Advertisement

नेपाल समाचारपत्र वस्तुगत, १५ असोज २०८०

१. दर निर्धारण नगरी निष्काशन गरिएको सिक्कालाई के भनिन्छ?

  • मेडालियन
  • राष्ट्रिय जनावर गाईको चित्र अंकित भएको
  • १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का बिक्री शुरू भएको
  • १० ग्राम सिक्काको मूल्य १ हजार ६ सय र २५ ग्राम सिक्काको मूल्य ४ हजार रुपियाँ निर्धारण गरिएको।
  • २०८० साल असोज ७ गते सार्वजनिक भएको दुवै सिक्कामा ९ सय ९९ टचको चाँदीको प्रयोग गरिएको
  • २०८० जेठ १९ गते बसेको बैठकले उक्त सिक्काको टकमरी गर्न स्वीकृति गरिएको

२. अमेरिकामा कहिलेदेखि राष्ट्रपति उम्मेदवारबीच टेलिभिजन बहसको शुरूआत भएको हो?

  • सन् १९६० सेप्टेम्बर २६ ( राष्ट्रपतिका उम्मेदवारद्वय जोन एफ केनेडी र रिचार्ड निक्सनबीच अमेरिकाको सिकागोस्थित सीबीएस (कोलम्बिया ब्रोडकास्टिङ सिस्टम) को स्टुडियोमा पहिलो टेलिभिजन बहस भएको)

३. नोबेल पुरस्कारमा अर्थशास्त्र तर्फको विधा कहिले थप भएको हो?
  • सन् १९६९ (नोबेल पुरस्कारको स्थापना सन् १९०१ मा गरिएको, हाल शान्ति, साहित्य, अर्थशास्त्र, चिकित्सा, भौतिकशास्त्र र रासायनशास्त्र गरी ६ वटा विधामा पुरस्कार प्रदान गर्ने गरिएको)
४. वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीहरूको क्षमता उपयोग कति प्रतिशत रहेको छ? 
  • ७१ प्रतिशत
५. धरहरा कति क्षेत्रफलमा फैलिएको छ?
  • ४२.२ रोपनी
६. गुगलको स्थापना कसले गरेका हुन्?
  • सर्जि ब्रिन र ल्यारी पेज ( गुगलको शुरुआत सन् १९९८ सेप्टेम्बर ४ मा भएको र औपचारिकरूपमा सेप्टेम्बर २७ मा सार्वजनिक भएको)
७. १९औं एसियाडमा नेपालले मंगोलियालाई कति रनले पराजित गरेको थियो?
  • २ सय ७३ रन
  • नेपालले दुर्लभ ३ सय १४ रन पनि बनाएको
  • कुशल मल्लले ३४ बलमै शतक पूरा गरी सर्वाधिक छिटो शतकको विश्व कीर्तिमान राखेको
  • दीपेन्द्रसिंह ऐरीले ९ बलमै अर्धशतक बनाएर सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान कायम गरेको
८. काण्डरक राक्षसको पूजा कुन पर्वमा गरिन्छ?
  • साउने संक्रान्ति
९. कालु पाण्डे कुन युद्धमा मारिएका थिए? 
  • कीर्तिपुरमाथिको आक्रमण
१०. विश्व अल्जाइमर्स दिवस कहिले मनाइन्छ?
  • सेप्टेम्बर २१
११. २०७९ सालको मदन पुरस्कार विजेता कृति कुन हो? 
  • विवेक ओझाको ‌ऐँठन
  • जगदम्बाश्री सम्मान अक्षरलाई कलाको आवारणमार्फत पाठकसँग जोड्ने टेकवीर मुखियालाई अर्पण गर्ने निर्णय गरिएको
  • २०१३ सालमा पहिलोपटक हाम्रो लोक संस्कृतिका लागि सत्यमोहन जोशी, जनरल भीमसेन थापाका लागि चित्तरञ्जन नेपाली तथा अधिक विभव स्थिर विद्युत् उत्पादकका लागि बलराम जोशीले मदन पुरस्कार प्राप्त गरेको
  • २०३१ र २०३३ सालमा पुरस्कार प्रदान नगरिएको
  • २०२५ सालसम्म गुठीले ४-४ हजारका जम्मा चार वटा सम्मान पुरस्कार प्रत्येक वर्ष दिन सक्ने व्यवस्था गरेको
  • २०३३ सालपछि एक मात्र सम्मान दिने व्यवस्था गरिएको र सम्मान रकम २५ हजार कायम भएको
  • पुरस्कार राशी २०४० सालमा ३० हजार, २०४२ सालमा ४० हजार, २०४३ सालमा ५० हजार, २०५१ सालमा १ लाख, २०६१ सालमा २ लाख तथा २०७५ सालमा ४ लाख भएको )
१२. सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग कहिले गठन भएको हो? 
  • २०८० साल असोज १४ गते ( उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा गठित अन्य सदस्यहरुमा अर्थ मन्त्रालयका किशोरजंग कार्की, गृह मन्त्रालयका प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा रहेको)

Post a Comment

0 Comments