Advertisement

आतंकवादमा लगानी निरुत्साहित गर्ने प्रावधान

प्रश्न. आतंकवादमा लगानी भनेको के हो? यसको अवैध क्रियाकलापलाई निरुत्साहित गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा के, कस्ता प्रावधानहरू मिलाइएका छन? स्पष्ट पार्नुहोस्। (१०)

 “राष्ट्रिय स्रोतसाधनको नोक्सानी आतंवादमा लगानी”

आतंकवादमा लगानी

  • आतंकवादसम्बन्धी क्रियाकलापमा व्यक्ति समूह र संगठनले गर्ने लगानी तथा कारोबार नै आतंकवादमा लगानी हो।
  • आतंकवादमा लगानी भनेको राज्यविरुद्धको अपराध हो। यसलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कानूनले हेर्दछ।
  • आतंकवादमा हुने लगानी संगठित अपराध हो र यसले मुलुकलाई अस्थिरता र दुर्गतिमा पुर्याउँदछ।
  • भ्रष्टाचार, लागूऔषध, मानव बेचबिखन आदिबाट अर्जित रकम आतंककारी समुह तथा आतंकवादी क्रियाकलापमा दिने चन्दा अनुदान र गरिने लगानी आतंकवादको लगानी हो।
  • यसलाई नियमन र नियन्त्रण गर्न नेपाल सरकारले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०७६–२०८१) तयार पारेको छ।

आतंकवाद क्रियाकलापलाई निरुत्साहित गर्न राष्ट्रिय तहमा व्यवस्था गरिएका प्रावधानहरू

नीतिगत र कानूनी प्रावधानहरू

  • संविधानमा आतंकवादलाई निरुत्साहित गर्ने नीतिगत व्यवस्था गरिएको छ।
  • संगठित अपराध निवारण ऐन, २०७०
  • सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४
  • सम्पत्ति शुद्धीकरण निवारण नियमावली, २०७३
  • लागूऔषध नियन्त्रण ऐन, २०३३
  • चालु योजना र बजेटमा यससम्बन्धी क्रियाकलाप नियन्त्रणसम्बन्धी नीति तथा कार्यक्रमहरू सञ्चालन गरिएको छ।

संस्थागत व्यवस्था

  • संघीय व्यवस्थापिका कार्यपालिका र न्यायपालिका तथा मातहतका निकायहरू।
  • मानव बेचबिखन ब्युरो, लागूऔषध नियन्त्रण ब्युरो।
  • सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग।
  • राष्ट्र बैंकअन्तर्गत Anti-money laundering हेर्ने विभाग।

अन्य व्यवस्था

  • सबै बैंकले KYC भर्नु पर्ने व्यवस्था।
  • १० लाखभन्दा माथिका कारोबार बैंकमार्फत गर्दा स्रोत खुलाउनु पर्ने व्यवस्था।

अन्तर्राष्ट्रिय तहमा मिलाइएका व्यवस्थाहरू

  • UNO अन्तर्गत FATAF को गठन।
  • आतंकवादमा लगानी सम्बन्धी UNO महासंघको व्यवस्था।
  • अमेरिकाले जारी गरेको पेट्रोवटिक एक्ट।
  • आतंकवाद नियन्त्रणसम्बन्धी सार्क क्षेत्रीय महासन्धि
  • बिमस्टेकको बैठकमा आतंकवादलाई नियन्त्रण गर्ने प्रतिबद्धता।
  • अन्तर्राष्ट्रिय अपराधी पक्रनको लागि समन्वय गर्न Interpol को व्यवस्था।
  • नेपाल र भारतबीचको सुपुर्दगी सन्धि।

अन्त्यमा,

आतंकवादी क्रियाकलापमा आर्थिक तथा भौतिक सहयोग गर्नु आतंकवादमा लागनी हो। आतंकवादमा लगानीले राज्यको स्रोतसाधनको दोहन गर्ने मात्र नभई राज्यमा सुरक्षा चुनौती थप्नेलगायत समस्या सिर्जना गर्दछ। यसलाई निरुत्साहित र नियन्त्रण गर्न सरकारी संयन्त्र र कानूनी संरचनालाई बलियो र प्रभावकारी बनाउनु पर्दछ। यसबाट मात्र सरल, सबल र अत्मनिर्भर अर्थतन्त्रको निर्माण हुन सक्दछ।

Post a Comment

0 Comments