रसाद दाहाल (भस्मासुर) लाई प्रदान गरिएको। यस पुरस्कारको राशि ५१ हजार १११ रुपियाँ रहेको।

१०. रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा कहिलेदेखि सुरु भएको हो?

  • विसं २०८० असोज ३
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा बस ¥यापिड ट्रान्जिट (बिआरटी) तथा द्रुत बस सेवा सञ्चालनमा ल्याइएको। 
  • रत्नपार्कस्थित शान्ति वाटिकाबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाद्वारा उद्घाटन भएको। 
  • सडक विभागको द्रुत बस सञ्चालनका लागि डेडिकेटेड लेन छुट्याइएको।

११. इन्डोप्यासिफिक क्षेत्रका सेनाप्रमुखहरूको सम्मेलन–२०२३, कहाँ आयोजना गरियो?

  • नयाँ दिल्ली, भारत (१३ औँ संस्करण)
  • भारतीय र अमेरिकी सेनाको संयुक्त आयोजनामा सन् २०२३ सेप्टेम्बर २५–२७ सम्म।
  • सम्मेलनको शीर्षक ‘शान्तिका लागि एकै साथ : हिन्द प्रशान्त क्षेत्रमा दिगो शान्ति र स्थायित्व’।
  • सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, भुटान, माल्दिभ्स, इन्डोनेसिया, जापान, मलेसिया, ब्रुनाई, कम्बोडिया, कोरिया, मङ्गोलिया, म्यानमार, न्युजिल्यान्डलगायतका देशहरूबाट प्रधान सेनापति सहभागी भएका।
  • नेपालबाट प्रधान सेनापति प्रभुराम शर्माको सहभागिता रहेको। 

१२. क्यानडाको थिङ्क ट्याङ्क फेजर इन्स्टिच्युटद्वारा जारी प्रतिवेदन अनुसार स्वतन्त्र अर्थतन्त्रसम्बन्धी विश्वव्यापी सूचीमा नेपाल विश्वमा कति औँ स्थानमा रहेको छ?

  • १०३ औँ
  • प्रथम, द्वितीय र तृतीय स्थानमा क्रमशः स्विट्जरल्यान्ड, न्युजिल्यान्ड र अमेरिका रहेका।

१३. गोपालदास पत्रकारिता पुरस्कार–२०८० कसलाई प्रदान गरियो? 

  • निर्मला शर्मा
  • पुरस्कार राशिः एक लाख ५१ हजार रुपियाँ रहेको।
  • त्यस्तै एक लाख १० हजार रुपियाँ राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार खोटाङका दमन राईलाई  प्रदान गरिएको।

१४. ‘जीवन्त सम्बन्ध’ नामक पुस्तकका लेखक को हुन्?

  • वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल (२०८० असोज ५ मा लोकार्पण) 

१५. एसियाली खेलकुद प्रतियोगितामा नेपाल कहिलेदेखि सहभागी हुँदै आएको हो?

  • सन् १९५१ (पहिलो एसियाडदेखि नै)
  • सन् १९५१ मा नयाँ दिल्लीबाट सुरु भएको एसियाडदेखि नै नेपाल निरन्तर रूपमा सहभागी हुँदै आएको।
  • नेपालले हालसम्म एसियाडमा दुई रजत र २३ कांस्य पदक हासिल गरेको । नेपालले सन् १९८६ मा दक्षिण कोरियाको सोलमा आयोजित १० औँ संस्करणमा पहिलो पटक पदक जितेको । तेक्वान्दोका विधान लामा, राजकुमार राई, राजकुमार वुचे र रामबहादुर घर्ती क्षेत्री एवं बक्सिङका दलबहादुर रानामगर, तुलबहादुर थापा, मनोजबहादुर श्रेष्ठ र सुशील पोखरेलले कांस्य पदक जितेका। 
  • नेपाललाई एसियाडमा पहिलो रजत सन् १९९८ को १३ औँ बैङ्कक एसियाडमा (तेक्वान्दोकी सविता राजभण्डारी) प्राप्त भएको । सोपश्चात् सन् २०१८ मा इन्डोनेसियाको जाकार्तामा भएको १८ औँ एसियाली खेलकुदमा नेपालको प्याराग्लाइडिङ टोलीले रजत पदक जितेको।
  • एसियाडमा लगातार दुई पटक कांस्य पदक प्राप्त गर्ने खेलाडी – दीपक विष्ट (सन् २००२ को बुसान र २००६ को दोहा एसियाड)। 

१६. प्रतिष्ठित ‘युएन ह्युमन राइट्स प्राइज, २०२३’ बाट सम्मानित हुने नेपाली संस्था कुन हो?

  • मानव सेवा आश्रम (केन्द्रीय कार्यालय : हेटौँडा)

१७. राहदानी विभागका अनुसार कहिलेसम्ममा सबै नेपालीको हातमा ई–पासपोर्ट पु¥याउने लक्ष्य रहेको छ?

  • सन् २०३०

१८. राष्ट्रकवि माधव घिमिरे पुरस्कार–२०८० बाट सम्मानित हुने व्यक्तित्व को हुन्?

  • प्राडा वासुदेव त्रिपाठी
  • मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले पहिलो पटक घोषणा गरेको एक लाख राशिको सो पुरस्कार राष्ट्रपति पौडेलद्वारा त्रिपाठीलाई प्रदान गरिएको। 
  • राष्ट्रकवि घिमिरे परिवारद्वारा स्थापित अक्षयकोषबाट प्रतिष्ठानले नेपाली साहित्य र वाङ्मयका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई बर्सेनि सो पुरस्कार प्रदान गर्ने। 

१९. मध्यपहाडी लोकमार्गमा सबैभन्दा बढी भाग पर्ने जिल्ला कुन हो?

  • बागलुङ

२०. २०७९ सालको पद्मश्री साहित्य पुरस्कार कसलाई प्रदान गरियो?

  • समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदी (उपन्यास : मनु)
  • यसै गरी पद्मश्री साधना सम्मान कलाकार दुर्गा बराल (बात्स्यायन) लाई प्रदान गरिएको।
  • पद्मश्री गौरव पुरस्कार काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई प्रदान गरिएको।
  • तीन वटै पुरस्कारको राशि तीन/तीन लाख रुपियाँ रहेको।
  • प्रदान गर्ने संस्था : खेमकला हरिकला समाज कल्याण प्रतिष्ठान। 

२१. विश्वमा हाल गैँडाको सङ्ख्या कति रहेको छ?

  • २७ हजार
  • आइयुसिएनसहितका संरक्षण निकायले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार हाल विश्वमा गैँडाको सङ्ख्या २७ हजार पुगेको। 
  • पछिल्लो समय गैँडा संरक्षणका लागि विश्वभर विभिन्न कार्यक्रम हुनुका साथै संरक्षणसम्बन्धी कानुनलाई प्रभावकारी ढङ्गले अघि बढाइएकाले गैँडाको सङ्ख्यामा सुधार आएको ।
  • हाल गैँडाको सङ्ख्या : २७,००० (पहिले : २६,२७२)
  • सेतो गैँडा (हाल) : १६,८०३ (पहिले : १५,९४२)
  • कालो गैँडा (हाल) : ६,४८७ (पहिले : ६,१९५)
  • सुमात्रान गैँडा : ८०
  • नेपाल र भारतमा : ४,०००
  • सिकारीको आक्रमण र वासस्थानको क्षति गैँडा संरक्षणको चुनौतीका रूपमा रहेको। २० औँ शताब्दीमा एसिया र अफ्रिकामा गैँडाको सङ्ख्या लगभग पाँच लाख थियो।
  • पछिल्लो एक दशकमा केही प्रजाति पहिलो पटक पुनरुत्थानसमेत भएका। दुई प्रजाति जाभान र सुमात्रान भने लोप हुने अवस्थामा रहेका । विश्वमा यसअघि गैँडाको सङ्ख्या २६,२७२ रहेको अनुमान।

Post a Comment

0 Comments